काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको भेला सुरु भएको छ। भर्खरै सुरु भएको भेलामा वामदेव गौतम र रामबहादुर थापा बादल अनुपस्थित भएका छन्। बैठकमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट, मणि थापा पनि अनुपस्थित भएका हुन्।
यसअघि अध्यक्ष प्रचण्डले मन्त्रीनिवास बालुवाटारमा भेटेर बादललाई आफ्नो पक्षलाई साथ दिन आग्रह गरेका थिए।
बामदेव गौतमले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका थिए। तर नेपाल-प्रचण्डले बोलाएको बैठकमा अनुपस्थित भएपछि उनी पनि ओली पक्षतर्फ गएको अनुमान गर्न थालिएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।