काठमाडौं– नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल पक्षलाई कानुनविद्हरुले प्रतिनिधी सभा विघटनका विषयमा स्पष्ट धारणा बनाउन सुझाएका छन्।
उनीहरुले प्रतिनिधी सभा विघटन कानुनीभन्दा बढी राजनीतिक कुरा भएको बताएका छन्। त्यसैले यसमा राजनीतिज्ञहरुले नै साझा धारणा बनाउनुपर्ने सुझाव आफूहरुले दिएको अधिवक्त दिनमणि पोखरेलले बताए। उनले नेपाल लाइभसँग भने, 'हामीले उहाँहरुलाई प्रतिनिधी सभा विघटन भएको मान्ने वा नमान्ने भन्ने कुरामा स्पष्ट हुन सुझाएका छौं। साझा धारणा तय गर्न भनेका छौं।'
कानुनविद्हरुको यस विषयमा सर्वदलीय धारणा बनाएर त्यहीअनुसार कानुनी उपचार खोज्नुपर्ने बताएका छन्। संविधानमा प्रतिनिधी सभा विघटनको व्यवस्था नभएको कानुनविद्हरुको तर्क छ।
प्रचण्ड-माधव समूहका शीर्ष नेता सहभागी छलफलमा कानुनविद् युवराज संग्रौला, रमण श्रेष्ठ, शम्भु थापालगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।