काठमाडौं–संसद विघटनपछि आइतबार पर्यटनमन्त्रीबाट राजीनामा दिएका योगेश भट्टराईले संवैधानिक निकायमा विवेक पुर्याउन सक्ने व्यक्ति भए संसद पुनर्स्थापना हुने बताएका छन्।
आज पर्यटन मन्त्रालयमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले विघटनको अवस्थालाई रोक्न आफूहरुले हरप्रयास गर्दागर्दै पनि नसकेको बताए।
उनले भने, ‘संवैधानिक निकायहरुमा देश र जनताको भलो चाहने, कोहीबाट प्रभावित नहुने, दबाबमा नपर्ने, विवेक पुर्याउन सक्ने व्यक्ति छन् भने २ सय प्रतिशत नै संसद विघटनको निर्णय खारेज हुन्छ, संसद पुनर्स्थापना हुनुपर्छ ।’
उनले गैरसंवैधानिक र अलोकतान्त्रिक संसद विघटनको कदमलाई कसैले माफी दिन नसक्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।