काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपाल पक्ष नेताहरू कानुनविद्सँग छलफलमा जुटेका छन्।
नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरूले भावी कदमबारेमा छलफल थालेका हुन्। छलफलमा वरिष्ठ अधिवक्ता युवराज संग्रौला, रमण श्रेष्ठ, अधिवक्ता दिनमणि पोखरेललगायतका कानुन व्यवसायीहरू सहभागी छन्।
संवैधानिक कानुनका जानकारहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि गरेको सिफारिस गैरसंवैधानिक भन्दै आएका छन्।
संविधानले बहुमतप्राप्त दलको प्रमुखलाई यस्तो अधिकार संविधानले नदिने उनीहरूको दाबी रहँदै आएको छ। संसद् विघटन भएपछि सर्वोच्च अदालत जानेदेखि अबको विकल्प के हुने भन्नेबारे उनीहरुले राय परामर्श लिइरहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।