काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद प्रधानमन्त्रीले बोलाएको भेलामा सहभागी भएका छन्।
आइतबार प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने शेरबहादुर तामाङ, यज्ञ बोगटी र छक्क लामा ओलीले बोलाएको भेलामा सहभागी भएका हुन्। ओलीविरुद्धको अविश्वास प्रस्तावमा ९० जनाको हस्ताक्षरसहित आइतबार संसद सचिवालयमा दर्ता भएको थियो। हस्ताक्षर प्रचण्ड र नेपाल समूहका सांसदले गरेका थिए।
प्रधानमन्त्री ओलीले आफूनिकटका सांसद र नेतालाई बालुवाटारमा डाकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।