काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीपक्षीय भेलामा सहभागी भएका पूर्वमाओवादी समूहका लेखराज भट्टले आफू केपी ओलीको नभई सरकारको पक्षमा उभिएको प्रतिक्रिया दिएका छन्।
भेलापछि बोल्दै उनले इतिहासमा राम्रो सरकार बनेको पनि बताए। उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार बदल्न लागेपछि आफूले उनको साथ छाडेको पनि स्पष्टीकरण दिए।
ओलीपक्षीय भेलामा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरु शेरबहादुर तामाङ र छक्कबहादुर लामा पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।