काठमाडौं–संसद विघटन असंवैधानिक भएको भन्दै सत्तारुढ दलकै सांसदहरु सर्वोच्च जाने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहका ८७ सांसद् प्रतिनिधि सभा पुनर्बहालीकाे माग गर्दै सर्वाेच्च जाने भएका हुन्। पुनर्बहालीकाे माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागिएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताईन्। २ बजेअघि सर्वाेच्च पुग्ने उनले बताइन्।
प्रतिनिधि सभामा हाल कायम नेकपाका कुल सांसदमा ८७ जनाको बहुमत पुग्छ। प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमा एक जनाको मृत्यु भएको छ। सभामुखलाई पक्षम विपक्षमा मताधिकार हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।