काठमाडौं–जनता समाजवादी संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले देश अध्याँरो सुरुङमा फसिसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
संसद विघटन गरि घोषणा गरिएको मध्यावधि चुनाव बैशाखमा हुनै नसक्ने उनले ठोकुवा गरे। संसद विघटन असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा मुद्धा दायर भएको छ। तथापि अदालतप्रतिको झिनो आशामात्र रहेको उनले बताए। ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो।’
राजनीतिक उपचारका लागि संगठित, एकीकृत र सशक्त जनप्रतिरोध आवश्यक रहेको उनले बताए। जनतामा निहित सार्वभौमसत्ता प्रयोगसहितको प्रतिनिधि सभाको बैठक आवश्यकता रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।