काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले एकीकृत पार्टी संरचना र एकता नभत्कने दाबी गरेका छन्।
सोमबार विज्ञप्ति निकाल्दै प्रचण्डले पार्टी एकतावद्ध रहेको उल्लेख गरेका छन्। ‘कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’ विज्ञप्तिमा भनिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु ऐतिहासिक कार्यभार रहेको उल्लेख गर्दै प्रचण्डले भ्रममा नपर्न पार्टीपंक्तिलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी कदम रहेको उनले दोहोर्याएका छन्। अध्यक्ष ओलीलाई अनुशासनको कारबाही र स्पष्टीकरण माग्ने निर्णय भएको समेत विज्ञप्तिमा प्रष्टाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।