काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्माले संविधानअनुसार संसद जीवित नै रहेको बताएका छन्। उनले आज फेसबुकमा स्टाटस राख्दै संसद अझै जीवितै रहेको बताएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले संसद विघटन गरिसकेकी छन्। तर संवैधानिक कानुनका विज्ञहरुले सरकारको यो कदमलाई असंवैधानिक र गलत भनिरहेका छन्।
सत्तारुढ दलभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको चर्को आलोचना भइरहेको छ। आइतबारै बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।