काठमाडौं- नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन दलको संयुक्त बैठक सोमबार ४ बजे बोलाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपराह्न ४ बजे पार्टी कार्यालयमा तीन दलको संयुक्त बैठक बोलाएको जानकारी दिएका हुन्।
उनका अनुसार बैठकमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी सहभागी हुनेछन्।
'राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले बोलाएको तीन दलको बैठक अपरान्ह ४ बजे बस्ने भएको छ। सानेपामा हुने बैठकमा प्रचण्ड-नेपाल समूह र जसपा सहभागी हुने तय भएको छ,' प्रवक्ता शर्माले भने, 'बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे साझा धारणा तय गर्नेछ।' आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेकपा दुई धारमा विभाजन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि पार्टीका नेताहरूको बैठक सोमबार बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।