काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको दिनलाई इतिहासमा कम्युनिस्ट आन्दोलनकै कालो दिनको रूपमा लेखिने बताएका छन्। आइतबार बेलुका एक ट्विट गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।
‘आजको दिनलाई कम्युनिस्ट आन्दोलनकै इतिहासमा कालो दिनका रूपमा लेखिनेछ‚’ उनले ट्वीटमा भनेका छन्।
आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष पेश संसद विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।