• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रजातन्त्र 'मास्ने' इतिहासका यी मोड

64x64
दुर्गा दुलाल आइतबार, पुस ५, २०७७  २३:०६
1140x725

काठमाडौं- मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि कोरोना महामारीको समयमा नेकपाको विवाद र देशको राजनीतिले नयाँ मोड लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको अधिकारभन्दा एक कदममाथि उठेर संसद्‍ विघटन विपरीत संसद् भङ्ग गर्ने र आगामी बैसाख १७ र २७ गते निर्वाचन गर्ने भएको छ। 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको साथ लिएर भएको यो कदम विरुद्ध सर्वोच्चमा रिट निवेदन पेस भएको छ तर दर्ता भएको छैन। सोमबार निवेदन दर्ताबारे निर्णय भएर प्रक्रियामा जाने देखिन्छ। 

प्रधानमन्त्री ओलीको यो कदम नेपालको राजनीतिक इतिहासमा ‍संसद्‍ विघटनको अर्को शृंखला थप भएको छ। २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई 'कू' गरेपछि ३० वर्षसम्म शासन गरे। उक्त 'कू' भएको चार दिनपछि केपी शर्मा ओलीले बहुमतप्राप्त आफ्नै सरकार विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको मिति घोषणा गरेका छन्। 

पहिलो संसद विघटन 
तत्कालीन नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला ताजा जनादेशबाट प्रधानमन्त्रीमा चयन भएका थिए। जनताले अपार मत दिएर कांग्रेसलाई सत्तामा पुर्‍याएको थियो। तर कोइराला र राजा महेन्द्रका बीचमा टकराव शुरु भयो।

तत्कालीन राजा महेन्द्रले पुस १ गते जननिर्वाचित संसद् विघटन गरे। जसका कारण प्रधानमन्त्री कोइराला अपदस्त भए। महेन्द्रले कू गरेको सो दिनलाई कालो दिवसको रूपमा मनाउने गरिन्छ। संसद् विघटन गरेर पञ्चायती व्यवस्था शुरू भएको थियो। ३० वर्षसम्म पञ्चायत चल्यो। पञ्चायतविरुद्ध दलहरूले लामो समय संघर्ष गर्न बाध्य भए। यसरी अपहरणमा परेको संसद् फर्काउन जनतालाई २०४६ साल फर्कनु पर्‍यो।  

स्थापनाको ३ वर्षमा नै विघटन
२०४६ सालमा जनआन्दोलन सफल भएपछि २०४८ सालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो अनि कांग्रेसले एकल बहुमत ल्यायो। तर विडम्बना संसद्ले त्यो कार्यकाल पूरा गर्न सकेन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर २०५१ सालमा मध्यावधि चुनावको घोषणा गर्न पुगे।

गिरिजाप्रसाद कोइराला सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन महेन्द्रनारायण निधि, कुवेर शर्मा, चिरञ्जीवी वाग्लेलगायत ३६ जना अनुपस्थित भएपछि फेल भयो। त्यसपछि गिरिजाले मध्यावधि निर्वाचन घोषणा गर्न बाध्य भएका थिए।

मध्यावधि चुनावपछि पनि विघटन
मध्यावधि चुनावपछि सत्तामा नेकपा एमाले आयो। झिनो बहुमतको आधारमा तत्कालीन नेकपा एमालेबाट मनमोहन अधिकार प्रधानमन्त्री भए। उनले ९ महिना अल्पमतको सरकार चलाउन बाध्य भए। उनको सरकार  ढाल्नका लागि अविश्वासको प्रस्ताव दर्ता भएपछि मनमोहन अधिकारीले पनि संसद् विघटन गरे। यो तेस्रो संसद विघटन थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यो विवाद सर्वोच्च अदालत प्रवेश गर्‍यो। दोस्रो संसद् विघटन ठिक ठहर गरेको सर्वोच्चले साथ दिने मनासयमा तत्कालीन एमालेको थियो। तर यो विवादमा सर्वोच्चका प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय लगायतको इजलासले उल्टाइदियो। उनीहरुले अविश्वासको प्रस्ताव पेस भएको अवस्थामा प्रधानमन्त्री भाग्न नसक्ने भएकाले संसद विघटन गैरकानुनी भएको ठहर गर्‍यो।

सर्वोच्चको उक्त फैसलाको व्यापक विरोध भयो। तत्कालीन एमालेहरूले फैसलाविरुद्ध सडक आन्दोलन नै गरे तर सर्वोच्चको फैसला उल्टने आस नभएपछि संसद शुरु भयो। उक्त संसदले ५ वर्षको कार्यकाल  पूरा गर्‍यो।

०५६ मा चौथो पटक विघटन
चौथो पटक संसद विघटन २०५६ सालमा भयो। २०५६ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले फेरि बहुमत ल्याउन सफल भयो। २०५ मध्ये ११३ सिट ल्याएर सत्ता चलाउने जिम्मेवारी कांग्रेसको काँधमा आयो।

उक्त समयमा प्रधानमन्त्रीको रुपमा कृष्णप्रसाद भट्टराईको नाम निर्वाचनकै समयमा अघि सारिएको थियो। निर्वाचन अनुसार कांग्रेसले बहुमत पाएपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भए। तर उनलाई लामो समय काम गर्न दिइएन। उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम पार्टीभित्रबाटै भयो।

गोविन्दराज जोशी र खुमबहादुर खड्काले मन्त्रिपरिषद् बैठकमा असहमति जनाएपछि संसद विघटनको दबाब भएपनि संसद्‍मा राजीनामा गरेका थिए। तैपनि यो विषयको टुंगो लागेन। कांग्रेसको विवादका कारण यो संसद् दुई वर्षमै विघटन भयो।

संसद् विघटनपछि फेरि खोसियो प्रजातन्त्र
पाँचौ संसद विघटन २०५८ सालमा भएको थिइो। देशमा माओवादीहरुले सशस्त्र द्वन्द्व चलिरहेको थियो। स्थानीय निर्वाचन हुन सकेको थिएन। प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले आफ्नो पद अप्ठ्यारोमा परेपछि २०५८ साल जेठमा संसद् विघटन गरे। उनले आफ्नो संसदको जिम्मेवारी राजाको हातमा सुम्पिए।

सभापति गिरिजाप्रसाद कोइरालाले संकटकाल लगाउने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको विरोधमा पार्टी सदस्यबाट निष्काशन गरे। त्यसपछि देउवाले संसद् विघटन गरेर कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरे। संसद् विघटनसँगै देउवाले मध्यावधि चुनाव घोषणा गरे, तर चुनाव भएन।    

तोकिएको समयमा चुनाव हुन नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गरी लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन गरेका थिए।

चन्द सरकारले पनि चुनाव गराउन सकेन। माओवादी युद्ध चर्को रुपमा अघि बढ्यो र जनताहरुमा समस्या बढ्यो। चन्दपछि अर्का राप्रपाका नेता सूर्यबहादुर थापा प्रधानमन्त्री बने। उनले पनि नसकेपछि राजा ज्ञानेन्द्रले फेरि देउवालाई फेरि प्रधानमन्त्री नियुक्त गरे। दोस्रो पटक पुर्नजीवन पाएका देउवा फेरि असक्षम घोषणा भए। अनि ज्ञानेन्द्रले प्रत्यक्ष शासन सञ्चालन गर्न थालेका थिए। 

राजा ज्ञानेन्द्रले बदनाम मानिसहरुलाई सत्ता जिम्मा दिएपनि ज्ञानेन्द्रको कदम अलोकप्रिय भयो। शाही आयोग बनाउनेदेखि अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजेपनि उनीविरुद्ध दलहरुले ऐक्यबद्धता शुरु गरे। दलहरुले माओवादीसँग मिल्नुपर्ने निष्कर्ष निकालेर माओवादीसँग वार्ता शुरु भयो।

'जनताको नासो' फिर्ता गर्न बाध्य ज्ञानेन्द्र
ओवादीसँग भारतको सहयोगमा दिल्लीमा १२ बुदेँ सम्झौता भयो। राजनीतिक दलहरुले संसद पुनस्थापनाको माग लिएर संयुक्त आन्दोलन शुरु गरे। यसरी शुरु भएको आन्दोलन गणतन्त्र र संघीय राज्य स्वरुपमा पुग्यो। दलहरुको एकता र दवाव स्वरुप २०६३ साल वैशाख ११ गते शाही घोषणा मार्फत विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न ज्ञानेन्द्र बाध्य भए। घोषणमा उनले जनताको नासो जनताकै हातमा फिर्ता गरेको उल्लेख गरेका थिए। 

पुनःस्थापित प्रतिनिधिसभाले राजाका अधिकार कटौती गर्ने निर्णय गर्‍यो। अन्तरिम संविधान जारी गर्दै राजाका थप अधिकार कटौती गर्दै गणतन्त्र घोषणा गर्ने प्रस्ताव पारित भयो। यसरी ज्ञानेन्द्रको सक्रिय हुन चाहानाले लामो इतिहास भएको शाही शासनकाल समाप्त गरायो। 

योसँगै संविधानसभाको निर्वाचन भयो। पहिलो संविधान सभा निर्वाचन संविधान दिन असफल भयो। त्यसपछि २०७० साल मंसिरमा दोस्रो संविधान सभाका लागि निर्वाचन भयो।

संविधान सभाले मधेशवादी दलहरुले बहिष्कार गर्दा गर्दै २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो। नयाँ संविधान अनुसार २०७४ मंसिर २१ गते प्रतिनिधि सभाको  निर्वाचन भयो। उक्त निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेको गठनबन्धनले जित निकाल्यो। यसरी एक पार्टी बनेर बहुमत सरकारका प्रधानमन्त्रीले पुस ४ गते आइतबार संसद विघटन गर्न सिफारिस गरे। 

प्रतिनिधिसभाले कार्यकाल पूरा नगर्दै सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेकी छन्। आगामी फागुन २० मा संसदले तीन वर्ष पूरा हुँदै थियो। यसरी भएको संसद विघटन अब सर्वाेच्च अदालतमा प्रवेश भएको छ। सर्वोच्च अदालतले यसलाई नउल्टाएमा यो अर्को संसदीय इतिहास हुने देखिन्छ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्