काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा विघटन गर्नु अप्रजातान्त्रिक कदम भएको बताएका छन्।
आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेपछि सिंहले एक विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेका हुन्।
‘मन्त्रिपरिषद्द्वारा प्रतिनिधिसभालाई विघटन गर्ने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको छ,’ सिहले विज्ञप्तिमा उल्लेख गर्दै लेखेका छन्, ‘त्यसलाई नेकपा मसालले गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम ठान्दछ। त्यसको कडा शब्दमा विरोध र भर्त्सना गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।