काठमाडौं– संसद विघटनविरुद्ध तीन दलले संयुक्त धारणा तय गरी प्रतिवाद गर्ने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस र जनता समाजवादीको आइतबार बसेको बैठकले सरकारको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। ‘संसद विघटन गर्ने घटनाले मुलुकलाई गम्भीर संकटतिर धकेलेको छ।’ बैठकमा सहभागी कांग्रेस नेता रिजालले भने, ‘सशक्त रुपमा प्रतिवाद गर्न साझा धारणा बनाउने निर्णय भएको छ।’
बैठकमा सत्तारूढ दल नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी थिए।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा मिनेन्द्र रिजाल र बालकृष्ण खाँण सहभागी थिए। जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए।
कांग्रेसले तीन दलको बैठक सोमबार अपराह्नका लागि बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।