काठमाडौं- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल‘आहुति’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकारको प्रयोग गरी संसद विघटनाको सिफारिस गर्नु राजनीतिक ‘कू’ भएको बताएका छन्।
संसद विघटनपछि आइतबार एक विज्ञप्ति जारी गर्दै आहुतिले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु राष्ट्रपतिले तुरुन्त विघटन गर्नुलाई राजनीतिक कूको संज्ञा दिएका छन्।
प्रधानमन्त्रीले संसद विघटन गर्नु राजनीतिक रुपमा प्रतिगामी कदम भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। संसदीय व्यवस्थाको संविधान, नियम र मान्यताहरू देखाउने दाँतमात्रै भएको बताउँदै आहुतिले वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा लाग्नुपर्ने बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।