काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। आइतबार राष्ट्रपतिद्वारा संसद विघटन भएपछि बदलिएको परिस्थितिको बारेमा छलफल गर्न उनीहरूसँग भेट गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
साथै प्रधानमन्त्री ओलीले सुरक्षा निकाय प्रमुखहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्।
आइतबार साँझ एक ट्विट गर्दै थापाले लेखेका छन्‚ ‘प्रधानमन्त्रीज्यूले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएकाे परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको छ।’
आइतबार नै आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको संसद विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।