काठमाडौं– नेपाली कांग्रेस पार्टीले संसदका अन्य दलसँग छलफल पश्चात् भावी कदम सार्वजनिक गर्ने भएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी पूर्व पदाधिकारीको बैठकले अन्य दलसँग समन्वय गर्ने निर्णय गरेको हो। संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लाग्ने कांग्रेसले निर्णय गरेको छ।
संसद हठात् विघटन गरी मध्यावधि निर्वाचन गर्ने निर्णय घोर अधिनायकवादी भएको बैठकले ठहर गरेको छ। सरकारले गरेको निर्णयले संविधान भत्काउने र मुलुकलाई अस्थिरता लैजाने कार्य भएको कांग्रेसको निष्कर्ष छ।
स्थिरता र समृद्धिको नारा दिएर झण्डै दुई तिहाई जनमत प्राप्त गरेको सरकारले जनादेशको अपमान गरेको बैठकले जनाएको छ।
शासन व्यवस्था र संविधानको संरक्षणका लागि ध्यान केन्द्रित गर्ने बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।