काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्।
विघटित प्रतिनिधिसभाका सांसद् कृष्णबहादुर राईले प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको जानकारी दिएका हुन्।
भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने उनले उल्लेख गरे। 'बिहान ९ बजे प्रधानमन्त्री निवासमा उपस्थित हुनका लागि भनिएको छ,' नेपाल लाइभसँग संक्षिप्त कुराकानी गर्दै उनले भने।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।