काठमाडौं–संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। बानेश्वरमा आयोजित कोणसभामा सम्बोधन गर्दै कांग्रेस नेता गगन थापाले नेकपा नेतृत्व कायर र हुतिहारा हुँदा यो अवस्था आएको बताए। ‘यो अवस्था आउनुको कारण प्रधानमन्त्रीको अंहकार नै हो,' उनले भने, ‘संविधानको कुन धारामा संसद विघटन गर्ने कुरा लेखेको छ ?।’







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।