काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच वान टू वान छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छुट्टै छलफल सुरु भएको बालुवाटारमा रहेका स्थायी कमिटी सदस्य रामशरण बजगाईंले जानकारी दिए।
'संसद् विघटन गर्ने सरकारको सिफारिस र त्यसपछिको राजनीतिक अवस्थाबारे अध्यक्षद्वयबीच छुट्टै छलफल सुरु भएको छ। स्थायी कमिटी बैठकका लागि पुगेका सदस्यहरू हलमा जम्मा भएर बस्नु भएको छ,' उनले भने।
आइतबार बिहानको मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि समग्र राजनीति तातिएको छ। सबै सुरक्षा निकायले हाइ अलर्टमा बस्न मातहतका निकायलाई निर्देशन जारी गरेका छन् भने बालुवाटारलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।