काठमाडौं–प्रतिनिधिसभा विघटनको सिफारिसपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अहिले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा, इश्वर पोखरेल, सुवास नेम्वाङलगायतका नेताहरु बालुवाटारभित्रै छन् भने स्थायी कमिटी सदस्य र मन्त्रीहरु बाहिर निस्केका छन्।
संसद विघटनको सिफारिसपछि आवश्यक सतर्कता अपनाउन चार वटै सुरक्षा निकायले आफूमातहतका निकायलाई निर्देशन दिएका छन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।