काठमाडौं- संवैधानिक कानुनका जानकार चन्द्रकान्त ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको अनुमोदन गर्नुअघि नै नेकपाको संसदीय दलबाट केपी ओलीलाई दलको नेताबाट हटाइए संविधान बच्न सक्ने बताएका छन्।
नेपाल लाइभसँगको कुराकानीमा उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस अनुमोदन गर्नुअघि नै नेकपाले त्यस किसिमको कदम चाले नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।
‘त्यसो गर्दा संसद विघटन पनि हुँदैन’, ज्ञवालीको भनाइ छ, ‘मुलुकमा मध्यावधि चुनाव हुँदैन। बहुमतबाटै नयाँ सरकार बन्न सक्छ।’
आइतबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डालीसँग भेट गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।