काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बालुवाटार फर्किएका छन्। उनी साढे १२ बजेतिर बालुवाटार फर्किएका हुन्।
आइतबार बिहानको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गराएर उनी शितल निवास गएका थिए।
प्रधानमन्त्रीले संसद् विघटनको सिफारिसका साथै नयाँ निर्वाचनको मिति समेत राष्ट्रपतिलाई प्रस्ताव गरेको बुझिएको छ। निर्वाचनका लागि प्रधानमन्त्री ओलीले २०७८ वैशाख २३ गतेलाई निर्वाचन प्रस्ताव गरेका छन्। अद्यापि, यस विषयमा आधिकारिक जानकारी बाहिर आइसकेको छैन।
संसद विघटनको सिफारिस गर्ने निर्णयपछि तीव्र प्रतिक्रिया व्यक्त भएका छन्। सबैजसोले प्रधानमन्त्रीको कदमको विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।