काठमाडौं- संसद् विघटनको सिफारिस असंवैधानिक रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेको संसद् विघटनको सिफारिसका विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। उनले भने, 'प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ।'
उनले अधिनायकवाद उन्मुख यो कदमप्रति आफ्नो गम्भीर असहमति रहेको बताएका छन्।
उनले संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने धारणा राखेका छन्। उनले भने, 'यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।