काठमाडौं- संवैधानिक कानुनका जानकार डा विपिन अधिकारीले संसद विघटनको सिफारिस गर्ने सरकारी निर्णय असंवैधानिक भएको बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग नभएको अधिकार प्रयोग गर्न खोजेको भन्दै त्यसलाई असंवैधानिक कदम भएको बताएका छन्।
'२०४७ को संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको सिफारिस गर्ने अधिकार दिएको थियो,' उनले भने, 'तर हालको संविधानले स्थिरताका लागि प्राथमिकता दिएकाले यो अधिकार दिएको छैन।'
अधिकारीले प्रधानमन्त्रीलाई थाहा नभएर भन्दा पनि जबरजस्तीरूपमा यो निर्णय गराएको टिप्पणी गरे।
'राष्ट्रपतिले संविधानको धारामा नटेकि गरिएको सिफारिसलाई स्वीकार गर्नु हुँदैन,' उनले भने , 'वैकल्पिक सरकार निर्माणको बाटो प्रसस्त गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।