काठमाडौं- सत्तारुढ नेकपा भित्रको किचलोको परिणाम संसद विघटनको सिफारिसमा पुगेको छ। शनिबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दौडधुप नतिजामा नपुगेपछि आइतबार बिहानै मन्त्रिपरिषद बैठक डाकेर संसद विघटनको सिफारिस गर्ने निर्णय गराएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार दिउँसो नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमलाई संयुक्तरूपमा दाहाल निवासमा भेटेका थिए। त्यसपछि उनी गृहमन्त्रीलाई भेट्न उनकै निवास पुगेका थिए।
पार्टीभित्रको भेटघाट सकिएपछि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए। नेकपामा बढ्दो किचलोको बीच भइरहेका दाउपेच आफ्नो पक्षमा पार्न एकपछि अर्को राजनीतिक र संवैधानिक 'अट्याक' सुरु हुन थालेका छन्।
प्रधानमन्त्री ओलीले अघिल्लो साता संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका थिए। तर चर्को विरोधपछि उनले यसलाई फिर्ता लिने बताए पनि अहिलेसम्म फिर्ता भएको छैन।
अध्यादेश फिर्ता लिन लगाएर प्रधानमन्त्रीलाई एक स्टेप पछाडि फर्काउन खोजे पनि ओलीले अर्को अट्याक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।