• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड निवासमा ओली पाहुना लाग्नुको अन्तर्य

64x64
वीरेन्द्र ओली शनिबार, पुस ४, २०७७  २२:५६
1140x725

काठमाडौं- शनिबार बिहान अकस्मात् प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पाहुना लाग्न पुगे। अध्यक्षद्वयबीचका हरेक भेट बालुवाटारमै भइरहेको समयमा ओलीले बाहिर कदम राख्नुका अनेक राजनीतिक अर्थ छन्। त्यसमध्ये सिधा देखिने र बुझिने अर्थ छ, पछिल्लो समय पार्टीमा रहेको शक्ति संघर्षमा ओली पहिलभन्दा कमजोर हुँदै गएका छन्। उनकै कदम र निर्णयले उनलाई अप्ठ्यारोमा ठाउँमा ल्याइपुर्‍याएको छ। त्यो परिस्थिति बदल्न कोसिस गरेका हुन्।

अर्को उनले आफू अझै 'अखडा'मा रहन शारीरिक रूपमा पनि कमजोर नरहेको सन्देश प्रवाह गरेका छन्। भोलिका दिनमा पार्टी तलमाथि भइहालेको अवस्थामा 'मैले प्रयास गरेको थिएँ' भन्ने बाटो पनि राखेका छन्। आम कार्यकर्तामाझ आफू पार्टीको पछिल्लो अवस्थाका विषयमा गम्भीर रहेको सन्देश प्रवाह गरेका छन्। 

आइतबार तय भएको स्थायी कमिटी बैठकअघि उनी राजनीतिक मैदानमा खाली हात उत्रिएका भने होइनन्। ओलीले भन्दै आएको नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कार्ड  उपाध्यक्ष वामदेव गौतमसँग खेलेका छन्। 

गत मंसिरमा आफ्नो निवास भैंसेपाटीमा भेला बोलाएर ‌सचिवालयमा ओलीलाई कमजोर बनाएका गौतम त्यही कार्डका कारण दुई अध्यक्षको खुमलटार भेटवार्ताका साक्षी बने। उनलाई पार्टी अध्यक्ष दिने लालसा देखाएर उक्त भेटको सहजकर्ता बनाइएको आँकलन नेकपावृत्तमा छ। यद्यपि उनले यस विषयमा मुख खोलिसकेका छैनन्।

ओली-प्रचण्ड भेटपछि ओलीले नै गौतमलाई खुमलटार बोलाएका थिए। तीन नेताबीचको छलफलमा प्रचण्डको प्रतिवेदन फिर्ता गर्ने विषयमै पुनः छलफल भएको थियो। खुमलटारको तीन नेताबीचको छलफलमा ओलीले गौतमलाई पार्टीको नेतृत्व दिनुपर्ने बताएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए। 

शनिबार प्रचण्डपछि उनले सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई समेत भेटे। अरु दुई आफूनिकट मन्त्री पनि। उनीहरुसँगको भेटको अर्थ शनिबारको सक्रियताको संख्या बढाउनुभन्दा महत्वपूर्ण भने देखिँदैन। तर शनिबार बेलुकी राष्ट्रपति निवास बालुवाटार पुग्नुको भने अर्थ छ। 

शनिबार नै ओलीले प्रचण्डलाई भेट्नुको कारण आइतबार निर्धारित स्थायी कमिटी बैठक हो। जहाँ दुवै अध्यक्षका प्रतिवेदन छन्। त्यसमाथि छलफल थालिने सम्भावना छ। प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदन आरोपपत्र भनेका छन्। फिर्ता नलिए बैठकमा नआउने नीति कायम छ। यही बीचमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका कारण प्रचण्ड कुनै हालतमा उक्त प्रस्ताव फिर्ता लिने पक्षमा छैनन्। अध्यक्ष ओलीको अनुपस्थितमा समेत उक्त प्रस्तावमा छलफल हुन सक्छ। बहुमत स्थायी कमिटी सदस्य प्रचण्ड-माधव समूहका रहेकाले पास हुन सक्ने सम्भावना छ। 

ओलीले प्रचण्डलाई खुमलटारमा भेटेर उक्त प्रतिवेदन फिर्ता लिन आग्रह गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगल बताउँछन्। उनी भन्छन्, ‘दुई अध्यक्षवीचको भेटमा ओली कमरेडले प्रचण्ड कमरेडलाई आफनो प्रतिवेदन फिर्ता लिनुस् भन्नुभयो। प्रचण्ड कमरेडले मान्नुभएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल केपी ओली र प्रचण्डबीच पार्टी विवादका विषयमा एक घण्टा भन्दा धेरै छलफल भएको बताउँछन्। पार्टीमा जारी विवाद समाधानका लागि प्रचण्डलाई आफ्नो प्रतिवेदन फिर्ता लिन ओलीले आग्रह गरेको उनले पनि बताए। पौडेलले भने, ‘प्रचण्ड कमरेडले पार्टी कमिटीमा पेश भइसकेको विषय फिर्ता गर्नु राम्रो हुँदैन । दुबै अध्यक्षको प्रतिवेदनका विषयमा बैठकमा छलफल गरौं। त्यहीँबाट निकास निकालौँ भन्नुभएछ।’ 

प्रचण्डले ओलीलाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने प्रक्रिया थाल्न अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ। आइतबारको स्थायी कमिटी बैठकअघि नै अध्यादेश फिर्ताको प्रक्रिया थाल्नु उपयुक्त हुने राय प्रचण्डको रहेको थियो। 

बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली शीतल निवास पुग्नुको कारण अध्यादेशका विषयमा छलफल गर्नु रहेको बुझाइ राजनीतिक वृत्तमा छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने राष्ट्रपति र प्रधानमन्त्रीबीचको छलफलको विषय आफूलाई जानकारी नभएको बताए। 

गत पुस १ गते बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरी सकेको छ। अध्यादेश ल्याउने र फिर्ता लिने कार्यले राष्ट्रपतिको गरिमा र भूमिकामाथि प्रश्न उठिरहेको छ। त्यसैले फिर्ताका विषयमा राष्ट्रपति भण्डारी सजिलै सहमत हुने अवस्था नरहेको बुझिएको छ। फिर्ता गर्नुपरे पनि केही समय लिने तयारीमा राष्ट्रपति छिन्। त्यही अनुसार नेकपा नेताहरुलाई मनाउनुपर्ने उनको धारणा रहेको बुझिएको छ। 

राष्ट्रपति राजी भएको अवस्थामा प्रधानमन्त्री ओली आइतबारको स्थायी कमिटी बैठक अघि मन्त्री परिषद् बैठक बोलाएर फिर्ताका लागि पहल गर्न सक्छन्। स्थायी कमिटीमा हुने आलोचनाको एउटा बुँदा स्वभाविक रुपमा घट्नेछ। आफूले अध्यादेश फिर्ता लिएको भन्दै पार्टी एकताका लागि प्रतिवेदन फिर्ता हुनुपर्ने धारणा राख्ने ठाउँ समेत पाउने नेकपाका एक नेता बताउँछन्।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  २२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
हिन्दू राष्ट्रको बहस गरेर मात्रै हिन्दू धर्म वा मौलिक संस्कृति जोगिँदैन : अधिकारी संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले नेपालको धर्मनिरपेक्षता धर्मविहीन समाज निर्माण गर्ने अवधारणा नभई मुलुकमा विद्यमान... आइतबार, असोज ४, २०८३
प्रधानमन्त्रीको भ्रमणअघि न्युयोर्क जाँदै परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई लक्षित गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने... आइतबार, असोज ४, २०८३
एमालेमा तीन तहका बैठक, निर्वाचन समीक्षा र पुनर्गठनबारे छलफल हुने नेकपा एमालेले पार्टीको निर्वाचन समीक्षा र आगामी पुनर्गठनका विषयलाई केन्द्रमा राख्दै लगातार तीन तहका बैठक आयोजना गर्ने भएको छ। आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह आइतबार, असोज ४, २०८३
हिन्दू राष्ट्रको बहस गरेर मात्रै हिन्दू धर्म वा मौलिक संस्कृति जोगिँदैन : अधिकारी आइतबार, असोज ४, २०८३
मौरीको ‘गोप्य जीपीएस’ : किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ? आइतबार, असोज ४, २०८३
१८ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम आइतबार, असोज ४, २०८३
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्