• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

'सरकारको भर छैन'

64x64
ऋग्वेद शर्मा बिहीबार, पुस २, २०७७  १८:५८
1140x725
उखुको पुरानो बक्यौता दिलाइदिने माग गर्दै आन्दोलनमा सामेल किसान भेचुप्रसाद यादव। तस्बिर : निमेष जंग राई

काठमाडौं- भेचुप्रसाद यादवलाई अहिले अनाज रुच्दैन। शरीर दुखिरहेको छ। पेट हुँडलिएको जस्तो भइरहन्छ। बोल्न पनि मन लाग्दैन। यसअघि पनि मन हुँदैन थियो बोल्न त। तर अनाज नरुचेको भने यसैपटक हो। यी किसानलाई अनाज नरुच्नु चिन्ताको विषय हो कि होइन?

७८ वर्षको उमेरमा काठमाडौंको सडकमा उनलाई अस्वस्थ देख्नेहरु करुणाको भावमा हेरिरहेकै छन्। तर जसलाई गुहार्न उनी कपिलबस्तुबाट राजधानी आएका थिए, उही सरकार उनलाई ‘बिचौलिया’ देखिरहेको छ। यो स्वरुपमाथि किसान मारेर नाफा खाने आरोप सर्वहाराको सत्ताले कसरी लगाउन सक्यो उनलाई थाहा छैन। 

थाहा छ त यहाँ सरकार हुन्छ भन्ने मात्र। आफ्नै सरकार। आफैले चुनेको सरकार। आफ्नै लागि काम गरिदिन्छु भन्ने सरकार। जसले गएको वर्ष यसैगरी माइतीघरको सडकमा दुई साता बसेपछि गराइदिएको थियो- उखु बेचेको पैसा दिलाउने सहमति। 

तर सरकारको सम्झौता पनि पूरा हुँदैन रहेछ। सहमतिको वर्ष दिनपछि परिश्रमको मूल्य माग्न उनीहरु फेरि माइतीघरमा सुत्नु परेको छ। पसिनाको कमाइ माग्नुपरेको छ। परिश्रम सिञ्चने यिनीहरु माग्न रुचाउँदैनन्। मेहनत शरीरले धान्ने भन्दा बढी गर्न तयार हुन्छन्, तर पसिना खर्चेभन्दा ज्यादा नाफा चाहँदैनन्। हुनुपर्ने भन्दा बढी कहिल्यै मागेनन् पनि। अहिले त आफैसँग भोट मागेको सरकारसँग पाउनुपर्ने पैसा दिलाइमाग्दा अपमान भोगेका छन्। जसले सरकारप्रतिको विश्वासबाट पर हुँदैछन्।

भेचुप्रसाद यादव

‘हामी किसानलाई सरकारले पैसा दिलाइदिए हुन्थ्यो। सरकारले सुनेन र पैसा पाइएन भने त हामी कसरी फर्कनु र?’, भेचुप्रसादको मधुरो आवाज माइतीघरको खलबल र ट्याँ टुँमा अझ सानो सुनियो, ‘मलाई सञ्चो छैन। अनाज पनि रुच्दैन। खानै मन लाग्दैन। बिहान थोरै चावल खान खोजेको, रुचेन। जिउ दुखिरहेको छ। बोल्ने हिम्मत पनि छैन।’ 

भेचुप्रसादले महालक्ष्मी सुगर मिलबाट कति लिनुपर्ने छ भन्ने हिसाब सम्हालेर राखेका छन्। २०७० सालदेखिकै उखु बेचेको पैसा लिन बाँकी बसेको उनी सुनाउँछन्। ‘मेरो त धेरै रकम नै बाँकी छ। बोरिङ गाड्ने पैसा पनि सरकारबाट अनुदान सहयोग हुन्छ भनेको थियो, त्यसैले बोरिङ खनेँ। त्यो पनि पाएको छैन’ उनले सुनाए। 

काठमाडौंमा होटलमा बसिरहेका उनलाई खर्च कसरी पुर्‍याउने भन्ने चिन्ता पनि लाग्न थालेको छ। भन्छन्- ‘साथीबाट २५ हजार लिएर आएको हो, अब बादमा त गोजीमा पैसा पनि हुँदैन।’ 

परिवारमा को-को हुनुहुन्छ? भन्ने प्रश्नमा दुखिरहेको शरीर घुमाएर साथीहरु भएतिर देखाउँदै उनले भने- ‘यिनीहरु सबै परिवार त हुन्।’  

Ncell 2
Ncell 2
nimb
nimb
गौरीशंकर पण्डित

भेचुप्रसादले भनेजस्तै उनको किसान परिवारका गौरीशंकर पण्डितलाई पनि अब राजधानीमा खर्च धान्ने चिन्ता थपिएको छ। सर्लाहीबाट काठमाडौं आएर आन्दोलनमा सामेल भएको पनि ६ दिन बितिसक्यो। ८ हजार रुपैयाँ लिएर काठमाडौं आएका उनीसँग अहिले २१० रुपैयाँ बाँकी छ। 

उनले अन्नपूर्ण सुगर मिलका मालिकसँग आफूले पाउनुपर्ने पैसा धेरैपटक मागे। ‘अर्को महिना खातामा हालिदिन्छौँ’ भन्ने जवाफ लिएर फर्कने उनका लागि मिल मालिकले भनेको अर्को महिना चार वर्षमा अहिलेसम्म आएन। पोहोरको आन्दोलनपछि पैसा पाउने आश निकै थियो। तर पूरा भएन।  

 खर्च सकिएर बाँकी भएको २१० रुपैयाँ देखाउँदै गौरीशंकर पण्डित।

‘यहाँ त हामी सबै किसान छौँ, पैसा लिनुपर्ने प्रमाण सबैसँग छ। तर सरकारले कसरी बिचौलिया भनिरहेको छ। अब त सरकारलाई केही भन्न पनि मन लाग्दैन। सरकारको बोलि सुन्न पनि मन लाग्दैन। सरकारको भर छैन’ उनले भने। 

गौरीशंकर यहाँ गौशाला धर्मशालामा बसिरहेका छन्। अरु १० जना किसान साथीसँगै। बाँकी अरु होटलतिर बसिरहेका छन्। ‘खाना पसलमा खाइरहेको छु। एकपटकको १६० रुपैयाँ पर्छ। बसेको दिनको ३८० रुपैयाँ परेको छ। घरबाट ८ हजार रुपैयाँ ल्याएको थिएँ। अब मसँग त थोरै मात्र पैसा बाँकी छ’ अप्ठ्यारो गरी भित्री खल्तीबाट २१० रुपैयाँ निकालेर उनले देखाए। 

Xtrem

Xtrem

‘केही किसान साथीहरुले खाजा खुवाउने, बिस्कुट खुवाउने, पानी खुवाउने गरिरहनुृभएको छ। तत्कालको समस्या साथीहरुबाट सहयोग होला, तर उखुको पैसा दिन मिल मालिक पनि सुृन्दैन, सरकार पनि सुन्दैन। सरकार त भन्छ कि किसान पनि नक्कली छ’ उनले भने। 

भेचुप्रसाद र गौरीशंकर जस्तै समस्यामा छन् सर्लाहीबाट आएका मनोज साह र अरु सयौँ किसान। आन्दोलनको ६ दिन बित्दा मनोजलाई खोकिले च्यापेको छ। बिसञ्चो महसुस भइरहेको छ। उनको पनि चार वर्षदेखिको उखुको चार लाख रुपैयाँ लिन बाँकी छ। 

‘छठ पर्वमा पैसा हालिदिन्छु भनेको थियो। तर छठमा पनि दिएन। पैसा दिएपछि घर जान हुन्थ्यो। नत्र त हामी आन्दोलन जारी राख्छौँ। जबरजस्ती किसान ओरिजिनल छैन भनेर कहाँ हुन्छ?’ उनले भने। 

२०७६ पुस १८ गते उखु किसान संघर्ष समिति र उद्योग मन्त्रालयबीच भएको पाँच बुँदे सहमति अनुसार पहिलो बुँदामा नै सरकारले तोकेबमोजिम मूल्य अनुसार उखु किसानले पाउनुपर्ने बाँकी रकम २०७६ माघ ७ गते दिइने सहमति भएको थियो। तर समयमा रकम नपाएपछि किसानले धेरैपटक मन्त्रालयमै पनि ताकेता गरिसकेका छन्। 

यसैले अब पाउनुपर्ने रकम नपाउँदासम्म आफूहरु सडकमा शान्तिपूर्ण आन्दोलनमा रहने उनीहरु बताउँछन्। कुनै राज्य कोषबाट आफूलाई रकम दिएर सरकारले उद्योगीबाट रकम उठाए हुन्थ्यो भन्ने पनि उनीहरुमा आश छ। त्यसका लागि परिणाममुखि वार्तामा बस्न तयार रहेको उनीहरुले सुनाए। 

सडक नाटकमा कलाकार सरिता साह।

अहिले नागरिकस्तरबाट र केही कलाकारले समेत उखु किसानको आन्दोलनमा साथ दिइरहेका छन्। केही दिन अघि लोक तथा दोहोरी गायक बद्री पंगेनी माइतीघरमा नै पुगेर उखु किसानलाई साथ दिएका थिए। ‘मै पनि एमाले, सही पनि एमाले’ भनेर चुनावमा गीत घन्काएका पंगेनीले ‘यो व्यवस्था चाइँदैन, किसान मार्न पाइँदैन’ भन्दै सरकारलाई झकझकाए। 

बिहीबार दिउँसो कलाकार सरिता साहसँगै रंगकर्मी कलाकार समूहले पनि मैथिली सडक नाटकमार्फत किसानलाई साथ दिए। किसानले लगाइरहेको गम्छा संकलन गरेर कलाकारले लगाए। गुलियो चिनि उद्योगका कारण उखु किसानले भोग्नुपरेको तीतो यथार्थ नाटकमा प्रस्तुत गरिएको थियो। आफ्ना पीडाको कथा नाटकमा हेरेका किसानको धुमिल अनुहार कलाको रमाइलो अलिकति भए पनि मुस्कायो। 

उखु किसानको आन्दोलनमा देखिएका दृश्य थप तस्बिरमा

 

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १८:५८
  • #उखु-कृषक
  • #किसान-आन्दोलन
  • #चिनी-मिल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्