काठमाडौं–सरकारको अकर्मण्यताले जनतामा आक्रोश उत्पन्न हुँदा हिंसात्मक गतिविधि गर्नेले प्रश्रय पाएको नेपाल विद्यार्थी संघले जनाएको छ। जनताको जीवन रक्षामा सरकार उदासिन रहेको संघको आरोप छ।
संघले विज्ञप्ति जारी गर्दै चरम आन्तरिक सत्ता द्वन्द, भ्रष्टाचार र कमिसनमा निर्लिप्त गतिविधिको सरकारी कार्यशैलीले जनतामा आक्रोश र निराशा बढ्दै गएको उल्लेख गरेको छ। जनताको निराशालाई हिंसात्मक गतिविधिमा संलग्नले दुरुपयोग गर्न लागेको संघका अध्यक्ष राजीव ढुङ्गानाको भनाइ छ।
मोरङको मिक्लाजुङ्ग गाउँपालिकामा कार्यरत शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या क्रुर र अमानवीय रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।