• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

प्रिमियमभन्दा साढे तीन गुणा बढी कोरोना बिमा दाबी, सरकारको टाउकोमा अर्बौंको दायित्व

अझै साढे ९ हजारले दाबी पाएनन्
64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०७७  ११:११
1140x725

काठमाडौं–कोरोना बिमाको प्रिमियमभन्दा साढे तीन गुणा बढीको दाबी परेको छ। बिमा कम्पनीले कोरोना बिमा गर्दा ९८ करोड ७५ लाख रुपैंयाँ प्रिमियम संकलन गरेका छन्। तर बिमितले तीन अर्ब ६८ करोड रुपैयाँका लागि दाबी गरिसकेका छन्। बिमा समितिले बिमाको सिद्धान्तविपरीत कोरोना महामारीको बिमा गर्दा यस्तो भएको हो। महामारी अझै अन्त्य नभएकाले अझै अर्बौं रुपैयाँको दाबी पर्ने निश्चित छ। 

उठेको प्रिमियमले नपुगे साढे तीन अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा कम्पनी, बिमा समिति, नेपाल पुनर्बिमा कम्पनी र दैवीविपत्ति कोषमार्फत् भुक्तानी हुनेछ। यसभन्दा पनि बढीको दाबी परेमा बाँकी रकम नेपाल सरकारले भुक्तानी गर्नु पर्ने हुन्छ। यो पैसा बिमा पुलमार्फत् भुक्तानी हुनेछ। यसै पुलमार्फत् निर्जीवन बिमा कम्पनीहरुले एक अर्ब रुपैयाँको दाबी भुक्तानी गर्ने छन्। नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब रुपैयाँ, बिमा समितिले एक अर्ब र बिमा कम्पनीहरुले खडा गरेको दैवी विपत्ति कोषबाट ५० लाख रुपैयाँ भुक्तानी गर्ने छन्। 

कोरोना बिमा मापदण्ड ल्याउँदा बीमितलाई कोरोना संक्रमण भए बिमांक रकम बराबरकै दाबी भुक्तानी हुने व्यवस्था थियो। यसैअनुसार १३ लाख ३० हजार ८८२ जनाले बिमा गरेका छन्। उनीहरुले बिमांक रकम ५० हजार वा एक लाख रुपैयाँकै दाबी पाउछन्। 

 तर बिमा समितिले २०७७ भदौ २८ गते कोरोना बिमा मापदण्ड संसोधन गर्दै विमांक बराबरकै दाबी भुक्तानी नहुने व्यवस्था गरेको छ। भदौ २८ यता बिमा गर्नेले कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै २५ हजार रुपैयाँ र अस्पतालमा उपचार गर्नु परे ७५ हजार रुपैयाँसम्मको उपचार खर्च पाउने व्यवस्था गरिएको छ। 

बिमा कम्पनीले कोरोना बिमाको दाबी भुक्तानी गर्न आनाकानी गरेपछि अर्थमन्त्रालयको समन्वयमा कोरोना बिमा मापदण्ड नै संसोधन गरिएको थियो। मापदण्ड संसोधन गरिए पनि भदौअघि जारी भएका पोलिसीबाटै बिमा कम्पनी तथा नेपाल सरकारको थाप्लोमा अर्बौ रुपैयाँको दायित्व रहेको छ। 

नेपाल सरकारले कोरोना बिमालाई आफूमातहत राखेर छिटोभन्दा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिए पनि बिमा समितिको अक्षमताका कारण दाबी भुक्तानी हुन सकिरहेको छैन। बिमा कम्पनीको दाबी भुक्तानी नगर्ने नियतलाई समितिले प्रश्रय दिइरहेको छ। 
अझै साढे ९ हजारले पाएनन् कोरोना बिमाको दाबी
अर्थ मन्त्रालयले ७ दिनभित्रमा कोरोना बिमाको दाबी भुक्तानी गर्न निर्देशन दिए पनि अझै ९ हजार ५७५ जनाले पाउन सकेका छैनन्। बिमा कम्पनीले कोरोना बिमाको दाबी भुक्तानीमा आनाकानी गरेपछि मन्त्रालयले बिमा समिति र बिमा कम्पनीहरुलाई हस्तक्षेप गरेर गत १८ कात्तिक गते तीन दिनभित्र कागजात पुरा गरेका दाबीकर्तालाई भुक्तानी गरि दैनिक विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

हालसम्म कोरोना बिमाको दाबी भुक्ताका लागि ३७ हजार ९४३ जनाले निवेदन दिएका छन्। उनीहरुले तीन अर्ब ६८ करोड रुपैयाँको दाबी गरेका छन्। तर अहिलेसम्म जम्मा ७ हजार ३६८ संक्रमितले मात्रै दाबी भुक्तानी प्राप्त गरेका छन्। बिमा कम्पनीहरुले ७१ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। 

फाइल चेकजाँच पूर्ण भएका दाबी विस्तारै भुक्तानी गर्दै जाने बिमा समितिले जनाएको छ। बिमा कम्पनीहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पिसिआर रिपोर्टको प्रमाणीकरणका लागि पठाइन्छ। महाशाखामा अझै २ हजार ५०७ वटा फाइल पेण्डिङमा छन्। त्यस्तै कम्पनीहरुले महाशाखामा १२४ वटा फाइल पठाउने तयारी गरेका छन्। 

कसरी पाउने दाबी ?
कोरोना बिमा दाबीका लागि विमितले बिमालेखको प्रतिलिपि पेश गर्नु पर्नेछ। यसका साथै कोरोना बिमा मापदण्ड २०७७ अनुसारको दाबी फारम पूर्ण रुपमा भर्नु पर्ने हुन्छ। कोरोना भाइरस सक्रमण पुष्टि हुने पिसीआर परीक्षणको सक्कल प्रति पेश गर्नु पर्छ। होम आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आइसोलेसनमा बसेकोबारे प्रमाणित पत्र संलग्नु पर्नु पर्छ। यसका लागि आइसोलेसन बसेको ठाउँको स्थानीय निकायबाट बनाउनु पर्नेछ। 

अस्पतालमा वा आइसोलेसन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट आवस्यक पर्नेछ। संक्रमित बीमितको परिचय खुल्ने आधिकारिक पत्र ९नागरिकता प्रमाणपत्र, नावालकको हकमा जन्म दर्ता प्रमाणपत्र० संलग्नु पर्नु पर्छ। अस्पताल भर्ना भई उपचार गर्नुपरेको अवस्थामा उपचारका बिल पेश गर्नु पर्ने हुन्छ। भदौ २८ गते पछि जारी गरिएका बिमालेखको हकमा यस्ता कागजपत्र आवश्यक पर्छ। भदौ २८ अघिको बिमालेखको हकमा अस्पतालका विलहरु पेश गर्नु पर्ने छैन।
 

Xtrem

Xtrem


 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्