एजेन्सी– उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ।
गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए। बुधबार पनि उद्धार कार्य जारी रहेको छ।
हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो।
दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए।
भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।