• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सरकारी वकिलको उपस्थितिबिनै सिद्धबाबालाई बलात्कार मुद्दामा सफाइ

64x64
दुर्गा दुलाल सोमबार, मंसिर २२, २०७७  १८:३७
1140x725

काठमाडौं- सुनसरी जिल्ला अदालतले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिँदा एकतर्फी बहस मात्र सुनेर फैसला गरेको पाइएको छ। जिल्ला अदालतले सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीको बहस बिना नै फैसला सुनाएपछि यो विषय विवादित बनेको छ। जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले जिल्ला सरकारी वकिलको कार्यालयले सार्नका लागि दिएको निवेदन अस्वीकार गर्दै फैसला सुनाएको हो। 

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गोकुल निरौलाले पहिलो पटक सार्न दिएको निवेदनलाई अस्वीकार गर्दै सुनसरी अदालतले फैसला सुनाएकाले शंका गर्ने प्रशस्त ठाउँ देखिएको बताए। 

‘हालै मात्र सर्वोच्चमा मुद्दा पुगेको र मिसिल महान्यायाधिवक्ताको कार्यालय पुगेकाले बहस सार्न निवेदन दिएका थियौं‚’ जिल्ला न्यायाधिवक्ता निरौलाले भने‚ ‘प्रक्रिया मिचिएकाले मन दुखेको छ। न्याय गर्ने अधिकार अदालतको हो। तर प्रक्रियाको कुरा पनि ख्याल गर्न पर्ला नि!’ 

अदातलले सरकारी वकिल कार्यालयले गरेको आग्रह नमान्ने र बहस सार्नका लागि दिएको निवेदन बेवास्ता गरेर फैसला गर्ने हो भने अदालतको विश्वासमा आँच आउने निरौलाले बताए। कानुनतः तीन पटकसम्म पेसी सार्न पाउने व्यवस्था भएकाले सार्नका लागि निवेदन दिइएको तर अदालतले आफूहरूको निवेदनलाई अवमूल्यन गरेको सरकारी वकिल कार्यालयको जिकीर छ। सिद्धबाबाविरुद्धको मुद्दाका हकमा मिलेमतोमा फैसला आएको सरकारी वकिल कार्यालयको भनाइ छ। 

सर्वोच्च र उच्च अदालत विराटनगरमा सिद्धबाबा र सरकारको निवेदन भएको अवस्थामा कारण खुलाएर पेसी सार्नका लागि दुई जना सरकारी वकिललाई पठाइएको भएपनि अदालतले नटेरेको उनले बताए।मिसिल नभएका कारण पछिल्लो पटक आफूहरूले पेसी सार्न निवेदन दिएको निरौलाको भनाइ छ। 

‘उच्च सरकारी वकिलमा फाइल गएको र हालसम्म फिर्ता नआएकोले मिसिल अध्ययन गर्न नसकेको र फेरि दुई जना सरकारी वकिलले अनुरोध गर्नुभएको थियो,’ निरौलाले भने‚ ‘तर अदालतले स्वीकार गरेन, न्याय गर्ने अदालतको काम हो तर अर्को पक्षको कुरा नसुनी फैसला भयो।’ न्याय खरिद भएको हुन सक्ने एक सरकारी वकिलको तर्क छ।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगर जाने जिल्ला न्यायाधिवक्ता निरौलाले बताए। आफूहरुसँग मिसिल नभएकाले पेसी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधिवक्ता निरौलाले बताए। सोमबारको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाँट र श्रेस्तेदारलाई बुझाउँदा पनि पत्र नबुझेपछि सरकारी वकिल बहसमा नगएको निरौलाले बताए।

‘सर्वाेच्चमा मुद्दा पुगेपछि मिसिल यहाँबाट महान्याधिवक्ताको कार्यालयमा पुगेको छ‚’ जिल्ला न्यायाधिवक्ता निरौलाले भने‚ ‘मिसिल आएपछि बहस गर्न केही समय माग गरेका थियौँ। तर पत्र दर्ता नभएपछि इमेल पठाइयो, प्रतिक्रिया आएन। पछि थाहा भयो प्रतिवादी पक्षको एकतर्फी बहस भएर सफाई पाउने फैसला भएछ।’

nimb
nimb
Ncell 2
Ncell 2

निरौलाका अनुसार सिद्धबाबाको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएको र मिसिल महान्याधिवक्ताको कार्यालयबाट फिर्ता आइनपुगेकाले केही दिन सार्ने माग गरिएको थियो। 

पीडिततर्फ राखिएको कानुन व्यवासीले बहसले नगरेको बताइएको छ। पीडितका तर्फबाट बहसका लागि अधिवक्ताहरू निराजन ओझा, परिचय अधिकारी, र डिल्ली दाहाल नियुक्त भएका थिए। उनीहरु पनि बहसका क्रममा उपस्थित नभएको पाइएको छ।  

मंसिर १४ गते मात्र सर्वोच्च अदालतले  बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको थियो। न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। 

‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको मेसेजबाट देखिएको सामीप्यता, अडियो म्यासेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त प्रमाणको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन‚’ आदेशमा भनिएको थियो।  

आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ पुस १४ गते धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले यस्तो आदेश दिएको एक सातामै सिद्धबाबाले जिल्ला अदालतबाट सफाइ पाएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्