• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १९, २०८३ Tue, Aug 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

शशांकलाई विरासतले थेग्ला?

64x64
लिलु डुम्रे बिहीबार, मंसिर १८, २०७७  ०८:३७
1140x725

२० वर्ष आँखा चिकित्सकका रुपमा बिताएका डा शशांक कोइरालाले दुनियाँको आँखा हेरे, उपचार गरे। २०६२ मा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका उनले राष्ट्रको 'आँखा हेर्ने' भूमिका प्राप्त गरिसकेका छैनन्। पार्टीको ‘आँखा हेर्ने’ एक तहको भूमिका भने निभाइरहेका छन्।

चिकित्सा क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नका लागि शशांकसँग पारिवारिक विरासतको बलियो आड थियो। कोइराला परिवार कांग्रेसमा ‘हाबी’ रहेकै बेला उनी सक्रिय राजनीति प्रवेश गरेका थिए। र विरासतकै बलले उनी १३औं महाधिवेशनबाट महामन्त्री समेत बनेका थिए।

आफू सर्वोच्च पदमा नभएकै कारणले भूमिका खुम्चिएको शशांकको तर्क हुने गर्छ। यद्यपि, झन्डै ५ वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् र पदीय भूमिकामा खरो उत्रिन नसकेको आरोप पनि खेपिरहेका छन्। समयको सन्दर्भले यस अवधिको समीक्षाको माग गरिरहेको छ। जसबारे उनले कांग्रेस कार्यकर्तालाई आश्वस्त पार्नुपर्ने छ।

सभापतिको प्रत्यासीको रुपमा शशांकको औचित्य पुष्टि गर्ने केही बलिया आधार छन्, केही बलिया कठिनाइहरु छन्। उनीसँग जोडिने मुख्य विषयचाहिँ पारिवारिक विरासत हो।

परिवारबाटै सकस
महामन्त्रीको उम्मेदवारको रुपमा ज-जसले सहयोग गरेका थिए, उनीहरुबाट पुनः सहयोग पाउनु शशांकका निम्ति चुनौतीपूर्ण छ। संस्थापनइतर समूहका अन्य नेताको मात्रै कुरा होइन, कोइराला परिवार नै शशांकका निम्ति 'तगारो'को रुपमा देखिन्छ। 

१३औं महाधिवेशनमा शशांकलाई महामन्त्री बन्न बाटो खालि गरिदिएका डा शेखर कोइरालाले यसपटक सभापतिको प्रत्यासीको रुपमा भने उनलाई नछाड्ने बताइसकेकै छन्। कतिसम्म भने शेखरले त त्यतिबेला आफू शशांकलाई छोड्नुलाई आफ्नो 'गलत' निर्णयको रुपमा समीक्षा गर्दै आएका छन्। उनी संस्थापनइतर समूहबाट आफू नै सभापतिको उम्मेदवार बन्ने दाउमा छन्।

सभापति बन्ने आकांक्षा राखेरै १३औं महाधिवेशनपश्चात शेखरले जिल्ला घुम्ने क्रमलाई तीव्रता दिए। घुम्ने क्रममा नेता तथा कार्यकर्ताको भावना बुझेको उनको दाबी छ। त्यस्तै, आफू एकपटक मात्रै सभापति बन्ने र सभापति चयन भएमा प्रधानमन्त्रीको जिम्मेवारी नलिने घोषणा पनि गरिसकेका छन्। १५ औं महाधिवेशनमा उमेरले साथ नदिने बुझेका शेखरले १४ औं महाधिवेशनलाई नै आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका छन्।

त्यसो त कोइराला परिवारबाट शेखर पछि नहटे उनलाई साथ दिने संकेत शशांकले दिएका छन्। आफ्नो समूहका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह सहितका नेताले शेखरलाई नै सभापतिको प्रत्यासीमा स्विकारे मात्रै आफूले पनि उनका लागि बाटो खालि गर्ने शशांकको शर्त छ। नेपाल लाइभसँगको एक संवादमा उनले भनेका छन्, ‘अरु सबैले स्विकारे भने त मैले किन नस्वीकार्ने? स्वीकारी हाल्छु नि।’

nimb
nimb
Ncell 2
Ncell 2

कोइराला परिवारकै अर्की चर्चित पात्र हुन्, सुजाता कोइराला। उनले पनि सभापतिको आकांक्षा राखेकी छन्। स्वास्थ्य प्रतिकूल रहेकी उनले दाबी गरे पनि अन्ततः कोइराला परिवारकै एक जनालाई समर्थन गर्ने बताइन्छ। १३ औं महाधिवेशनमा पनि कोइराला परिवारबाट सभापतिमा दाबी गरेकी उनले तीन बुँदे सहमति गर्दै नेता रामचन्द्र पौडेललाई समर्थन गरेकी थिइन्।

शशांकसँग लामो समयसम्म संगत गरेका प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तुफान कोइराला परिवारबाट एकल उम्मेदवार हुने दाबी गर्छन्। शशांकको व्यवहारसँग परिचित उनी भन्छन्, ‘उहाँ(शशांक) त्याग गर्ने नेता हो। शेखरलाई अरुले साथ दिएमा उहाँले पनि दाबी छोड्नुहुन्छ।’

विरासतको घट्दो आकर्षण
कांग्रेसका संस्थापक नेता बिपी पुत्र भएकै कारण उनले कांग्रेसमा स्थान बनाएको टिप्पणी हुने गर्छ। चिकित्सा क्षेत्रबाट राजनीतिमा प्रवेश गर्दा आम कार्यकर्ताको उनीप्रति आकांक्षा उच्च थियो। त्यसैप्रति संकेत गर्दै नेपाल लाइभसँग उनले भनेका थिए, ‘२० वर्ष मेडिकल क्षेत्रमा काम गरें। हस्पिटलमा बस्दाबस्दै त्यहाँ मलाई के भनियो भने व्यक्तिको आँखा मात्रै हेरेर भएन, राष्ट्रकै आँखा हेर्नुपर्‍यो। राजनीतिमा आउन धेरै प्रेसर आएपछि म यो क्षेत्रमा आएको हुँ।’

शशांकको उक्त बोलीमा बिपीको रगतसँगै विचार पनि प्रवाह भएको बुझिन्छ। तर उनीप्रतिको अपेक्षा र प्रतिफलको तादम्यता मिलेको छैन। उनी बिपी-पुत्र त हुन्, तर बिपी-राजनीति र बिपी-उचाईसँग उनको कुनै सम्बन्ध देखिँदैन।

१३औं महाधिवेशनमा पनि शशांकले व्यक्तित्वभन्दा सहानुभूतिको मत पाएको चर्चा समेत हुने गरेको छ। ‘बिपीको छोरा हुन् भनेर महाधिवेशन प्रतिनिधिले भावनामा बगेर मत दिएर विजयी भएका हुन्’, कांग्रेस शुभेच्छुक एक विश्लेषक भन्छन्, ‘तार्किकता र सबलता भएर जितेकै होइनन्। एजेन्डा बोकेका होइनन्, कुनै प्रचार गरेका पनि होइनन्। उनी हार्दा बिपीमाथि अन्याय हुने सम्झेर प्रतिनिधिले मत दिएका हुन्।’

लामो समय फरक पेशामा रहेको हुनाले पनि उनमा राजनीतिक अनुभव र चलाखीको कमी रह्यो। चिकित्सा पेशामा रहँदा उनले पार्टीद्वारा सञ्चालित आन्दोलनमा सहयोग गरे पनि सक्रिय भूमिकामा रहने अवस्था थिएन। यद्यपि, राजनीतिक भूमिकामा आफ्नो कमि नभएको शशांकको दाबी छ। ‘मैले राजनीति गरेको ५०औं वर्ष भइसक्यो। जुन परिवारमा जन्मिए, त्यो परिवारले निरन्तर राजनीति गरिरहेको थियो/छ। पम्पप्लेट लुकाएर विराटनगर ल्याउँथ्यौ’, आफ्नो राजनीतिक सक्रियता बारेमा उनी भन्छन्, ‘त्यो पनि एक किसिमले राजनीति हो। मोरङ क्याम्पसमा लाठी चार्ज हुँदा एक दिन जेल पनि परेको थिएँ।’

२०४६ को जनआन्दोलनमा चिकित्सक हुँदै उनी जनआन्दोलनमा सरिक भएका थिए।

राजनीतिक परिवारमा हुर्केको शशांक बिपी निर्वासनमा रहेको बेला भारतमै रहे। दार्जलिङ र बनारसमा पढेका उनी नेपाल फर्केपछि टिचिङ हस्पिटलको जागिरमा व्यस्त भए। राजनीतिमा उनको प्रवेश जागिरपछिको ‘रिटायर्ड’ कालमा सुरु भएको थियो।

यसरी ११औं महाधिवेशनअघिका सन्दर्भ केलाउने हो भने शशांकसँग राजनीतिक अनुभव त्यतिमात्रै छ, जति आजकाल विद्यार्थी संगठनका सामान्य नेतासँग पनि हुने गर्छ।

आफ्ना थातथलो मोरङ छोडेर उनी सुरक्षित स्थान खोज्दै नवलपरासी पुगे। उनी त्यहीँबाट निर्वाचित विजयी हुँदै आएका छन्। त्यसो त उनले आफ्नो भागमा रहेको विराटनगरको जग्गा समेत बेचिसकेका छन्। शान्तिकालको सुरुवातसँगै शशांकले आफ्नो नाममा रहेको जग्गा बेचेका हुन्। कोइराला परिवारसँगै आउने विराटनगरसँगको ‘एट्याचमेन्ट’ उनले छोडेको आरोप लाग्ने गरेको छ।

बिपीका जेठा छोरा प्रकाश कोइराला राजनीतिबाट टाढिएका छन्। राजसंस्थाको पक्षमा देखिएपछि प्रकाश कोइरालालाई कांग्रेसले निश्कासन गरेको थियो। अर्का छोरा श्रीहर्ष राजनीतिमा प्रवेश नै गरेनन्। शशांकमै 'बिपी-फ्लेबर'को राजनीतिक उच्चता खोजिएको थियो। जसका लागि उनी पनि लागिपरेका छन्। तर, कठिनाइ देखिने मात्रै होइन, असम्भव नै प्रतीत हुन्छ।

ढुलमुले नीति
महाधिवेशन सकिएको चार वर्षसम्म उनले आफ्नो कित्ता नै स्पष्ट गरेनन्। पार्टी सभापतिको कार्यशैलीमा प्रश्न पनि उठाएनन्। समन्वयकारी भूमिकामा देखिन खोजेका उनले सभापति शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी मञ्चमा भन्ने गर्थे- ‘मैले पनि सभापतिको आलोचना गरें भने पार्टी कसरी बलियो हुन्छ? सभापतिलाई गाली गर्न मेरो पदीय भूमिकाले दिँदैन।’

१३औं महाधिवेशनमा उनले देउवा विरोधी धारबाट महामन्त्रीमा विजयी भएका थिए। विजय पश्चात् शशांक करिब चार वर्ष देउवाको सहयोगीका रुपमा देखिए। सभापतिको कार्यशैलीमा असन्तुष्ट पक्षले विमति राख्दा उनले देउवाको पक्षधरता लिइरहे। पदीय जिम्मेवारी अनुसारको भूमिकालाई महामन्त्रीले सम्पादन गर्न नसक्दा पार्टीले क्षति बेहोरेको चर्चा समेत हुने गरेको छ। सभापतिका कार्यमा आफूले समर्थन जनाएको उनले स्विकार्छन्। शशांकले भने, ‘सुरुसुरुमा म शेरबहादुरजीकै पक्षमा उभिएको हुँ। यताका दिनमा आएर मैले शेरबहादुरको विकल्प खोज्दैछु। सभापतिले पार्टी चलाउन सक्नुभएन।’

आजकाल उनी आफूले मात्रै शेरबहादुर देउवालाई सभापतिमा दोहोरिनबाट रोक्न सक्ने दाबी गर्छन्। आफू सभापतिको उम्मेदवार हुनुपर्ने उनको दाबीको मुख्य आधार पनि यही नै हो।

सांठनिक रूपमा दललाई बलियो बनाउने दायित्व महामन्त्री पनि थियो। देउवा असफल हुँदा त्यसको अपजस उनैमा जोडिए पनि त्यसलाई स्विकार्न शशांक तयार छैनन्।

नियमित कार्यकाल (४ वर्ष) सकिएपछि देउवा विरोधी खेमाको नेतृत्वकर्ताको हैसियतमा उनी देखिने प्रयास गरे। संस्थापनइतरबाट १४औं महाधिवेशनमा सभापतिको बलियो प्रत्यासीको रुपमा उभिन उनी देउवा विरोधी देखिएको टिप्पणी हुने गरेको छ।

निर्वाचन सकिएपछि भएको केन्द्रीय समितिको समीक्षा बैठकमा उनले खेलेको भूमिका दोहोरो चरित्रको देखिएको नेताहरु बताउँछन्। साथै, संसदीय दलको नेता चयन गर्ने क्रममा उनले संस्थापन इतरका नेता प्रकाशमान सिंहको पक्षमा लागेनन्।

राजनीतिमा आइसकेर पनि उनले खेलेको भूमिका अराजनीतिक देख्छन्, कांग्रेसका राजनीतिका जानकार एक विश्लेषक। उनले भने, ‘अराजनीतिक व्यक्ति कांग्रेसको महामन्त्री बने। उनी कुशल संगठक पनि होइनन्। महामन्त्री हुँदा उनको सिर्जनात्मक छवि पनि देखिएन।’

नेता कार्यकर्तालाई नचिढ्याउने गुण रहेका उनको सार्वजनिक मञ्चको प्रस्तुति भने फितलो देखिएको छ। पार्टीको भूमिकामा सशक्त नदेखिएका उनी संसदीय अभ्यासमा समेत निकै कमजोर देखिन्छन्।

राजनीतिक परिवारमा हुर्केका उनले राजनीतिक संस्कार र प्राज्ञिक ज्ञानको समुचित प्रयोग गर्न नसकेको आरोप लाग्ने गरेको छ।

धर्मको त्यान्द्रो
संविधानमा लेखिएको धर्म निरपेक्षताको मर्म विपरीत शशांक देखिन्छन्। धर्मको विषयमा दिएका अभिव्यक्तिले समय/समयमा उनी विवादित पनि हुने गरेका छन्। संविधान स्विकारेको कांग्रेसले संविधान विरोधी धारणा दिन नहुने कांग्रेसी नेताहरु नै बताउँछन्। तर उनी कहिले अलि प्रष्ट र कहिले अस्पष्ट रुपमा विवादित धारणा अघि सारिरहन्छन्।

धर्मको सन्दर्भमा जनमत संग्रहको पक्षमा शशांक छन्। कांग्रेसका शीर्ष तहका नेताहरुले नै संविधान विरोधी अभिव्यक्ति दिँदा आफैंले बनाएको संविधानको स्वामित्व लिन चुकेको अर्थ लाग्ने बताउने गरे पनि शशांकले त्यो कोणबाट सोच्ने झन्झट गरेको देखिँदैन।

१४औं महाधिवेशनमा हिन्दू धर्मको पक्षमा आवाज उठ्ने शशांकको आकलन छ। धर्म सापेक्ष र निरपेक्ष हुन नहुने धारणा राख्ने उनले धार्मिक स्वतन्त्रताको वकालत गर्छन्। गत महासमिति बैठकमा हिन्दू राज्यको माग गर्दै उठेको आवाजलाई उनी महाधिवेशनसम्मै पुर्‍याउने तयारीमा छन्। तत्कालीन समयमा करिब आठ सय महासमिति प्रतिनिधिले हिन्दू राज्यको पक्षमा हस्ताक्षर गरेर शीर्ष नेतृत्वलाई बुझाएका थिए।

गतवर्ष दुईपटक भारत भ्रमणमा निस्केका उनी धार्मिक एजेण्डा स्थापित गर्नका लागि भएको भन्दै नेपालमा आलोचना भएको थियो।

आफूमा सबल नेतृत्वको गुण विकास गर्दै पार्टी कार्यकर्ता तथा जनताको विश्वास जित्ने प्रयत्न गरेका छैनन्, शशांकले। बरु पारिवारिक विरासत र धर्मको त्यान्द्रो समाएर राजनीतिक बाढी तर्ने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ०८:३७
  • #नेपाली_कांग्रेस
  • #शशांक_कोइराला
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
प्रतिनिधि सभाको बैठक आज बस्दै मंगलबार, साउन १९, २०८३
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु मंगलबार, साउन १९, २०८३
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईँ रातिदेखि हिरासतमा सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्