• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

वैदेशिक रोजगारीमा धेरैको आर्थिक चलखेल छ

कुमार दाहाल बिहीबार, मंसिर १८, २०७७  ०६:०३
1140x725

गत फागुन २९ सम्म अगाडि जुन प्रकारले वैदेशिक रोजगारी सहज थियो, त्यस्तो सहज यतिबेला छैन। गत फागुन २९ गतेदेखि भदौ १४ गतेसम्म वैदेशिक रोजगारीका प्राय सबै प्रकारका गतिविधि बन्द भए। जस्तैः श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण लगायत कामहरु भदौ १४ गतेदेखि माग सुरु भएका हुन्। मागपत्र प्रमाणीकरण तथा श्रम स्वीकृति जारी गर्नेलगायत काम यतिबेला खुल्ला छन्। विश्वका जुनसुकै मुलुकमा अहिले व्यक्तिगत तथा संस्थागत रुपमा नेपाली जान सक्छन्। यसलाई नेपाल सरकारले क्याबिनेटबाटै निर्णय गरेर सबै खुल्ला गरिसकेको छ। यसमा अब कुनै प्रतिबन्ध छैन। 

मध्यपूर्वका साउदी युएईलगायत केही देशहरुले आन्तरिक व्यवस्थापनका कारण मागपत्र प्रमाणीकरण गरिराखेको अवस्था छैन। यस सम्बन्धमा हिजो मैले परराष्ट्र मन्त्रालयमा कुरा गरेको थिएँ। परराष्ट्र मन्त्रालयमार्फत् मागपत्र प्रमाणीकरणको कामलाई सहजीकरण गरिदिनु पर्‍यो भनेर विभाग तथा श्रम मन्त्रालयका तर्फबाट अनुरोध गरिरहेका छौँ। आन्तरिक व्यवस्थापनका केही असहज विषय छन् भनेर उहाँहरुले भनिरहनु भएको छ। यो विषयमा आन्तरिक व्यवस्थापनको कारण देखाएर कुनै कार्यालयहरुले केही समय सेवा म बन्द गर्छु भन्दा नपाउने विषय पनि होइन।

अहिले युएईलगायत देशहरुमा नेपाली भिजिट भिसामा गएर अप्ठ्यारोमा परिराखेका घटना सुनिरहेका छौँ। हामीले ढोका बन्द गर्‍यौं भने मान्छेहरु झ्यालबाट छिर्न खोज्छन्। यो स्वभाविक कुरा पनि हो। विभागकै तर्फबाट हामी के भन्छौँ भने मागपत्र प्रमाणीकरणको कामलाई सहजीकरण गरिदिनुपर्छ। अब रोक्न हुँदैन। तर उहाँहरुको आन्तरिक व्यवस्थापन के हो? त्यो हामीलाई थाहा भएन। परराष्ट्र मन्त्रालयलाई थाहा होला। 

मागपत्र प्रमाणीकरण गर्ने तथा वैदेशिक रोजगारीलाई नियमन गर्ने काम वैदेशिक रोजगार विभागकै हो। हामीले यो काम गरीराखेका पनि छौँ। त्यसमा हामी कमजोर छैनौँ। वैदेशिक रोजगारीमा संस्थागत रुपमा कामदार पठाउने कुरामा कुनै पनि विषयले हामीलाई सीमांकन गरेको छैन। तर यसमा विभिन्न मन्त्रालयहरुसँग समन्वय रहन्छ। विशेष गरेर विशेष गरेर परराष्ट्र मन्त्रालयसँग।

मध्यपूर्वका देशमा मागपत्र प्रमाणीकरणको समस्या होइन। तत्कालीन आन्तरिक व्यवस्थापनका कारणले दुई तीन वटा देशले रोकेको मात्रै हो। अहिलेको समस्या भनेको युरोपको हो। युरोपमा भनेका ठाउँमा दूतावासहरु छैनन्। अहिले युरोपमा नेपाली कादारहरुको निकै ठूलो माग छ। जस्तै पोल्यान्ड, रोमानियालगायत देशहरुबाट धेरै मागहरु आइरहेको छ। तर मागपत्र आइरहेको छ भनेर बुझ्दै नबुझी कामदार पठाउन मिल्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

मागपत्र प्रमाणीकरणको पछाडिको कुराहरु के छन् त भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। नेपाल सरकारले कम्पनीको विषयमा पूरा जानकारी राख्नुपर्ने हुन्छ। त्यो कम्पनी ठिक छ/छैन, कम्पनीमा कामदार पठाउन उपयुक्त छ/छैन, पारिश्रमिक उपयुक्त छ/छैन भनेर जानकारी राख्नुपर्ने हुन्छ। त्यस्तै योभन्दा अगाडि कम्पनीको अवस्था के थियो भनेर पनि बुझ्नुपर्ने हुन्छ। मागपत्र ठिक छ भनेर बुझ्दै नबुझी काम गर्दा कहिलेकाँही हाम्रा कामदारले दुःख पाउने अवस्था सिर्जना हुन सक्छ। त्यसले गर्दा यो मागपत्र प्रमाणीकरणको विषय केही प्राविधिक विषय पनि हो। यसलाई बुझेर सहजीकरण गर्न आवश्यक छ। 

वैदेशिक रोजगार ऐनले मागपत्र प्रमाणीकरणको जिम्मा हाम्रो समन्वयमा परराष्ट्र मन्त्रालय मातहतका दूतावासलाई दिएको छ। परराष्ट्र मन्त्रालय र हाम्रो समन्वयमा यी कामहरु भइरहेका छन्। हामीले रोजगारीका अवसरलाई त रोक्नु हुँदैन। अब यसमा नीतिगत रुपमा कसरी सहज गर्न सकिन्छ भन्ने विषयमा जान जरुरी छ। यसमा केही प्राविधिक तथा नीतिगत समस्या छन्। परराष्ट्र मन्त्रालयको समन्वयमा हामी यसमा सहजीकरण गर्छौँ। 

साँच्चै भन्ने हो भने यो वैदेशिक रोजगारीको क्षेत्र भनेको कस्तो विषय रहेछ भने लगभग १६ देखि १७ सय संस्था यसमा आबद्ध छन्। र संख्यात्मक रुपमा यसले धेरैलाई रोजगारी दिएको पनि छ। राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा यसको ठूलो सञ्जाल पनि छ। यसमा राम्रा र नराम्रा दुवै विषय/मान्छे छन्। राम्रा कुराहरुको हिसाबले हेर्ने हो भने ८-९ खर्ब रेमिट्यान्सको रुपमा आउँछ। ४० लाखभन्दा बढीले विदेशमा गएर जीविकोपार्जन गरिरहेका छन्। यो एउटा सकारात्मक पक्ष हो।

Xtrem
Xtrem

वैदेशिक रोजगारीका नकारात्मक पक्ष पनि छन्। यसभित्र ठूलठूला ठगी हुन्छन्। मानव तस्कर पनि संलग्न छन्। संस्थागत तथा व्यक्तिगत रुपमा धेरै ठूला ठगी हुने गरेका छन्। कतिपय श्रमिकहरु अनडकुमेन्टेड भएर मध्यपूर्वी तथा साउथ अफ्रिकाका देशहरुमा समेत अप्ठ्यारोमा परेका छन्। वैदेशिक रोजगारीको अँध्यारो पाटोलाई उज्यालो बनाउन आन्तरिक तथा बाह्य दुवै क्षेत्रमा नीतिगत, व्यवहारिकदेखि लिएर हाम्रा प्रवृत्तिका थुप्रै कुराहरुमा सुधार गर्नु जरुरी छ। 

वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण गर्न हामीले काम सुरु पनि गरिसकेका छौँ। तपाईँ हेर्नुहुन्छ भने हिजो पनि एउटा सूचना प्रकाशित भएको छ। श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका सम्पूर्ण कामहरु हामीले अनलाइन प्रणाली सुरु गरिसकेका छौँ। अब कार्यालय नै जानुपर्दैन। विभिन्न प्रकारका ठगी यहाँहरुले सुनिराख्नु भएको छ। हामीले त्यसमाथि काम गरिराखेका छौँ। वैदेशिक रोजगारीका क्रममा साउनदेखि साउन, भदौ, असोज ३ महिनामा ठगी भएको पीडितहरुको साढे ६ करोड देखि ७ करोडसम्म रकम दिलाएका छौँ। 

यो बिचमा झन्डै १ सय जना ठगीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेका छौँ। तर एउटा विभागको एकल प्रयासले मात्रै सबै कुरा सम्भव हुँदैन। किनभने वैदेशिक रोजगारीको पाटो भित्र यति धेरै आर्थिक गतिविधिहरु छन्, त्यसमाथि त्यति नै धेरै मानिसहरुको चलखेल छ। जसले गर्दा समग्र रुपमा राज्यका सबै अंगहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न भएर मात्रै यसलाई हामी सुधार गर्न सक्छौँ।

(वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालले वैदेशिक रोजगार पत्रकार समाजद्वारा आयोजित भर्चुअल कार्यक्रममा राखेको धारणको सम्पादित अंश) 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्