• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रचण्डको प्रस्ताव झुट र षडयन्त्रको पुलिन्दा : ओली, घमण्ड र दम्भको पराकाष्ठा भयो : प्रचण्ड
64x64
वीरेन्द्र ओली शनिबार, मंसिर १३, २०७७  २१:११
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेश गरेको प्रस्ताव झुट र षडयन्त्रको पुलिन्दा भएको आरोप लगाएका छन्। शनिबारको सचिवालय बैठकको प्रारम्भमै प्रचण्डले आफ्नो कुरा राख्न अनुरोध गरेपछि ओलीले एक घण्टाभन्दा बढी बोलेका थिए।

पार्टीं बैठकमा आक्रोशित हुँदै ओलीले प्रचण्डको प्रतिवेदन पार्टी विभाजन गर्न ल्याइएको झुटको पुलिन्दा भएको भन्दै तिखो आलोचना गरे। ‘पार्टी र सरकारले गरेका राम्रा कामै नदेख्ने एकोहोरो र प्रतिपक्षी दलभन्दा पर गएर आरोप लगाउने? यो किन गरिस्, त्यो किन गरिस् भन्ने, सत्य तथ्यको कुरै छैन, बजारिया हल्ला बटुलेर आरोप लगाउने?’, ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘प्रचण्डजीको प्रस्तावमा कुनै आधार छैन। कुनै सत्यता छैन। त्यो प्रस्ताव समग्र झुटको पुलिन्दा, षडयन्त्रको पुलिन्दा, फुटको पुलिन्दा, गुटबन्दीको पुलिन्दा मात्रै हो।’

पार्टीमा गुटबन्दीको कुरा गर्ने प्रचण्डले आफैं खुमलटारमा गुटको भेला गर्दै हिँडेको भन्दै ओलीले त्यो पार्टी बैठक हो कि गुटको भेला हो भन्दै आक्रोश मिश्रित प्रश्न राखेका थिए। ओलीले प्रचण्डको प्रस्ताव पार्टी कमिटीमा बाँडेको विषयमा समेत आपत्ति जनाएका थिए। उनले त्यो विधि पद्धति अनुसार हो? भन्दै प्रश्न गरेका थिए। 

आफ्नो सम्बोधनको अधिकांश समय ओलीले प्रचण्डले पेश गरेको प्रस्तावको खण्डन गर्नमै खर्च गरेको ती सचिवालय सदस्यको भनाइ छ।

यस्तै, अध्यक्ष प्रचण्डले ओलीमा दम्भ र घमण्डको पराकाष्ठा भएको भन्दै त्यसो नगर्न चेतावनी दिए। ‘तपाईं(केपी ओली)ले आफ्नो कमीकमजोरी स्वीकार गर्दै गर्नुहुन्न। सरकार सबै ठीकठाक चले जस्तो गर्नुहुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘यो त अति भयो। तपाईंमा दम्भ र घमण्डको पराकाष्ठा भयो। त्यो राम्रो होइन। त्यस विषयमा सबै नेपाली जनताले एकएक हिसाबकिताब गरेका छन्।’ 

पार्टी विभाजनको नायक केपी ओली आफैं भएको प्रचण्डको आरोप थियो। ‘पार्टी केन्द्रीय कमिटी बैठक लगत्तै पशुपति प्लाजामा गुटको भेला गर्नुभयो। मेरा विरुद्ध के-के षडयन्त्र गर्नुभयो। त्यो सबै थाहा छ’, प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘हुँदै नभएको कुरा गरेर उल्टै मलाई नै फुटको आरोप लगाउनुहुन्छ। तपाईं नै हो, फुटको नायक। तपाईंले नै हो पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याएको। एमाले नाममा पार्टी दर्ता कसले गयो? मदन भण्डारी फाउण्डेसनको नाममा कसले गुटको भेला गर्‍यो?’

पार्टीमा गुटबन्दी विभाजनको रेखा ओली नै कोरेकाले समस्या पैदा गरेको प्रचण्डले बताएका थिए। सरकार भ्रष्टाचारमा चुर्लम्मै डुब्दा समेत प्रतिरक्षा गर्न प्रधानमन्त्री आफैं लाग्नु ठीक नभएको प्रचण्डले बताएका थिए। 

यस्तै बैठकमा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले दुवै अध्यक्षले ल्याएका प्रतिवेदन पार्टीको सम्पत्ति भएको बताएको सचिवालयकै अर्का सदस्यले बताए। ‘आफूलाई लागेका विषयमा दुबै अध्यक्षले स्पष्ट रुपमा पार्टी कमिटीमा प्रतिवेदन ल्याउनुभएको छ। ती सबै पार्टीको सम्पत्ति भएका छन्। त्यस विषयमा गम्भीर छलफल बहस हुनुपर्छ। त्यसबाट एउटा निचोडमा पुग्नुपर्छ’, खनालको भनाई उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘कसैले भन्दैमा प्रचण्ड कमरेड वा केपी कमरेड कसैको प्रतिवेदन फिर्ता हुँदैन। ती विषयमा एक-एकगरी छलफल र  बहस हुनुपर्छ। त्यहीँबाट वाद, विवाद र प्रतिवाद हुँदै रुपान्तरणमा जानुपर्छ। त्यहीँबाट पार्टी बन्ने प्रक्रियामा जान्छ र टुंगोमा पुर्‍याउनुपर्छ।’

Ncell 2
Ncell 2

अध्यक्ष प्रचण्डले तीन वर्षमा सरकारमा देखिएका जे जस्ता समस्या छन् ती विषयलाई प्रतिवेदनमा ल्याएको भन्दै खनालले प्रचण्डको प्रतिरक्षा गरेका थिए। ‘पार्टीमा अन्तरसंघर्ष हुन्छ। दुई लाइन संघर्ष हुन्छ। कतिपय अवस्थामा तिक्ततापूर्ण अवस्था पनि हुन सक्छ’, खनालको भनाइ थियो, ‘त्यस्तो अवस्थामा ठीक बेठीक दुवै खालका कुरा आउँछन्। त्यो बेला ठीक कुरालाई अंगाल्ने र बेठीक कुरालाई पन्छाउँदै जानुपर्छ।’

सरकार जनताको कामभन्दा दलाल र बिचौलियाको सेवामा लिप्त भएको भन्दै खनालले चर्को आलोचना गरे। 

यस्तै बैठकमा बोल्दै अर्का वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई म नै राज्य हुँ भन्ने घमण्ड छोड्न आग्रह गरे। आफैं गल्ती गर्दै जाने र त्यसमा केही पनि गरेको छैन भन्दै चोखो बन्ने प्रयास नगर्न नेपालले चेतावनी दिए। 

‘पार्टी कमिटीमा उठेका विषयमा प्रधानमन्त्रीले एक-एकगरी जवाफ दिनुपर्छ। हामीलाई मात्रै दिएर हुँदैन, जनता पनि कन्भिन्स हुनुपर्छ’, नेता नेपालको भनाइ थियो, ‘प्रतिवेदनमा उठेका विषयमा बहस छलफल हुनुपर्छ त्यहीँबाट एउटा निष्कर्षमा पुग्नुपर्छ।’

यस्तै पार्टी उपाध्यक्ष वामदेव गौतमले सरकारका विषयमा जे जस्ता आलोचना भएका छन्, त्यस्ता विषय पार्टी कमिटीमा प्रतिवेदनका रुपमा आउनु सकारात्मक भएको बताए। दुवै प्रतिवेदनमा उठेका विषयमा बहस छलफल गरी टुंगोमा पुर्‍याउनुपर्ने गौतमको भनाइ थियो।

बैठकमा ओली‚ प्रचण्ड‚ खनाल‚ नेपाल र गौतममात्रै बोलेका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित) शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश साझा गर्दै माओवादी आन्दोलनका नेता समेत रहेका डा. भट्टराईले नेताहरू विभाजित भएकोले माओवादी... शुक्रबार, असार २७, २०८२
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मु... शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ। बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित) शुक्रबार, असार २७, २०८२
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्