• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसरी जितेँ स्तन क्यान्सर

शुभेच्छा घिमिरे आइतबार, मंसिर १४, २०७७  १३:१७
1140x725

काठमाडौं- स्तन क्यान्सर जितेकी शुभेच्छा घिमिरेले फेसबुक लाइभबाट आफ्ना अनुभव सुनाएकी छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत छँदाकी उनकी साथी टिनेट कोर्ट्सले शनिबार सञ्चालन गरेको फेसबुक लाइभ कार्यक्रममा उनले आफ्ना अनुभव सुनाएकी हुन्। ‘दी गिफ्ट अफ अ लाइफस्टाइल सिफ्ट’ नाम दिइएको उक्त अन्तरक्रियात्मक फेसबुक लाइभमा उनले आफ्ना भोगाइ र क्यान्सर लाग्दा ध्यान दिनुपर्ने विषयको बारेमा आफ्ना अनुभव सुनाएकी छन्। स्तन क्यान्सरसँग संघर्ष गरेर त्यसमाथि जित हाँसिल गरेकी उनले क्यान्सरसँग लड्दाका अनुभूति संगालेर एउटा पुस्तकसमेत लेखेकी छन्- ‘क्यान्सर करी एन्ड मी’। यस्तो छ उनको अनुभव :

३२ वर्षकाे हुँदा मलाई क्यान्सर लागेको थाहा भयो। त्यतिबेला ममा कुनै पनि लक्षण थिएन। बाहिरी रूपमा पूर्ण रूपमा स्वस्थ थिएँ। तर त्यसपछि भने क्रमशः मेरो स्तन पहिलाको जस्तो सामान्य नभएको जस्तो लाग्न थाल्यो। मैले निरन्तर विभिन्न डाक्टरहरूसँग सल्लाह गर्न थालेँ। यसबारे धेरै खोजी गरेँ। यस्तो रोग अचानक देखा पर्दा सुरूमा त हामी आत्तिएका पनि थियौ। जब स्तन क्यान्सर भयो भन्ने थाहा पायौं त्यसपछि मैले डाक्टहरूको सल्लाहानुसार किमो थेरापी र रेडियो थेरापीको सहारा लिएँ। 

क्यान्सरका विषयमा धेरै खोज भए पनि यही कारणले हुन्छ भन्ने पत्ता लागिसकेको छैन। तर पछिल्ला दिनहरूमा क्यान्सर जित्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ। क्यान्सरका धेरै प्रकार हुन्छन्। र, तिनका उपचार पनि फरक फरक नै छन्। मेरो चाहिँ दाहिनेपट्टिको स्तनमा क्यान्सर भएको थियो। त्यसका लागि हामीले किमो थेरापी र रेडियो थेरापीक सहारा लिएर त्यसको उपचार गर्दै गयौं। क्यान्सर बिस्तारै बिस्तारै शरीरको अन्य भागमा पनि नजानिँदोसँग फैलन सक्छ। किमो थेरापीले शरीरका राम्रा र नराम्रा दुवै कोषहरूलाई निस्क्रिय गर्न मद्दत गर्ने भएकाले त्यसले अन्य स्थानमा क्यान्सर फैलन नदिन धेरै सहयोग गर्छ। 

किमो थेरापीसँगै मैले रेडियो थेरापी पनि गरेँ। यसले शरीरभित्र भएका क्यान्सर सेलहरूलाई मार्ने काम गर्छ। अहिले विश्वमा धेरै राम्रा राम्रा मेडिकेसनहरू बनेकोमा मलाई गर्व महसुस हुन्छ। सामान्यतया अपरेसनको केही सातापछि किमो थेरापी सुरू गरियो। त्यसपछि रेडियो थेरापी पनि सुरू गरियो।

यो सबै गरिसकेपछि मलाई पूर्णरूपमा निको हुन सामान्यभन्दा केही बढी समय लाग्यो। जब म सामान्य अवस्थामा आएँ त्यसपछि शारीरिक र मानसिक रूपमा भिन्नै किसिमको ऊर्जा आउन थाल्यो। 

क्यान्सरलाई जित्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफैंलाई सुन्नु हो। मेरो सन्दर्भमा भन्दा मैले शरीरको आवश्यकताअनुसार आराम गरेँ। त्यो समयमा आफूलाई क्यान्सर भएको छ भन्ने भावना दिमाग खेलाएर मनोबल झन् कमजोर बनाउनुभन्दा यसलाई म जित्न सक्छु भन्ने सोचका साथ अघि बढ्ने र शरीरले धान्न सक्ने सामान्य काम गर्नाले पनि धेरै राम्रा ऊर्जा प्रदान गर्छन्। जब मैले क्यान्सर भएको थाहा पाएँ त्यसपछि ‘यो मेरो गल्तिले भएको होइन, लाग्ने कुरा लागिसक्यो अब यसलाई कसरी जित्ने’ भन्ने विषयमा मात्र सोच्न थालेँ। सकारात्मक सोचाइले पनि मलाई निको हुन धेरै नै मद्दत गर्‍यो। यसमा मलाई मेरो परिवारले धेरै नै सहयोग गर्नुभयो, जसका कारण पनि म आज यो स्थितिमा छु। ‘हामी तिम्रो साथमा छौं, तिमी चिन्ता नगर’ भन्नेजस्ता हौसलाहरू दिइरहनुहुन्थ्यो। 

फेसबुक लाइभमा आफ्ना अनुभव सुनाउँदै शुभेच्छा घिमिरे।

त्यो समयमा मलाई रिस उठेको बेलामा म रिसाइदिन्थेँ। जब मलाई रून मन लाग्थ्यो म रोइदिन्थेँ। मनमा आएका यस्ता भावनालाई रोक्दैन थिएँ। पुनः भन्छु शरीरले के भन्छ त्यो सुन्ने गरौं। हरेक क्यान्सरका प्रकृति फरक-फरक हुने भएकाले हामीले आफ्न शरीरलाई बुझ्नु महत्त्वपूर्ण हुन्छ। नकारात्मक सोचले हामीलाई मानसिक र शारीरिक दुवैलाई पीडा दिन्छन् त्यसैले हामीले चिन्ता र तनावलाई घटाउँदै ‘म यसलाई जित्न सक्छु’ भन्ने सोच राख्नुपर्छ। मेरा लागि भने किमो थेरापीले धेरै नै राम्रो काम गर्‍यो। 

त्यहीबीचमा म घरमा गएँ र हजुरआमालाई आफ्न सबै कुराहरू गरेँ। उहाँले यस्तो बेलामा प्रयोग गरिने आयुर्वेदिक उपचारहरू सुझाउनुभयो। त्यसले पनि मलाई धेरै राम्रो काम गर्‍यो। त्यसले पनि मेरो क्यान्सर निको हुनलाई महत्त्वपूर्ण भूमिका खेल्यो।

nimb
nimb
Ncell 2
Ncell 2

हाम्रो जिन्दगीमा धेरै कुराहरू चलिरहेका हुन्छ। कतिपय कुरालाई हामी पराजित गर्न सक्छौं भने कतिपयलाई सक्दैनौं। मेरा लागि दुईवटा विकल्प थिए। एउटा, नियतीलाई पुकार्ने अर्को भन्ने म जित्न सक्छु भन्ने आत्मविश्वास लिने। मैले भने ‘म यसलाई जित्छु’ भन्ने सोचाइलाई आत्मसाथ गरेँ। यदि हामी यसमा सकारात्मक हुन सकेनौं र हाम्रा वरिपरिकाले पनि आफ्ना अगाडि सकारात्मक कुराहरू गरेनन् भने मानसिक रूपमा पीडा बोध हुन्छ। ममा आत्मबल बलियो भनिएकाले पनि म स्वस्थ व्यक्तिजस्तै देखिन्थेँ। मेडिकल टिमसमेत म यति छिटै निको भइरहेको देखेर चकित पर्थे। 

क्यान्सर लागेको भन्ने थाहा पाएपछि मैले जीवनशैलीमा ध्यान दिएँ। त्यसमा पनि मैले हरेक दिन खाने खानालाई विशेष रूपमा ध्यान दिएँ। स्वस्थकर खाना खान्थेँ। म मांसहारी हुँ तर त्यसलाई मात्र फोकस गरिनँ। स्थानीय रूपमा फलेको कुरा खानु नै हाम्रा शरीरका लागि फाइदाजनक हो भन्ने मैले राम्रोसँग बुझेको छु।

1140x725

यसलाई जित्नका लागि जीवनशैलीको उचित परिवर्तन एकदम महत्त्वपूर्ण हुन्छ त्यसमा पनि

  • मानसिक रूपमा तन्दुरूस्तता,
  • जीवनशैलीको उचित सुधार
  • शारीरिक स्वास्थ्यलाई ध्यान दिँदै दैनिक रूपमा योग गर्ने, स्वस्थ र सफा खाना खाने, प्राणायम गर्ने, एकाग्रताका साथ कुनै एकै विषयमा ५ मिनेटसम्म हेर्ने अथवा सुन्ने जसले गर्दा ध्यान कतै नभाडियोस्। एकै कुरामा ध्यान दिँदा पनि त्यसले मानसिक रूपमा बल प्रदान गर्छ।

सकारात्मक जीवनशैली नै यसको उपचारका लागि महत्त्वपूर्ण विषय हो। प्राणायामले पनि धेरै नै सहयोग गर्छ। यसले नकारात्मक भावनालाई कम गर्नेदेखि हामीले फेर्ने हरेक सासमा नियन्त्रण राख्न धेरै मद्दत गर्छ।

विशेषतः स्तनलाई महिला हुनुको पहिचानको रूपमा चिन्ने गरिन्छ। स्तन क्यान्सर पुरूषमा पनि हुन सक्ने भन्ने विषयमा संसारमा धेरै अनुसन्धानहरू भएका छन्। यदि तपाईंको शरीरमा केही पहिलाको भन्दा केही असामान्य कुराहरू भइरहेका छन् भने डाक्टरलाई देखाउनु उचित हुन्छ। यदि हात वरिपरि, काखी मुनितिर छालाको रङ परिवर्तन हुनेजस्ता लक्षणहरू देखापर्न थाले भने तुरून्तै डाक्टरकोमा गएर सल्लाह लिनु उचित हुन्छ। मैले भोगेका कुराहरू समाजका सबै आमा, हजुरआमा, दिदी, बहिनीसँग साट्न चाहन्छु। विश्वमा ४०-५० वर्षअघिको जस्तो अवस्था अहिले छैन। धेरै कुराहरू विकास भइसकेका छन्। तर पनि उपचारका प्रक्रियाहरू भने धेरै कठीन हुने गर्छन्। 

पहिला किमो थेरापी गरेकाले मलाई मानिसहरूले आमा बन्न नसक्ने कुराहरू सुनाउँथे तर अहिले म आमा बनेकी छु। यसमा समाजको पनि धेरै नै हात हुन्छजस्तो लाग्छ। समाजले पनि क्यान्सर भएकाहरूलाई सकारात्मक रूपमा लिनुपर्छ जस्तो लाग्छ।

जीवनशैली
उपचार भइरहँदा मैले जीवनशैलीमा विशेष ध्यान दिएँ। त्यसपछि पनि किमो थेरापीले गर्दा केही खान मन नलाग्ने, पानीसम्म पनि पिउन मन नलाग्ने हुन्थ्यो। त्यस्तो बेलामा हामीले हाम्रो दैनन्दिनीय जीवनशैलीमा विशेष ध्यान पुर्‍याउनुपर्छ। किमो थेरापीका बेलामा मैले आफूलाई पाच्य हुने स्वस्थकर खानेकुरामात्र खाएँ। फलफूल, तरकारी जुसहरू पिएँ। जसले गर्दा पनि मलाई तन्दुरूस्त रहन धेरै नै मद्दत गर्‍यो।

उपचार सकिएपछि मैले डेरी प्रोडक्टहरू त्यागेँ। आयुर्वेदिक र ट्रेडिसनल खानेकुराहरूमात्र खान थालेँ। धेरै तैलीय पदार्थ भएका खानेकुरा खाइनँ। 

हामीले हाम्रा पूर्वजले गर्दै आएका प्राकृतिक उपचारको कुरामा पनि ध्यान दिनुपर्छ, जसमा कुनै साइड इफेक्ट हुँदैन। सन्तुलित खाना खानका लागि मैले सबैलाई सुझाउने गर्छु। सफा र स्वस्थकर खानाले स्वास्थ्यमा सुधार ल्याउँछ। खानामा ध्यान दिनु मेरा लागि स्वस्थ हुनुको अर्को कारण बन्यो।

क्यान्सर भएकाले कुन कुरा खाने कुन नखाने भन्ने बारेमा विश्वमा धेरै विवादास्पद अनुसन्धानहरू भएका छन्। मेरो सन्दर्भमा भने मैले ती कुराहरूलाई त्यागेँ जसबाट मेरो शरीरलाई हानी पुर्‍याउँथे। शरीरलाई हानी पुर्‍याउने वस्तुहरू शरीरमा प्रयोग गर्नाले पनि शरीरका धेरै कुराहरू बिग्रने गर्छन्। त्यसैले केमिकल मिसाएका फेसियल कुराहरू नलगाउँदा उचित हुन्छ। 

क्यान्सरलाई जितेपछि एउटा पुस्तक सार्वजनिक गरेँ- ‘क्यान्सर करी एन्ड मी’ जसमा तीन भाग छन्। प्रथम भागमा मैले उपचारका बेलामा भोगेका अनुभव साटेकी छु। दोस्रो भागमा उपचारका क्रममा मैले अपनाएको जीवनशैली र खाएका खानेकुराका बारेमा लेखेकी छु भने अन्तिम भागमा उपचारपछि मैले भोगेका अनुभव र अपनाएको जीवनशैलीलाई उतारेकी छु। क्यान्सर पीडितलाई मेरो सबैभन्दा महत्त्वपूर्ण सुझाव भनेको आफ्नो शरीरलाई सुनौं, सकारात्मकतामा ध्यान दिऔं किनकी जीवन धेरै नै सुन्दर छ। यो जीवनलाई खुसीसाथ बिताऔं।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १३:१७
  • ##BreastCancer
  • ##SuvekchyaGhmire

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
गण्डकी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल शुक्रबार, चैत २०, २०८२
वार्षिक परीक्षा अगावै भर्ना कार्यक्रम नगर्न निजी विद्यालयलाई सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्