• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

लगानी, उत्पादन र रोजगारीमा प्रभाव देखिनु आर्थिक मन्दीको संकेत हो

शेखर गोल्छा बिहीबार, मंसिर ११, २०७७  १५:४३
1140x725

नेपाल उद्योग वाणिज्य महासंघ अग्रजहरुको अथक मेहनत, सरकारको विश्वास र समग्र निजी क्षेत्रको भरोसाका कारण आज यहाँसम्म आइपुगेको हो। महासंघ निजी क्षेत्रको हक हित र समुन्नत मुलुक निर्माणका लागि सक्रिय रहँदै आएको छ।

अहिले संक्रमणका बीच विषम परिस्थितिमा व्यापार व्यवसाय संचालन गरिरहेका उद्यमी व्यवसायीको स्वास्थ्य सुरक्षा र अन्य राहतका लागि निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक संस्था महासंघको थप प्रभावकारी र सशक्त भूमिका माग भएको छ। यस्तो जोखिमको अवस्थामा पनि पेशा व्यवसाय संचालन गरी राजस्व, रोजगारी एवं अर्थतन्त्रमै उल्लेखनीय योगदान पुर्‍याइरहनुभएका उद्यम व्यवसायी साथीहरु र विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी र श्रमिकहरु धन्यवादका पात्र हुनुहुन्छ। 

हामी अहिलेसम्म कहिल्लै भोग्नुनपरेको आर्थिक, सामाजिक र स्वास्थ्य समस्यासंग जुधिरहेका छौं। दुई लाखभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भइसकेको छ भने १३ सय बढीले ज्यान गुमाइसकेका छन्। गत वर्षमात्र नभई चालु आर्थिक वर्षमा पनि अर्थतन्त्रको विस्तार एक प्रतिशतभन्दा कम दरले मात्र हुनसक्ने आकलन आइरहेका छन्।

कोभिड- १९ को कहर, त्यसलाई नियन्त्रण गर्न लगाइने बन्दाबन्दीले हाम्रो जीवनको लय फेरिएको छ, स्वास्थ्यमा जटिलता बढेको छ, आय आर्जनका अवसर घटेका छन, उद्यम व्यवसाय नराम्ररी प्रभावित भएका छन्। अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान दिने र झण्डै २० लाखलाई रोजगारी दिइरहेका साना तथा मझौला उद्यमी अहिले निक्कै आक्रान्त भएका छन्। दुईचार हजार रुपैयाँ दिएर उनीहरुले श्रमिकलाई गुजारा चलाउन सहयोग गरेका छन्। तर‚ समय लम्बिँदै जाँदा त्यो पनि कठिन हुँदैछ। साना तथा मझौला उद्योग व्यवसाय, पर्यटन, यातायात, रियल स्टेटजस्ता क्षेत्रको उत्पादन ऋणात्मक हुन गएको अवस्था छ। सरकारले उद्यमी व्यवसायी एवं कृषकलाई लक्षित गरी घोषणा गरेका धेरै कार्यक्रम अझै कार्यान्वयन हुन सकेको छैन। मौद्रिक नीतिमा व्यवसाय निरन्तरताका लागि दिने भनिएको कर्जाको कार्यविधि चार महिनापछि बल्ल आएको छ।

अब यसअनुसार छिटो छरितो रुपमा कर्जा पाउने व्यवस्था होस् भनेर म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।

महामारीका बीच कृषिको महत्वका बारेमा चर्चा भएपनि समस्या यथावत छन्। स्थानीय तहमा भण्डारको व्यवस्था गर्ने बजेटमा उल्लेख भएपनि कार्यान्वयन हुन सकेको छैन। त्यसैले प्रभावको मुल्यांकन गरी क्षेत्रगत रुपमा आर्थिक राहतको प्याकेज ल्याउनु आवश्यक भएको कुरा यस अवसरमा सम्माननीय प्रधानमन्त्री समक्ष निवेदन गर्न चाहन्छु। उद्योग व्यवसाय अझै पनि पूर्ण रुपमा संचालन हुन सकेका छैनन्। लगानी, उत्पादन, बजारको माग र रोजगारी सबै क्षेत्रमा प्रभाव देखिएको छ।

यो आर्थिक मन्दीको संकेत हो। यसलाई पूर्ववत् अवस्थामा ल्याउन सरकार र निजी क्षेत्रबीच बलियो र प्रतिफलयुक्त सहकार्य हुनुपर्छ भन्ने निजी क्षेत्रको आग्रह हो। ६ युएनस्क्यापको एक अध्ययनले नेपालमा अर्थतन्त्रको ९ प्रतिशत कोभिड १९ र बन्दाबन्दीको प्रभावबाट बाहिरिन खर्च गर्नुपर्ने आवश्यकता औंल्याएको छ। हालको करिब ३७ खर्बको अर्थतन्त्रको आकारका आधारमा यो रकम करिब ३ खर्ब ४० अर्ब रुपैयाँ हुन आउछ। उक्त अध्ययनले आर्थिक पुनरोत्थानमा कुल गार्हस्थ्य उत्पादनको ३.५, सामाजिक सुरक्षामा ४ र स्वास्थ्य पूर्वाधारमा १.५ प्रतिशत रकम खर्च गर्नुपर्ने आवश्यकता औंल्याएको छ। सीमित श्रोतबाट उच्च प्रतिफल निकाल्नुपर्ने अवस्था अहिले छ। यो चुनौती अर्थमन्त्रीज्यूलाई पनि छ र त्यो चुनौती हामी हरेक व्यवसायीलाई पनि छ। यस्तो अवस्थामा सरकार र निजी क्षेत्र एवं अन्य सरोकारवालाहरुले प्राथमिकता तोकेर काम गर्नु पर्नेछ। कोभिडविरुद्धको खोप उपलब्ध हुने बित्तिकै त्यसको सहज आपुर्ति, स्वास्थ्य उपचारको भरपर्दो सुविधा, कोभिड र बन्दाबन्दीका कारण प्रभावित व्यवसायको पुनरूत्थान, कृषिलाई उद्यमसँग जोड्ने संयन्त्र र साना तथा मझौला उद्यम लक्षित विशेष कार्यक्रम अहिलेका प्राथमिकता हुन्। यी र यस्तै प्राथमिकता समेटेर हामीले आगामी ३, ५ र १० वर्षको रणनीति पत्र (भिजन पेपर) बनाइरहेका छौं।

हामीले तत्काल अर्थतन्त्रको पुनरूत्थानसँगै मध्य र दीर्घकालीन योजना यो भिजन पेपरमा समावेश गर्न खोजेका छौं। यसको कार्यान्वयन सरकारसँगको सहकार्यबिना सम्भव छैन। त्यसैले आज म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि हामीले गर्न खोजेको काममा सहयोग पुर्‍याइदिन हुन हार्दिक अनुरोध पनि गर्दछु। यो रणनीतिपत्र तयार भएपछि हामी सरकारसँग छलफल गरी काम गर्न चाहन्छु र यसका लागि समय उपलब्ध गराइदिनहुन पनि म सम्माननीय प्रधानमन्त्री ज्यूसमक्ष आग्रह गर्दछु। अहिले विभिन्न मुलुकमा कोभिड- १९ विरुद्धको खोपको अन्तिम परीक्षण भइरहेको छ। खोप समयमा ल्याउन अहिलेदेखि नै तदारुकता देखाउनु आवश्यक छ। यसमा निजी क्षेत्रको कुनै भूमिका आवश्यक पर्ने देखिएमा हामी सरकारसँग सहकार्य गर्न तत्पर छौं। लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसायमात्र पूर्णक्षमतामा संचालनमा रहेको, ३५ प्रतिशत उद्योगहरु आंशिक रुपमा संचालनमा रहेका र करिब ६१ प्रतिशत उद्योगहरु पूर्ण रुपमा बन्द रहेको अध्ययनले देखाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्कन कतिपय उद्योगहरुलाई धेरै समय लाग्ने देखिन्छ। साथै यी उद्योग/व्यवसायहरुले सम्बन्धित निकायबाट ब्याजदरमा सहुलियत, आयकरमा छुट, चालु पूजीका निम्ति थप ऋण सुविधा र ऋण अवधि लम्ब्याउनेलगायतका सुविधाको अपेक्षा गरेका छन्। त्यसतर्फ सरकारको विशेष ध्यान जओस् भन्ने आग्रह गर्न चाहन्छु। साना तथा मझौला उद्यमी सधैं प्राथमिकतामा रहनुपर्छ। नेपाल उद्योग वाणिज्य महासंघ यस्ता उद्यमीको शीतल छहारी हुनुपर्छ भनेर हामी काम गरिरहेका छौं। 

बजेट र मौद्रिक नीतिमार्फत् राहतका कार्यक्रम सार्वजनिक भएका छन्। तर तीमध्ये अधिकांश कार्यान्वयन हुन सकिरहेका छैनन्। मौद्रिक नीतिमार्फत् पुनर्कर्जा कोषको रकम बढाएर एक खर्ब पुर्‍याइएको छ भने ५० अर्ब बरारबरको छुट्टै कोष स्थापना गर्ने भनिएको छ। पुनर्कर्जा कोषलाई २ खर्ब पुर्‍याउनु आवश्यक छ। यसको कर्जा अवधि ३ वर्ष पुर्‍याउनुपर्छ। सबभन्दा महत्वपुर्ण विषय साना तथा मझौला उद्यमीले यो रकम सहजै पाउन सकून् भन्ने हो। यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सरकारसँग सहकार्य गर्न तयार छ। हामी सहकार्य गरेर कार्यान्वयन गरौं भन्ने मेरो आग्रह हो। अहिले सबै जोखिममा छौं। तर जोखिमलाई हामीले बाढ्यौं भने सबैलाई सजिलो हुन्छ। त्यसैगरी अवसरलाई पनि बाढौं।

सँगै हिँड्दा भरथेग हुन्छ र गन्तव्यमा पुग्न सजिलो हुन्छ। कृषिको पुनर्संरचना अर्को आवश्यकता हो। पछिल्लो दशकमा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ३.२ प्रतिशतमात्र रह्यो। सन २००८ मा ७४ प्रतिशत जनता कृषिमा आश्रित रहेकोमा सन् २०१८ मा ६० प्रतिशत आश्रित छन्। यसले कृषिभन्दा अन्यत्रका क्षेत्रले खासै ठूलो रोजगारी सिर्जना गर्न सकेको देखाउँदैन। मल बिउको अभावजस्ता सधैं देखिने समस्या अन्त्य गर्नुपर्दछ।

कृषिलाई नाफामूलक उद्यम बनाउन तुलनात्मक लाभका वस्तुको पहिचान र तिनको प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारी आवश्यक छ। अर्थतन्त्रलाई चाँडो पूर्ववत् अवस्थामा ल्याउन सकिएन भने बेरोजगारी उच्च हुनुका साथै आर्थिक रुपमा मुलुकले गम्भीर समस्या व्यहोर्नुपर्ने देखिन्छ। बजेट र मौद्रिक नीतिले समेटेका विषय सकारात्मक छन् तर छिटो तंग्रिन हामीलाई सरकारको अझै भरथेग चाहिएको छ। त्यसैले विशेष कार्यक्रमको घोषणाको लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विशेष आग्रह गर्न चाहान्छौं। जसमा प्रत्यक्ष अनुदान, राजस्व छुट, सावा ब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनलगायतका विषय समेटिनुपर्छ।

Xtrem

Xtrem

यसबारेमा हामी सरकारसँग छलफल गर्न चाहन्छौं। अनावश्यक क्षेत्रमा नजाओस् तर प्रभावित व्यवसाय राहतबाट वञ्चित नहोस भन्नका लागि हामी सहकार्य गरौं। हामीले भिजन पेपर तयार पार्नेक्रममा अध्यक्षज्यूहरु, अर्थविद्ज्यूहरु, जिल्लाका साथीहरु, साना, मझौला तथा ठूला उद्योगी एवं व्यापारी साथीहरुसँग कुरा गरिहेको छु। नेपालको अर्थतन्त्रलाई कसरी चलायमान र गतिशील बनाउन सकिन्छ र के केलाई प्राथमिकता दिनुपर्दछ भन्ने विषयमा छलफल भइरहको छ। त्यो प्राथमिकताको ढाँचा तयार गरी अब गठन हुने कार्यकारिणी समितिबाट अनुमोदन गरी सार्वजनिक गर्ने योजना बनाएको छु। उच्च आर्थिक वृद्धि, पर्याप्त रोजगारी सिर्जना र श्रोतसाधन सम्पन्न सरकार समुन्नत, समावेशी र उत्थानशील अर्थतन्त्रका प्रमुख आधार हुन्।

दिगो आर्थिक वृद्धि, रोजगारी र राजस्वको मुख्य स्रोत निजी क्षेत्र हो। समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको बढीभन्दा बढी योगदान पुर्‍याउन व्यवसायमैत्री वातावरण अपरिहार्य शर्त हो। हामी दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकार वा अन्य सरोकारवालासँग पहल गर्नुका साथै आफ्नो तर्फबाट पनि योगदान गर्न चाहन्छौं। 

(उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघको ५४ औं साधारणसभामा दिएको मन्तव्यमा आधारित। गोल्छा ५४‍औं साधारणसभाबाट स्वतः अध्यक्ष चयन हुँदैछन्।)

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्