• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

निजी क्षेत्रलाई अभिभावकत्व दिन अगाडि सरेँ : चन्द्रप्रसाद ढकाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०७७  १७:०९
1140x725

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ। नयाँ नेतृत्व चयन हुने भएकाले यो साधारणसभाले व्यवसायीलाई तताएको छ। महासंघका दुई उपाध्यक्षहरू किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दिएका छन्। दुवैले प्यानल नै बनाएर चुनावमा होमिएका कारण व्यवसायीहरू दुई ध्रुवमा बाँडिएका छन्। 

यही साधारणसभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सर्वसम्मतरूपमा अध्यक्ष हुँदैछन्। वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहलाई पूर्वअध्यक्ष चण्डिराज ढकाललगायतले समर्थन गरेका छन्। नेपाल लाइभले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालसँग गरेको संवादको सम्पादित अंश:-

महासंघको बरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन? यहाँले आफ्नो उम्मेदवारीलाई कसरी पुष्टि गर्नुहुन्छ?
यहाँलाई विदितै छ कि निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो। तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन भने सकेको छैन। जुन बेला मुलुकको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ त्यस बेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभवहरु छन्।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको समग्र उद्योग व्यवसायीहरुको प्रतिनिधित्व गर्ने आधा शताब्दिभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो। हो, मेरो उम्मेदवारी देशको यो क्षेत्रले त्यो सम्मान पाउन सक्ने अवस्था दिलाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो। यसका लागि हामीले संघर्ष र सम्वाद दुवै गर्नुपर्ने हुनसक्छ। तर म चाहिँ सम्बादमा बढी विश्वास गर्छु।

आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ। हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ। हामीले त्यो हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ। त्यसका लागि म र हाम्रो टिमले सशक्त रुपमा काम गर्नेछ। निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ, त्यसलाई व्यवहारमै आत्मसात गर्न सक्ने बनाउनुपर्छ। त्यसैले पनि हामी महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ। यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौँ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इन्जिन हो। यो इन्जिनलाई सञ्चालनमा ल्याउन, कामयवी बनाउन र यसबाट बढीभन्दा बढी लाम लिनसक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवशयक छ। मैले यही महसुश गरेर नै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भनेको हो। हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ। ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ। एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ। हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ। यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास रहनेछ। यसैले नै हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ।

अर्को कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु। यहाँले देखि नै रहनुभएको छ कि म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको म नै एक पदाधिकारी हुँ भन्दा मलाई गर्व लाग्छ। यसैले मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीहरुलाई म विश्वास दिलाउन चाहन्छु।

Ncell 2
Ncell 2

नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागि गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ। हामीले पहिले पनि भनेका छौँ कि गाउँ गाउँमा उद्यमशीलताको विकासका लागि अरु पहलहरुका अतिरिक्त एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ। त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ।

यी र यस्ता अनेकन समस्या छन् हाम्रा। यसमाथि पछिल्लो समयमा फेरि कोरोना महामारीले समग्र मुलुककै उद्योग र व्यवसाय क्षेत्रलाई नै सबैभन्दा बढी मारमा पारेको छ। हामीले इतिहासमै यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ। मैले यी विचारहरु यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ। अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन। यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो। यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग व्यवसाय क्षेत्रमा हामी मुलुकका सबै व्यवसायी साथीहरुलाई बलियो काँध चाहिएकोले उहाँहरुले मलाई अघि सार्नुभएको हो। त्यसैले म नेतृत्वमा पुगेपछि मुलुकका यी समग्र समस्याहरुको समाधानका लागि लागिपर्ने प्रतिबद्धता पनि यहाँ व्यक्त गर्न चाहन्छु। 

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ। महासंघमा १० वर्ष विताउँदासम्म के काम गर्नुभयो? 
मेरो मान्यता त म आफैले के गरेँ भनेर आफ्नो बारेमा भन्ने होइन भन्ने नै हो। मेरो कामको मूल्यांकन मेरा अग्रजहरुबाट पनि भएकै छ। म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीहरुले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो। त्यो नै वास्तावमा मेरो उपलब्धि हो। मलाई लाग्छ मलाई संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकेँ भन्ने छ।

यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर जस्तो कि पछिल्लो एक उदाहरण रोजगारदाता परिषदको सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ। लकडाउन अवधिको तलबमान निर्धारणका विषयमा म आफू नै सो परिषदको सभापति भएकोले एफएनसिसिआइको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरेँ। सरकार र मजदुर साथीहरुका प्रतिनिधिहरुसँग बसेर नेगोसिएसन गर्नुपर्ने थियो र गरियो। यहाँलाई पनि थाहौ छ कि यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, जुनकुरा मिडियामा आइनै सकेको छ। यसरी यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रुपमा पनि मैले लिएको छु। 

त्यसैगरी दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु। हामीलाई अर्थात व्यवसाय क्षेत्रलाई नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु। महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक इस्यु र जिल्लाका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरेको छु। यी सबै कामको साक्षी महासङ्घका साथीहरु हुनुहुन्छ। त्यसैले मैले आफ्नो बारेमा आफैले केही नभनौँ भन्ने लागेको हो। 

उद्योग वाणिज्य महासंघमा तपाईंको इतिहास हेर्दा सहजरुपमा तपाईंको आगमन देखिन्छ। यसपटक बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिदै गर्दा विगतको जस्तो सहज वातावरण छैन। यो चुनौतीलाई कसरी लिनु भएको छ?
महासंघमा मेरो यात्रालाई हेर्ने हो भने, दुई पटक सर्वसम्मत र एकपटक अत्याधिक मत पाएर निर्वाचित भएको प्रतिनिधि हुँ म। उपाध्यक्ष पदमा पनि म सर्वसहमतीबाटै आएको हो।यसपटक देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावलाई बलियो आधार बनाएर बरिष्ठ उपाध्यक्षको उमेद्वारका रुपमा उभिएको छु। सबै क्षेत्रका साथिहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ। तसर्थ, महासंघको आसन्न ५४औं साधारणसभा तथा निर्वाचनलाई मैले चुनौती भन्दापनि अवसरको रुपमा लिएको छु।

तपाईंहरु प्यानल नै बनाएर चुनावमा होमिनुभएको छ। यस दौरानमा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने कामहरु पनि भए। स्वस्थ्य प्रतिष्पर्धा हुनु पर्ने महासंघको चुनाव किन धमिलो हुन पुग्यो?
गत चैतमा महासंघको ५४औं साधारणसभा र निर्वाचन हुने तय भएपश्चात नै सर्वसहमति गरिनुपर्दछ भनेर आवाजहरु उठेका हुन्। यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसहमतिको पहल समयमै गरिनुपथ्र्याे। मेरो पनि यसमा समर्थन थियो। तर, त्यो हुन सकेन। अहिले चुनावी प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढिसकेको छ।

यस दौरानमा हामी देशैभरिका उद्योगी व्यवसायीहरु समक्ष पुग्यौ र हाम्रो एजेण्डाहरु प्रष्टसँग राखेका छौँ, सँगसँगै ति एजेण्डाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौं। यस बाहेक कुनै आरोप प्रत्यारोपका खेलहरु हामीबाट भएनन्। आरोप प्रत्यारोपमा म समय खेर फाल्न पनि चाहन्न। महासंघको नेतृत्व चयन प्रकृया विवादित नहोस् भनेर विधान संसोधन गरी बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान बनायौं। तर बरिष्ठ उपाध्यक्ष चयन प्रकृयामा भने त्यसप्रकारको वातावरण बन्न सकेन। म पूर्ण विश्वस्त भएर भन्न सक्छु म र मेरो टिमका तर्फबाट ५४औं साधारणसभा तथा निर्वाचन स्वस्थ्य र सभ्य बनाउन प्रतिबद्ध भएर लागेका छौं।

मतदाताले २ वटा विकल्प पाइरहेको अवस्थामा विगतमा तपाईंहरुले महासंघमा गर्नु भएका कामहरुको समीक्षा पनि पक्कै गरेका होलान्। महासंघमा रहँदा के कस्ता जिम्मेवारि निर्वाह गर्नुभयो?
मैले पनि विशेष जोड दिएर भन्ने गरेको छु, नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउनका लागि महासंघमा रहदा कसले पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह ग¥यो र आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार र समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति को हुन सक्छ भन्ने विषयमा समिक्षा गरिनु आवश्यक छ।

मेरो पद र कार्यक्षेत्रअनुसारको भूमिका मैले पूरा गरेको छु। हाल म महासंघको उपाध्यक्षका रुपमा छु। मैले रोजगारदाता परिषद्को सभापतिको हैसियतले काम गरिरहेको छु । रोजगारदाता परिषद्को सभापति भएपछि मजदुर र रोजगारदाताको सम्बन्धमा धेरै सुधार भएको छ । श्रम ऐन आयो, सामाजिक सुरक्षा कोष कार्यान्वयन भयो । धेरै विवाद नभई श्रमिकको न्यूनतम ज्याला निर्धारण भयो । प्रादेशिक संरचनाअनुसार महासंघका ७ वटै प्रदेशका कार्यालयमा पूर्वाधार विकास गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम संगठन -आईएलओ) सँग मिलेर धेरै कार्यक्रम गरेको छु ।

जिल्ला–नगर उद्योग वाणिज्य संघका साथीहरूलाई सीप विकास, अवलोकनलगायत धेरै कुरामा काम गरेको छु । कोभिड–१९का कारण गरिएको लकडाउन अवधिको ५० प्रतिशत तलब दिने सहमति गराएको थिए । म ढुक्क छु, आम उद्योगी, व्यवसायी मतदाता साथिहरुले यसको उचित समिक्षा गर्दै निर्वाचनमा आफ्नो मतको सदुपयोग गर्नुहुनेछ।

निजी क्षेत्रको उत्थानका लागि कस्ता एजेण्डाहरु लिएर उद्योगी व्यवसायीहरुको माझमा पुग्नुभएको छ?
सर्वप्रथम त कोभिड–१९ को महामारीले नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ। हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पार्‍यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं।

मेरो विशेष जोड भनेको महासंघलाई विज्ञ संस्थाको रुपमा विकास गर्नु हो। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ८५ प्रतिशत हाराहारी छ। तसर्थ, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् नीति निर्माणमा पैरवीका लागि महत्वपूर्ण पहलकदमी लिनुपर्ने छ। नेपालमा एफडीआई भित्र्याउनका लागि लगानीमैत्री वातावरण सृजना गर्ने र नेपाली उद्योगी व्यापारी साथिहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्धरुपमा अगाडी बढ्नुपर्ने छ। साना तथा मझौला उद्योगमा ठूला लगानी गरेर रोजगारी सिर्जना गर्ने र नेपालमा आर्थिक समृद्धि ल्याउने एजेन्डाहरुलाई प्राथमिकताको केन्द्रमा राखेर मैले उम्मेदवारी दिएको हो ।

विगतको जस्तो महासंघको गरिमा अहिले कायम हुन नसकेको अवस्था छ। ५४औं साधारणसभापछि कस्तो महासंघको परिकल्पना गर्नुभएको छ?
हाम्रा अग्रजहरुको संघर्ष, निष्ठा र लगनले गर्दा महासंघ आज यो स्थानसम्म आइपुगेको हो। महासंघ आफ्नो उद्देश्यबाट पूर्णरुपमा बिमूख भएको पक्कै छैन। कही कतै केही कमिकमजोरी भएका रहेछन् भने पनि त्यसलाई सच्याउँदै अगाडि बढ्ने छौं। महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा अगाडी बढाउन म प्रतिबद्ध छु।

तपाईंले चुनाव जित्ने आधारहरु के–के छन्?
महासंघको यथार्थ के हो भन्दा मलाई साना मझौला व्यवसायीदेखि ठूला उद्योगी व्यवसायीहरुले साझा उमेद्वारका रुपमा हेर्नुभएको छ। देशैभरीबाट मलाई उत्साहपूर्ण समर्थन प्राप्त भईरहको छ। मेरो जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ। यसले मेरो जीतलाई सुनिश्चत गरेको छ। त्यस्तै, मेरो व्यवसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ। मेरो यही व्यवसायिक नेटवर्ककै माध्यमबाट जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ। जीतका लागि यो मेरो अर्को बलियो आधार हो। 

मेरो साथमा अनुभवि, विषयविज्ञ र सक्षम टिम पनि रहेको छ। महासंघको सँस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशिल बनाउदंै नयाँ उचाईमा पु¥याउन मेरो टिम प्रतिबद्ध छ।  हाम्रो टिमले गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पु¥याउन सक्ने हैसियत राख्दछ। यसले साना तथा ठूला व्यवसायिका समस्याहरुको समाधानमा सक्रिय भूमिका निभाउन सक्छ। तसर्थ, निर्वाचन नतिजा हाम्रो पक्षमा आउने छ भन्नेमा म विश्वस्त छु।

निर्वाचनमा तपाईंको टिमले विजय हासिल गर्ने ‘स्ट्रेन्थ’ के हो? 
हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टीम छ। म लगायत उहाँहरु सबैमा वास्तवमा यो क्षेत्रका लागि र यसमार्फत मुलुकका लागि केही गरौँ भन्ने उत्साह छ। युवा जोशदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ। व्यवसायिक होस कि भौगोलिक या अरु नै हिसाबले किन नहोस हाम्रो टिम बढी समावेशी छ र यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ। उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ। 

यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्यान, नयाँ नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न पनि यो टिम सक्षम र सशक्त छ। हाम्रो मान्यता पनि के हो भने महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो। जस्तो हेरौँ न हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेवलमा व्यवसाय गरेकाहरुको प्रतिनिधित्व छ। जस्तो कि राज्यले दिने सिआइपी सम्मान पाउने नै हामी चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौँ। यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो।       

अन्त्यमा, चुनावी तयारी सकिएको अवस्था छ। तपाईंहरु निर्वाचनको संघारमा हुनुहुन्छ। निर्वाचनमा सहभागी आम उद्योगी व्यवसायी मतदाताहरुलाई तपाईंको सन्देश के छ?
देशैभरीका उद्योगी, व्यवसायीले महासंघका काम कारवाहीलाई प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आवाज उठाइरहनुभएको छ। नयाँ नेतृत्वले निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेको छ। वहाँहरुको अपेक्षा र हाम्रा उद्देश्य साझा छन्। हाम्रा सम्पूर्ण उद्योगी व्यवसायी मतदाता साथीहरुलाई के भन्न चाहन्छु भने नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको भविष्य निर्धारण गर्नेछ। म मेरा सहकर्मी, सहृदयी सबै उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्