• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

महासंघलाई एउटै व्यक्तिको पञ्जाबाट मुक्त गर्न चुनावमा आएको हुँ : किशोरकुमार प्रधान [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०७७  १७:०९
1140x725

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ। नयाँ नेतृत्व चयन हुने भएकाले यो साधारणसभाले व्यवसायीलाई तताएको छ। महासंघका दुई उपाध्यक्षहरू किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दिएका छन्। दुवैले प्यानल नै बनाएर चुनावमा होमिएका कारण व्यवसायीहरू दुई ध्रुवमा बाँडिएका छन्। 

यही साधारणसभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सर्वसम्मतरूपमा अध्यक्ष हुँदैछन्। गोल्छाको समूहले प्रधानलाई समर्थन गरेको छ। नेपाल लाइभले वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानसँग गरेको संवादको सम्पादित अंश:-

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा तपाईंले दोस्रोपटक वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन?
वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी दिनुका धेरै कारण छन्। एउटा कारण मैले २८ वर्ष महासंघ गरेको योगदान पनि हो। मैले दुईपटकसम्म जिल्ला-नगर उपाध्यक्ष भएर गरेको काम र सेवा नै सबैभन्दा ठूलो विषय हो। 

योसँगै सात पटकसम्म महासंघ अन्तर्गतका विभिन्न समितिमा सभापति भएर गरेको सेवा पनि हो। यति मात्रै नभई, तत्कालीन पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको अध्यक्ष र उद्योग संगठन मोरङको अध्यक्ष भएर गरेको सेवा तथा अनुभव प्रयोग गर्दै आगामी दिनमा महासंघको नेतृत्व तहमा बसेर व्यवसायीको सारथी बन्ने प्रयत्न हो। 

 

 

म अब एसोसिएट, वस्तुगत र जिल्ला-नगरमा प्राप्त गरेका अहिलेसम्मका अनुभव साथीहरूबीच सेयर गर्नु चाहन्छु। महासंघको नेतृत्व लिएर मेरा सबै अनुभव सबै समक्ष सेयर गर्ने मेरो चाहना हो। मसँग जति अनुभव छन्, ती सबै व्यावसायिक क्षेत्रलाई कसरी अगाडि बढाउनेदेखि अन्तर्राष्ट्रिय सबन्ध विस्तारसम्म लागू गर्ने प्रतिबद्धताका साथ महासंघको वरिष्ठ उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेको हुँ।

Ncell 2
Ncell 2
nimb
nimb

यीबाहेक पनि देशभित्रै रहेका स–सना व्यवसायीदेखि ठूला घरानाका व्यावसायीका सनादेखि ठूला समस्या समाधान गर्नमा मेरो पहल हुनेछ। ठूला-ठूला समस्या समाधानका लागि सरकारसँग कसरी पहल गर्न सकिन्छ र मझौला उद्योगी व्यवसायीका सम्पूर्ण विषय कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेमा मेरो पूर्ण ध्यान केन्द्रित हुन्छ।

मसँग केही एजेन्डा पनि छन्। महासंघका सबै साथीको उन्नतिका लागि बनाइएका बुँदा कार्यान्वयन गर्न सरकार समक्ष सहकार्य हुन्छ। तर गलत नीतिका लागि प्रतिपक्षको भूमिका निर्वाह गरेर भएपनि सकारात्मक परिमाण दिलाउन पनि मेरो उम्मेदवारीको दोस्रो कारण हो। 

विशेषगरी, अहिले साना र मझौला उद्योगी व्यवसायीलाई कसरी अगाडि बढाउन सकिन्छ र उनीहरूलाई ठूला व्यवसायी बनाउन सकारात्मक भूमिका खेल्ने उद्देश्य लिएर मैले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ।

अर्को विषय भनेको साधरणसभाबाट स्वतः अध्यक्ष भएर आउनुहुने अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको कार्यकाल सफलताका साथ सम्पन्न गर्ने पनि हो। योसँगै उहाँले लिनुभएका नीति कार्यान्वयनमा लैजान अन्तर्राष्ट्रिय क्षेत्रदेखि नेपाल सरकारसहित, महासंघका जिल्लानगर, एसोसिएट र वस्तुगत क्षेत्रका साथीहरूको सहकार्यका लागि मेरो उम्मेदवारी हो। यसैगरी, राज्य लिएका नीति कार्यान्वयनमा सहकार्य गर्दै अध्यक्षज्यूको कार्यकाल सफलताका साथ सम्पन्न गर्ने नै मेरो लक्ष्य हो। योसँगै महासंघको छविमा देखिएका समस्या सुधार गर्दै महासंघको छवि उच्च गर्न मैले गोल्छासँग सहकार्य गर्न लागेको हुँ।

Xtrem

Xtrem

मेरो उम्मेदवारीले एउटा कुरा के स्थापित गर्न सक्छ भने, साना तथा मझौला व्यवसायी नेतृत्वमा पुग्ने सक्छ भन्ने देखाउन सहयोग गर्छ। ठूला व्यवसायीसँगै साना तथा मझौला व्यवसायीको समेत साथ लिएर मैले उम्मेदवारी दिएको छु।

उम्मेदवारीका दिन मलाई सम्रग देशभरका ठूला तथा साना र मझौला, एसोसिएट, वस्तुगत र जिल्ला-नगरका साथीहरूको दबाब थियो। उनीहरूले मलाई ’तपाईंले नेतृत्व लिनुपर्छ, तपाईंको आवश्यकता महासंघमा छ’ भनेपछि मैले उहाँहरूकै आवाज प्रतिनिधित्व गर्ने गरी उम्मेदवारी दिएको हो।

आज जिल्लाहरूले मलाई किन पूर्ण समर्थन गरेका छन? जिल्लानगर, वस्तुगत र एसोसिएटका साथीहरूले किन समर्थन गर्ने अवस्था आएको छ? यसको एउटै कारण हो, हामीले उठाएको समस्या व्यवसायीका पक्षमा छन् भन्ने हो। उदाहरणका लागि बैंकको ब्यजादर र करलगायतका विषयलाई लिन सकिन्छ। बैकिङ क्षेत्रका समस्यामा जुन ब्याजदरको कुरा छ, यसका लागि हामीले सधै सरकारसँग सहकार्य गरिरहकेका छौं र लडिरहेका पनि छौं।

यहाँ अहिले नेपालकै ठूलो बैंकको अध्यक्षले मसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। के उहाँ आएपछि हाम्रो समस्याको समाधान हुन्छ? उहाँले व्यक्तिगत समस्या  त समाधान गर्नुहोला। यो विषयमा पूर्व मेचीदेखि पश्चिम माहाकालीसम्मका सबै जिल्लानगर, वस्तुगत र एसोसिएटका साथीहरूले बुझ्नु भएको छ। त्यस कारण मेरो अनिवार्यता कसको लागि हो भन्दै गर्दा,  सबै व्यवसायीका लागि हो। कुनै एक व्यक्ति र संस्थाका लागि मात्र कदापि होइन, हुँदैन।

मैले आजसम्म बटुलेका अनुभव, मेरो काम गर्ने तरिकाको मूल्यांकन गर्ने जुन तरिका छ, त्यो नै साथीहरूका लागि आधार बनेको छ। उदाहरणका लागि करकै विषयबाट सुरु गर्दा हुन्छ। कुनै एक साना व्यवसायीको करको समस्या, मालसामान पक्रने समस्या, भन्सारको समस्यालाई मेरो प्रतिस्पर्धीले हल गर्न सक्नुहुन्छ? उहाँसँग यो काम गर्नका लागि आवश्यक समय छ त? अवश्य छैन उहाँसँग। 

एक हिसाबले भन्नुपर्दा अब हाम्रो अध्यक्ष गोल्छा हुनुहुन्छ। उहाँलाई मैले सहयोगको भूमिका निर्वाह गर्दैगर्दा जति खट्न सक्छु, त्यति मेरा प्रतिस्पर्धी खट्न सक्नुहुन्छ? उहाँसँग त्यति समय छ? त्यसका लागि समय निकाल्न सक्नुहुन्छ? उहाँ त अर्को यति ठूलो व्यवासायी हुनुहुन्छ, उहाँले त समय नै निकाल्न सक्नुहुन्न? आज उहाँलाई भोट लिनु परेको छ भनेर सबैलाई खुसी पार्न कसैलाई चन्दा, कसैलाई भ्रमणजस्ता विभिन्न प्रलोभन दिनुभएको छ। लोभ देखाएर जुन कार्यक्रम गर्दै हुनुहुन्छ, त्यो कार्यक्रमले के प्रतिफल दिन्छ?

उहाँ एकछिनका लागि निर्वाचित हुनुभयो भनेर सोचेर हरौं त। उहाँले कसैका लागि समय दिन सक्नुहुन्न। यो मेरो ठोकुवा हो। महासंघलाई समय दिन नसक्ने, अध्यक्षलाई सघाउन नसक्ने व्यक्तिबाट हामीले कसरी आशा गर्न सक्छौं? उहाँले साना, मझौला तथा ठूला व्यवसायीको पिरमर्का बुझ्न सक्नुहुन्छ? व्यवसायीकै समस्यारपिरमर्का बुझ्न र उनीहरुको सेवाका लागि नै मेरो उम्मेदवारी हो। साथै यो उम्मेदवारी व्यवसायीहरूको हितका लागि हो।

शेखर गोल्छाको कार्यकाल सफलताका लागि आफ्नो उम्मेदवारी भनेर भन्नु भएको छ। यसअघि त तपाईं उहाँसँगै प्रतिस्पर्धामा हुनुहुन्थ्यो। कसरी उहाँका कार्यकाल सफलताका लागि उहाँकै टिमबाट उम्मेदवारी दिने ठाउँसम्म आइपुग्नु भयो?
महासंघको सबैभन्दा राम्रो पक्ष चुनावी कार्यक्रम मंसिर १३ गते बेलुकासम्ममा सम्पन्न हुन्छ। त्यसबेलासम्म हामी जे–जसरी निर्वाचनमा लागेपनि त्यसपछि फेरि हामी सबै एकजुट हुन्छौं। हामी निर्वाचन अगाडिका सबै कुरा भुल्छौं। सबै मिलेर नै अगाडि बढ्छौं। 

यसअघि म आफ्नै एजेन्डा लिएर लडेको थिएँ। गोल्छाले पनि आफ्नै एजेन्डा लिएर चुनावी मैदानमा आउनुभएको थियो। मेरो एजेन्डाभन्दा गोल्छाका एजेन्डालाई साथीहरूले बढी प्राथकिमता दिनुभयो। उहाँले जित्नुभयो। मैले उहाँको विजयलाई स्वीकार गरेँ। त्यही दिनदेखि नै मैले उहाँको सम्मान गरेँ। उहाँको काम गर्ने बानी देखेर आफै वरिष्ठ उपाध्यक्ष भएको अनुभुति गर्दै अहिले सहयोग गर्ने अठोट गरेँ। 

अर्को कुरा अध्यक्ष भवानी राणाका सबै क्रियाकलापमा मैले सहयोग गरेँ। भवानीजीका सबै निर्देशन पालना गरेँ। उहाँकै निर्देशन पालना गरेर महासंघमा आएपछि महासंघको छवि उच्च गर्ने प्रयास गरेँ। मेरो सहयोगको कदर गर्दै अध्यक्षलाई प्रधानबाट कति सहयोग हुँदो रहेछ भनेर बुझ्नुभयो। यसैकारण भावी अध्यक्ष गोल्छाले मलाई टिममा लिनुभएको हो। 

हेर्नुस् मान्छेमा दुई चिज हुन्छ। म कहिले पनि मान्छेलाई पैसाबाट प्रभावित गर्न सक्दिनँ। मसँग पैसा पनि छैन। मैले प्रभावित गर्ने भनेको मेरो कर्तव्य, काम र इमानदारीबाट हो। मान्छेलाई जति काम र इमानदारीताबाट प्रभावित पार्न सकिन्छ, त्यसलाई पैसाले पार्न सकिँदैन। करोडौं रुपैयाँ खर्च गरेर पनि मेरो इमानदारिता कसैले पनि किन्न सक्दैन। आज धरैले तपाईंले त सक्नुहुन्न, तपाईंको प्रतिस्पर्धीले तपाईंलाई पैसाले किन्न सक्छन्, तपाईंले छोडेकै राम्रो होला भनेर सुझाव पनि दिएका छन्। तर, मैले उनीहरूलाई भनेको छु, सबै चिज छ, प्रधान पैसामा बिक्दैन। त्यो विषयमा तपाईंहरू ढुक्क हुनहोस्। किशोर प्रधानलाई अर्बौं रुपैयाँ दिएर पनि किन्न सकिँदैन। मेरो काममा सबैले मूल्यांकन गरिरहेका छन्। प्रेमले मेरो गर्धन माग्छ भने दिन सक्छु तर, पैसामा बिक्नेवाला छैन। 

५४औं साधारणसभाबाट आउने नेतृत्व नै महासंघ सुदृढीकरणको सुरुवात भनेर बजारमा हल्ला फैलाइएको छ। अब आउने नेतृत्वलाई महासंघ सुदृढीकरण टिम भन्न खोजिएको छ, किन? अहिलेसम्मम महासंघमा अराजकता थियो र?
यसको अर्थ महासंघमा अराजकता छ भन्ने होइन। केही विषयमा अराजकता अवश्य पनि थियो, र छ पनि। महासंघमा विगतका वर्षहरूमा केही अनैतिक गतिविधि भएका छन्। एउटा व्यक्तिले महासंघलाई सञ्चालन गर्ने प्रक्रिया सुरु भयो। केही वर्ष अघिदेखि यो घटनाक्रम विकास हुँदै आएको छ। सोही कारण महासंघको छवि अन्तर्राष्ट्रियदेखि राष्ट्रिय क्षेत्रमा धमिलो बन्दै गएको छ।

विस्तारै छवि बिग्रने क्रम बढेपछि यसलाई सुधार गर्नुपर्छ भनेर भन्नेहरूको आवाज बढेको सत्य हो। सोही कारण यसलाई महासंघ सुदृढीकरण अभियान पनि भन्ने गरेका छौं। सबै व्यवसायी साथीहरूले पनि यही भनिरहेका छन्। 

सुदृढीकरण गर्नु पर्ने विषयलाई बुँदागत रूपमा भन्नुपर्दा के-के छन् त?
बुँदागत रूपमा भन्नुपर्दा उद्योगी व्यवसायीहरूको सम्मान र हकहितको रक्षा गर्ने प्रण नै हाम्रो पहिलो सुदृढीकरणको अभियान हो। उद्योगीरव्यवसायी र लगानीकर्ताको घट्दो मनोबल उठाउने हाम्रो अभियान हो। संगठन सुदृढीकरण यसमा पर्छ।

हामीले सोच्नुपर्ने विषय भनेको हामी एउटै प्रवृत्तिमा रहेर व्यवसाय गरिरहेका व्यवसायी किन अलगअलग हुनु परो? अहिले छुट्टिएर फरकफरक संस्था भएकासँग कसरी सहकार्य गर्ने भन्ने पनि हाम्रो अभियान हो। एउटै घरका दाजुभाई छुट्टिएर अलगअलग हुनु त राम्रो होइन। हामी सबैको एजेन्डा त एउटै छ। 

हामी सबै कसरी मिलेर जाने भन्ने नै हाम्रो अर्को एजेन्डा हो। हामी सबैको साझा एजेन्डा व्यवसायिक विषय नै हो। हामी किन छुटिएर जाने? मैले सबैसँगै के अनुरोध गरेको छु भने हामी एजेन्डागत रूपमा सरकारका जाँदा मिलेर जाऔं। सरकारसँग हाम्रै एजेन्डालाई एक जुट भएर राखौं र सहकार्य गरेर एजेन्डा पूरा गरेर आऔं। अर्कों कुरा हाम्रो सचिवालयको सुदृढीकरण गर्नुपर्ने अवस्था छ। यो ३ वर्षमा नै ३ वटा महानिर्देशक परिर्वतन भएको छन्। महासंघको छविमा देखिएका समस्या सुधार गर्दै महासंघको छवि उच्च गर्न मैले गोल्छासँग सहकार्य गर्न लागेको हुँ। 

यसको अर्थ पनि व्यक्तिको पराकाष्ठाका कारण हाम्रो सचिवालय चल्न सकेन। यसलाई पनि सुदृढीकरण गर्नुपर्ने अवस्था छ। संस्थाको सुदृढीकरणका लागि पनि हामी पहल गछौं र महासंघको शिर उच्च पार्ने काम हामी अवश्य गर्नेछौं। यो सँगै महासंघको आर्थिक उन्नतिमा हाम्रो विशेष ध्यान हुनेछ। उदाहरणका लागि हामीले प्रदेशको हकमा बजेट बढाउने सकेका छैनौं। यो पनि गर्न आवश्यक छ।

जिल्ला नगरको विकासमा पनि महासंघको आर्थिक उन्नति आवश्यक छ। निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा हामी जोड दिन्छौं। कृषिको व्यवसायीकरणका लागि पनि म आफैले सरकारसँग सहकार्य गर्न योजना अगाडि सार्ने तयारीमा छु। यसैगरी, साना तथा मझौता उद्यमीको विकासका लागि विशेष कार्यक्रम घोषणा गर्नेछौं। श्रमिकको व्यवस्थापनमा विशेष पहल गर्छौं। श्रमिकको सुरक्षा कोष खडा गर्न सहयोगीको भूमिका निर्वाह गर्छौं। योसँगै निजी क्षेत्रको विकासको लागि अनुसन्धान केन्द्र स्थापना गछौं। यो एउटा हाम्रो नयाँ एजेन्डा हो। यसलाई भावी अध्यक्ष गोल्छाबाट सुरु गरेर मेरो अर्को कार्याकालसम्ममा पूरा गर्नेछौं। 

व्यवसायीमा सरकारप्रतिको धारणमा कोठाबाहिर र भित्र फरकफरक देखिएको छ। यसलाई अब आउने नेतृत्वले भित्र र बाहिर एउटै धारणा बनाउन सक्छ?
सरकारले ल्याउने कार्यक्रममा जुन व्यवसायीको हितमा छैन भने हामी त्यसमा पूर्ण प्रतिपक्षको भूमिकामा खडा भएर सहीलाई सही र गलतलाई गलत भनेर निर्क्यौल गरेर कसरी उपयुक्त बनाउने भन्ने विषयमा जोडदार तवरबाट आवाज उठाउने छौं। यो विगतका वर्षहरूका देखिएको छैन। यसकारण बाहिर समर्थन गर्ने र भित्रभित्रै विरोध गर्ने काम भइरहेको छ। 

यो किन भयो त भन्दा उनीहरूलाई साना तथा मझौता व्यवसायीको समस्या थाहा थिएन। व्यवसायीको दुःख थाहा नै नपाई सरकारसँग सरासर हस्ताक्षर गर्ने परम्परा छ। खुरुखुरु हस्ताक्षर गर्ने र सरकारलाई सहयोग गर्ने प्रवृत्ति हावी भएको सत्य हो। हस्ताक्षर गरेर आएपछि जिल्ला, वस्तुगत र एसोसिएटका साथीहरूले विरोध गरेपछि उहाँहरू विचलित हुनु भएको हो। आगामी नेतृत्वबाट यस्तो काम हुँदैन। जे हुन्छ, सानादेखि ठूला सबै व्यवसायीको हितमा हुने गरी सहकार्यमा काम हुन्छ। हामी गल्ती गरी पछि पछुतो मान्ने गरी काम गर्ने छैनौं। गलत भएको ठाउँमा प्रतिपक्ष भएर सुधारका लागि पहल गर्छौं। त्यही कुरा सामान धारणका रूपमा बाहिर ल्याउँछौं। जे गर्छौं सबैको हितमा गर्छौं। एकपल्ट गरेको गल्ती १० पटक सुधार गर्ने गरी काम गर्दैनौं। एकै पटकमा नै निचोड निकाल्छौं। 

महासंघको नेतृत्व चयन प्रक्रियामा जहिल्यै एक व्यक्तिको भूमिका बढी हुने र उसले नै महासंघलाई गोटीका रूपमा खेलाउने गरेको आरोप लाग्ने गरेको छ। के अब पनि यो क्रमले निरन्तरता पाउँछ? कि यसपटकबाट भंग हुन्छ?
यो अति नै ठूलो प्रश्न हो। आज आम व्यवसायीले महासंघलाई एउटै व्यक्तिको पञ्जाबाट मुक्त गर्ने बाटो खोजिरहेका छन्। अवश्य पनि, यो पटकको नेतृत्व चयनबाट महासंघ एउटै व्यक्तिको गोटी बन्ने प्रवृत्ति भंग हुन्छ। यही परिर्वतनका लागि हाम्रो टिम हो। हाम्रो परिर्वतनको रूपरेखा भनेको नै भावी अध्यक्ष शेखर गोल्छाले ल्याएको योजना हो। उहाँले प्रष्ट रूपमा भनिसक्नु भएको छ।

हामी कसैको रबरस्टाम्प भएर महासंघको नेतृत्वमा बस्दैनौं। जब हाम्रो अध्यक्ष सशक्त र सबल भएपछि त्यो अध्यक्षलाई पूर्ण रूपमा समर्थन गरेर उहाँको सशक्तता झन् बलियो बनाउन हामी सबैको प्रयास हुन्छ। हामी त्यही प्रयासका लागि काम गर्छौं। अहिलेसम्म पनि महासंघमा कसैको रबरस्टाम्प भएर काम गर्नुपर्ने अवस्था छ भने आभास थियो। जनता तथा व्यवासायीलाई के आभास थियो भने ’विगतका अध्यक्षहरू रबरस्टाम्प हुन् कि?’ भन्ने थियो। अब त्यो आभास हुन दिँदैनौं। हाम्रा अध्यक्षहरू कसैको पनि रबरस्टाम्प थिएनन् होला। तर, आम जनताका नजरमा अवश्य पनि थिए। त्यो आभास पनि दूर गर्छु भनेर हाम्रो भावी अध्यक्ष गोल्छाले भनिसक्नुभएको छ।

त्यस्तो सकारात्मक विषयलाई पूर्ण रूपमा म वरिष्ठ उपाध्यक्ष भएर सहयोग गर्छु। हाम्रो सम्पूर्ण टिमले नै गर्नेछ। हामी उहाँको त्यो भनाइलाई पूर्णता दिन पूर्ण रूपमा लाग्नेछौं। 

महासंघको विधान संशोधनका विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ। के साँच्चै महासंघको विधानमा समस्या छ? कि आफ्नो स्वार्थ पूरा गर्न मात्र विधान संशोधनको विषय आउने गरेको हो?
हाम्रो भावी अध्यक्ष शेखर गोल्छाज्यूले जिम्मेवारी लिइसकेपछि उहाँले गर्नु भएको प्रतिबद्धताअनुसार ३ महिनाभित्र विधान संशोधनको विषय समाधान हुन्छ। संशोधनमा जिल्ला-नगर, वस्तुगत तथा एसोसिएटले जे चाहेको छ त्यसअनुसार नै परिर्वतन हुन्छ। चाहे प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयनको विषय किन नहोस्, सबै व्यवसायीकै साझा समर्थनमा हुन्छ। कुनै एक व्यक्तिको स्वार्थको पछाडि लागेर विधान संशोधनको काम उहाँले नगर्ने प्रतिबद्धता गर्नुभएको छ। यसमा हामी सबैको सहयोग अध्यक्षलाई हुन्छ। विगतमा विधान संशोधन गर्दा व्यक्ति लक्षित भएको भनेर हामीमाथि चार्ज छ। त्यो चार्ज चाँहि अब हुन दिँदैनौं। विगतमा गल्ती त भयो होला। गल्ती सबैबाट भएको हो। 

मान्छेलाई जति काम र इमानदारीताबाट प्रभावित पार्न सकिन्छ, त्यसलाई पैसाले पार्न सकिँदैन। करोडौं रुपैयाँ खर्च गरेर पनि मेरो इमानदारिता कसैले पनि किन्न सक्दैन। प्रेमले मेरो गर्धन माग्छ भने दिन सक्छु तर, पैसामा बिक्नेवाला छैन।

यसका जिम्मेवार म पनि छु होला। अहिले म त चोखो छु भनेर कसैले पनि भन्न मिल्दैन र सक्दैन पनि। तर, कुरा के हो भने हामीले गल्ती गरेको कुरा सुधार गर्ने अवसर अध्यक्षज्यूले दिनु हुन्छ। सुधार गर्ने प्रक्रिया उहाँले नै अपनाउने हुनेछ। उहाँले उद्योग वाणिज्य महासंघको हितमा हुने गरी योग्य व्यक्तिको संयोजनमा विधान संशोधनको विषय टुंगो लगाउनु हुनेछ। यसमा हामी सबैको सहयोग हुनेछ। कुनै एक व्यक्तिको हितमाभन्दा सम्रग व्यवसायीको हितमा रहेर विधान संशोधनको काम टुंगो लगाउँछौं। 

महासंघलाई पारदर्शी बनाउन अबको नेतृत्वको भूमिका कस्तो हुन्छ?
हामीले विगतका तिता अनुभवलाई लिएर राम्रो बनाउने प्रयास गर्ने हो। भावी अध्यक्ष गोल्छाज्यूले प्रष्टरूपमा भनिसक्नु भएको छ। प्रत्येक ३÷३ महिनामा महासंघको वेबसाइटमा आर्थिक गतिविधि सार्वजनिक गर्छौं, ताकि महासंघका गतिविधि सबैले हेर्न पाउन्। आज जनताले पनि हामी कहाँनिर गलत छौं, कहाँ सुधारको आवश्यक छ, कहाँ भ्रष्टाचार हुने सम्भावना छ, कहाँ छैन, कहाँ भइरहेको छ, ती सबै विषयको पारदर्शितालाई नै ३÷३ महिनामा हिसाबकिताब सार्वजनिक गर्छु भन्नु भएको हो। 

उहाँको यो प्रयासलाई हामी सबै पदाधिकारीले पूर्णरूपमा समर्थन गरेर अगाडि बढने वाचा गरेका छौं। यो नै पारदर्शिताको सुरुवात हो। भावी अध्यक्षको ३ वर्षे कार्यकाल र मेरो ६ वर्षको कार्यकालमा कुनै पनि दाग लगाउने ठाउँ दिँदैनौं।

अघिल्लो पटकको निर्वाचनमा किशोर प्रधान अर्थात् तपाईं एक्लो बृहस्पतिका रूपमा महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छासँगै प्रतिस्पर्धामा हुनुहुन्थ्यो। तर, अहिले त तपाईंको प्रतिस्पर्धी नै सारथीका रूपमा आएका छन्। वरिष्ठ उपाध्यक्षमा विजयी हुने संभावना कति देख्नुभएको छ?
मलाई व्यवसायीले अहिले वास्तविक रूपमा मूल्यांकन गरिरहेका छन्। अबका दिनमा पनि गर्ने आशाभरोसामा छु। मेरो मनोबल उच्च भएको छ। विगतका दिनमा मेरा पनि केही कमजोरी थिए होला। तर, एउटा कुरा के सत्य सावित भएको छ भने बृहस्पति कहिलै पनि झुठो हुँदैन भन्ने कुरा प्रमाणित भएको छ। अहिले मलाई एसोसिएटबाट पनि प्रशस्त सहयोग आउने निश्चित छ। 

गोल्छाजीको टिमबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती हुनुहुन्छ। यसैगरी हाम्रै टीमबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्लानगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ हुनुहुन्छ।  यसरी सबै अनुभवी व्यक्तित्व र खारिएका व्यक्तिहरू हामीसँग हुनु हुन्छ। उहाँहरूको सहयोग पाउनु भनेको २८ वर्षको मेरो उद्योग वाणिज्य महासंघमा विभिन्न समयमा विभिन्न ठाउँमा बसेर राम्रो काम गरेको रहेछु भन्ने प्रमाण पनि हो।

म विश्वास दिलाउन चाहन्छु, उहाँहरूले दिएको सम्मानको प्रतिफल मबाट पनि समानकै रूपमा पाउनु हुनेछ। म पनि इमानदारिताका साथ सबै व्यवसायीको सहयोगमा रहने छु। 

तपाईंको पक्षमा कस्तो माहोल देख्नु भयो त?
मेरो माहोल दिनहुँ बढिरहेकै छ। जिल्लाले पनि दुई वटा कुरा चाहेको छ। एउटा एसोसिएटकै व्यवसायी अध्यक्ष हुँदै हुनुहुन्छ। फेरि आज मेरो प्रतिस्पर्धी पनि एसोसिएटकै हुनुहुन्छ। ५० प्रतिशत मतभार रहेको जिल्लालाई अवहेलना भयो कि भएन? दुई वटै पद एसोसिएटले पाउनु न्यायपूर्ण हुँदैन भनेर मलाई जिल्लाका साथीहरूले पूर्ण रूपमा समर्थन गर्छु भनेका छन्। केही दिन अगाडिसम्म ५८ प्रतिशत भोट ल्याएर चुनाव जित्ने आँकलन गरेको थिएँ। तर, यो त परिर्वतन भइसकेको रहेछ। जिल्ला, वस्तुगत र एसोसिएटका साथिहरूको माया बढेको देख्दा त अब ७५ प्रतिशत भोट ल्याएर वरिष्ठ उपाध्यक्षमा निर्वाचन जित्छु भन्ने आधार तय भएको छ।

व्यवसायीहरूले तपाईंलाई नै किन भोट दिने?
मैले व्यवसायीलाई गरेको सेवा नै मैले भोट माग्ने र पाउने अधिकार छ। जस्तै एउटा बाबुले छोरा जन्माएदेखि हुर्काउने, पढाउने र सक्षम व्यक्ति बनाउने दायित्व लिन्छ र पूरा पनि गर्छ। त्यसपछि बाबुले के चाहन्छ त? सामान्य त बाबुले केही पनि चाहँदैन।

बाबुले आफ्नो सन्तानसाग पैसा पनि चाहँदैन। उसले मात्रा चाहन्छ, समान। मैले पनि त्यही समान खोजेको हो। जब म यो अन्तिम पटकको लडाईं लडिरहेको छु। मैले महासंघलाई गरेको योगदानको कदर गर्दै व्यवसायी वर्गबाट सम्मान पाउने आशा गरेको छु। म सम्मानका लागि साथीहरूसँग विनम्रताका साथ निवेदन गदर्छु कि, मैले तपाईंहरूलाई गरेको सेवाको सम्मान अहिले दिनुहुन्न भने तपाईंहरूले पनि गरेको सेवाको कहिलै पनि सम्मान पाउनु हुन्न।

तपाईंले सम्मान पाउनु पर्छ, सम्मानको हकदार र अधिकार तपाईसँग पनि छ, भने मलाई पनि सम्मान दिनुस्। मैले गरेको सेवाको सम्मानका लागि म अन्तिम पटक लडिरहेको छु। मलाई अरू केही पनि चाहिँदैन। मलाई साथीहरुको प्रेम चाहिएको छ। सम्पत्ति हैन। म प्रेमको भोको छु। कुनै पनि साथिहरूले भोट दिने बेलामा दिलबाट दिनुहोस्, आत्मामा तपाईंहरूलाई मैले सेवा गरेको फिलिङ हुन्छ भने भोट दिनुहोस्। मैलै गरेको सेवाका आधारमा सम्मानको आधिकारी छु कि छैन भनेर लडिरहेको छ। छु भने तपाईंहरूको सम्मान अवश्य पनि मैले पाउनेछु।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्