• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाविरुद्ध फाइजरको भ्याक्सिन भण्डारण गर्न चाहिन्छ 'अल्ट्रा कोल्डचेन', नेपालमा छैन संरचना

कल्पना पौडेल मंगलबार, कात्तिक २५, २०७७  २१:२७
1140x725

काठमाडौं– विश्व नै यतिबेला कोरोना भाइरस विरुद्धको खोपको तीव्र प्रतीक्षामा छ। अमेरिकास्थित फाइजर कम्पनीले बनाएको कोरोना विरुद्धको खोप थर्ड फेजमा ९० प्रतिशत प्रभावकारी भएको समाचार आएपछि अन्तर्राष्ट्रिय स्तरमै तरंग नै ल्याएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको खोप जिटुजी खरिद गर्ने र खोप खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ। 

विश्वका सबै देश कोरोना संक्रमणबाट आक्रान्त बनेको सन्दर्भमा सबै देश सकेसम्म छिटो खोप आफ्नो देश भित्र्याउन चाहन्छन्।

नेपालले कार्यदल नै बनाएर कोरोना विरुद्धका खोपहरुमध्ये कुन खोप उपयुक्त हुन्छ, कसरी खरिद गर्ने, हालको भौतिक संरचना (कोल्ड चेन) भण्डार गर्न मिल्छ कि मिल्दैन, आपतकालीन अवस्थामा कसरी खोप भित्र्याउन सकिन्छ, कति खोप चाहिन्छ र त्यसका लागि आर्थिक व्यवस्थापन कस्तो हुनुपर्छ लगायतका कुराहरु अध्ययन गरिरहेको छ।

सोमबार समाचारमा आएको खोपको कुरा गर्ने हो भने सो खोपको भण्डार माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा गर्नुुपर्ने उल्लेख छ। जसलाई ‘अल्ट्रा कोल्डचेन’ भनिन्छ। यो खालको कोल्ड चेन नेपालमा छैन। 

नेपालमा २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डार गर्न सक्ने क्षमताको मात्र कोल्ड स्टोरको भौतिक संरचना रहेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार नेपालमा हाल उपलब्ध भइरहेका खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डार गर्नुपर्ने खालका छन्।

त्यसैले अहिले कोरोना विरुद्ध क्लिनिकल ट्रायल भएका खोपमध्ये सोमबार भनिएको खोप मात्र प्रभावकारी भयो र सो खोप नेपाल ल्याउनुपर्ने भयो भने खोप भण्डारका लागि भौतिक संरचना (अल्ट्रा कोल्ड चेन) र जनशक्ति तयार गर्नुपर्ने चुनौती छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कोरोना विरुद्धको खोप नेपालले खरिद गर्दा कसरी प्रक्रिया अघि बढ्छ, कोरोना खोपको खरिदका लागि नेपालको तयारी कस्तो छ त? हामीले खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमलाई सोधेका छौँ। उनी कोरोना भाइरस विरुद्धको खोपबारे अध्ययन गरी सुझाव दिन बनेको कार्यदलको सदस्यसचिव समेत हुन्।

यस्तो छ उनले व्यक्त गरेको धारणा
सबैभन्दा पहिलो कुरा त कोभिड–१९ कुनै पनि खोप आइसकेको छैन। खोप क्लिनिकल ट्रायलको थर्ड फेजमा भएकाले कुनै पनि खोप फाइनल भएको छैन।

तर, हामीले सबैखालको पूर्वतयारी भने गरिरहेका छौँ। हामीले आर्थिक तयारी, आकस्मिक रुपमा खोप ल्याउँदा कानुनी अड्चन नहोस भनेर त्यसलाई फुकाउने तयारी पनि गरिरहेका छाँै। भोलि खोप आयो र ल्याउनुपर्दा कुनै पनि कानुनी वा आर्थिक अड्चन नहोस भनेर पनि तयारीमा लागिरहेका छौँ।

हाम्रो खोप ऐन छ। जसमा राष्ट्रिय खोप सल्लाहकार समिति छ। सो समितिले विश्व स्वास्थ्य संगठनबाट इमर्जेन्सी प्रयोगका लागि अथोराइज्ड भएका खोपहरुको बारेमा अध्ययन गरी कुन खोप नेपाललाई उपयुक्त छ भनेर सरकारलाई सिफारिस गर्छ।

अहिले विश्वमा कोरोना भाइरस विरुद्धका १० वटा खोप थर्ड फेजको क्लिनिकल ट्रायलमा छन्। त्यसमध्ये कतिपय खोपहरु सँगसँगैजसो डब्युएचओ पिक्यु वा इमर्जेन्सी प्रयोगका लागि तयार हुन सक्छन्। बजारमा आउन सक्छन्। तीमध्ये कुन नेपालको लागि यो कारणले उपयुक्त हो भनेर हाम्रो सल्लाहकार समितिले सिफारिस गर्छ।

सल्लाहकार समितिले सिफारिस गरिसकेपछि स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको राष्ट्रिय खोप समितिले त्यो खोप स्वीकृत गर्छ। मन्त्रालयले यो खोप प्रयोग गर्छौं भनेर निर्णय गरेपछि मात्र ल्याउने, कति खोप चाहिने हो, कहिलेकहिले ल्याउने भन्ने खरिद प्रक्रियामा हामी जान्छौँ।

हामी कोभ्याक्स फ्यासिलिटीमा सहभागी छौँ। कोभ्याक्स फ्यासिलिटी भनेको खोपका काम गर्ने संस्थाहरु जस्तो गाभी, डब्युएचओ लगायतका संस्थाहरु रहेको अलाइन्स हो। त्यो एलाइन्स कोरोना भाइरसका सन्दर्भमा बनेको हो।

कोभिडको भ्याक्सिन ल्याउने सन्दर्भमा कोभ्याक्सले डब्युएचओमा पिक्यु  प्राप्त वा इमर्जेन्सी प्रयोगका लागि प्रमाणित भएको खोप कोभ्याक्समा सहभागी भएका देशहरुलाई त्यो देशको कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी सहुलियत दरमा सरकारको केही र बाँकी रकम उनीहरुले दिएर खोप आउँछ।

२० प्रतिशतलाई खोप आउँदा पनि जोखिमको तह निर्धारण गरिएको आधारमा खोप दिइने छ।

२० प्रतिशतमा पनि पहिलो फेजमा ३ प्रतिशत खोप आउने हो। त्यो खोप फ्रन्ट लाइनर हेल्थवर्कर, सोसियल वर्करहरुलाई दिइने भनिएको छ।

त्यसरी पहिले सबैभन्दा बढी जोखिममा कोको छन् भन्ने आधारमा खोप दिइने छ भनिएको छ।

डब्ल्युएचओ पिक्यु भन्नाले खोप उत्पादक कम्पनीले आफूले उत्पादन गरेको खोप सुरक्षित, गुणस्तरीय र प्रभावकारी छ भनी दिएपछि डब्ल्युएचओको विज्ञ टिमले सबै अध्ययन गरी ठिक छ, यो खोप प्रयोग गर्न उपयुक्त छ भनी प्रमाणित भएको भन्ने बुझिन्छ। र, डब्ल्युएचओमा उक्त खोप सूचीकृत हुन्छ। डब्ल्युएचओको पिक्युको प्रक्रिया पूरा हुन करिब ८–९ महिना लाग्ने रहेछ।

कोभिडको सन्र्दभमा यो निकै लामो समय भएकाले डब्ल्युएचओ इमर्जेन्सी युस्ड अथराइन्ड भनेर अनुमति दिने व्यवस्था मिलाइएको छ। 

कोभ्याक्स फ्यासिलिटीले डब्ल्युएचओ पिक्यु वा डब्ल्युएचओ इमर्जेन्सी युज्ड अथराइज्ड लिस्टमा परेको भएको खोप सप्लाई गर्छ।

नेपालको खोप ऐनले पनि आपतकालमा खोप ल्याउँदा कि डब्ल्युएचओ पिक्यु भएको हुनुपर्छ। यदि यस्तो छैन भने जुन देशमा खोप उत्पादन भएको हो, त्यो देशको नियमनकारी निकायमा दर्ता भएको हुनुपर्छ। र, उक्त खोप  उत्पादन गर्ने देशका जनताले लगाएको हुनुपर्छ र नेपालको औषधि व्यवस्था विभागमा पनि दर्ता भएको हुनुपर्छ। यति भएपछि खोप नेपाल आउने प्रक्रिया सुरु हुन्छ।

कार्यदलले काम गरिरहेको छ

सरकारले कोरोना विरुद्धको खोप ल्याउने सन्दर्भमा कोरोना भाइरस विरुद्धको खोपको विकास र नेपालमा खोप ल्याउन तयारी बारेमा सुझाव दिन ५ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलले कुन खोपको विकासको अवस्था कस्तो छ भन्ने विश्लेषण गरिरहेको छ।

कुनै पनि खोपहरुको थर्ड फेज पार भएको छैन। ती खोप कति मात्रा दिनुपर्ने, कति पटक दिनुपर्ने कुनै पनि तथ्यांक नआएको हुँदा अहिले हामीले यही खोप नै उपयुक्त हो भनेर भन्न सक्ने अवस्था छैन।

यो १० वटा खोपमा पनि फरकफरक खोप र फरक कोल्ड चेन चाहिने खोपहरु बनिरहेको छ।

जस्तो सोमबार आएको खोपको प्रभावकारिताबारे आएको फाइजर कम्पनीको रिपोर्ट पनि प्रारम्भिक रिपोर्ट मात्र हो। 

क्लिनिकल ट्रायलको थर्ड फेजको प्रारम्भिक रिपोर्ट मात्र हो। यो कम्पनी अमेरिकको एफडिएमा दर्ता भएको पनि छैन। त्यो सबै प्रक्रिया हुन बाँकी नै छ। यो फाइनल रिपोर्ट होइन।

यो खोपको बारेमा कुरा गर्दा यो खोप माइनस ७० सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ। हाम्रो टेक्निकल टिमले यो कुरा पनि हेरिरहेको छ।

नेपालको सन्दर्भमा हेर्दा २ देखि ८ सेन्टिग्रेट तापक्रममा राख्न मिल्ने कोल्ड चेन छ। 

माइनस ७० सेन्टिग्रेटको त्यो खोप हो भने हामीसँग त्यो खालको अल्ट्रा कोल्ड चेन छैन। यदि त्यो खोप मात्र प्रभावकारी भयो अरु खोपहरु भएन भने हामीले सबै नयाँ सरचना तयार गर्नुपर्ने हुनसक्छ। त्यसपछि कोभ्याक्स फ्यासिलिटीले पनि सिफारिस गर्नुपर्ने हुन्छ। यो प्रक्रिया लामो हुनसक्छ।

कोभ्याक्स फ्यासिलिटीले लो इनकम र मिडिल इनकम भएका देशका लागि यो खोप उपयुक्त छ भनेर पनि भन्नुपर्ने हुन्छ।

कार्यदलले २ देखि ८ सेन्टिग्रेट तापक्रममा हुने खोप पनि ट्रायलमा भएकोले त्यसबारे देशको अवस्था, अहिले खोपबारे आएका सूचना र तथ्यांक पनि  अध्ययन गरिरहेका छौँ।

त्यसबाहेक हामी २ देखि ८ सेन्टिग्रेडमा हुने खोप आए भने अहिलेको संरचना थप गर्नुपर्ने भन्नेबारे पनि छलफल गरिरहेका छौँ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  २१:२७
  • #कोरोना
  • #कोरोना-भ्याक्सिन
  • #फाइजर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्