• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तिहारमा कोभिड प्रभाव : धनतेरस नजिकिँदै गर्दा सुन व्यापारीको छैन तयारी 

64x64
अरुण सापकोटा सोमबार, कात्तिक २४, २०७७  १०:५५
1140x725

काठमाडौं–तिहार नजिकिँदै गर्दा कोभिडका कारण यस वर्ष सुन व्यापारीको कुनै तयारी छैन। काग तिहारका दिन धनतेरसलाई लक्षित गर्दै सुन व्यापारीहरुले सुन तथा चाँदीका सामान बनाएर तयारी अवस्थामा रहन्थे। तर यस वर्ष कोभिडका कारण व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए। 

उनले भने, ‘तिहारको समयमा सुन चाँदीका सामान बनाउन नभ्याउने भएकाले केही समय अगाडिदेखि नै तयारी गरेर राख्ने चलन थियो। तर यस वर्ष अहिलेसम्म कुनै पनि तयारी छैन।’अवस्था असमान्य भएकाले बजारमा भइरहेकै सामानले पुग्ने व्यवसायीहरुको अनुमान छ। माहोल हेरेर बिक्ने जस्तो अवस्था देखिए सुन चाँदीका सामान बनाएर राखिने शाक्य बताउछन्।

अघिल्ला तिहारमा जति उत्साहजनक व्यापार हुन्थ्यो, यस वर्ष धेरै कम हुने व्यवसायीहरु बताउछन्। गएका वर्षमा एक–दुई साता अगाडिदेखि नै अर्डर आउने गरेकोमा यस वर्ष अहिलेसम्म अर्डर नआएको उनीहरु बताउछन्।  

कोभिडका साथै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भइरहेको वृद्धिले पनि व्यवसायी हच्किएका हुन्। अमेरिकामा चुनाव सकिएलगत्तै केही समय कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि लकडाउन हुन सक्ने विश्लेषणले गर्दा सुनको भाउ लगातार बढिरहेको छ। चुनाव अगाडि गिरावट देखिएको सुन पछिल्लो समय पुनः बढ्न थाले पछि यसको असर नेपाली बजारमा पनि परेको छ। पछिल्लो समय सुनको भाउ लगातार बढिरहेकोले अहिलेदेखि नै सुन किन्दा महंगो पर्ने तथा जोखिम बढी हुने भएकाले सामानको तयारी गर्न नसकिएको वरिष्ठ उपाध्यक्ष शाक्य बताउछन्। उनले भने  ‘अहिले किनेर राखियो तर सस्तो बेलामा किन्नु प¥यो भने गाह्रो हुन्छ।’

अहिलेसम्म बजारमा तिहारका लागि भने अर्डर आइसकेको छैन। यदि अर्डर धेरै आउन थाल्यो भने केही मात्रामा तयारी गर्ने सोचमा व्यवसायी पुगेका हुन्। गएका वर्षमा तिहारकै समयमा बनाउन गाह्रो पर्ने भएकाले केही समय अगाडिदेखि नै चलेका सामानहरु तयारी गरेर बस्ने गरेका थिए। अहिले पनि व्यवसायीहरु सँग पुराना स्टक सामान छन्। तिनै सामान बिक्री गर्ने उनीहरुको तयारी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सामान्य अवस्थामा तिहारको समयमा ४–५ सय किलोभन्दा धेरै सुनका सामान बिक्री हुनेगर्छन्। त्यस्तै दुई हजार किलोभन्दा धेरै चाँदीका सामान बिक्री हुने गरेको पाइन्छ। तर गत वर्ष सुनको भाउमा आएको वृद्धिका कारण त्यति धेरै कारोबार हुन सकेन। तिहारको समयमा सबैभन्दा धेरै धनतेरसका दिन कारोबार हुन्छ। यसका साथै कुकुर तिहार र लक्ष्मी पुजाका दिन पनि राम्रो कारोबार हुन्छ। 

कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ।  यस दिनलाई धन त्रयोदशी पनि भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरू आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन्।

धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ। यो दिन किनिएको वस्तु टिकाउ, लाभदायक र शुभ हुने धार्मिक मान्यता रहेकाले तिहार पर्वको पहिलो दिन आफ्नो गच्छेअनुसार सबैले केही न केही किन्ने परम्परा छ।

Xtrem
Xtrem

यसैगरी यसदिन सुन, चाँदी, गहना र भाँडा किन्दा परिवारमा आउने सबै नकारात्मक शक्तिहरु हटेर जाने र परिवारका प्रत्येक सदस्यका लागि लाभदायक हुने विश्वास गरिन्छ।  

व्यवसायीहरुले पनि ग्राहकको उत्साह अनुसार नयाँ डिजाइनका गरगहना तथा सामानहरु बनाएर राख्ने गर्छन्। चाँदीको सिक्का किन्दा घरमा लक्ष्मीको बास हुने विश्वासका कारण तिहारको समयमा चाँदीको सिक्का सबैभन्दा धेरै बिक्री हुन्छ। यसका लागि पनि व्यवसायीले पहिला देखिनै तयारी गरेर बसेका हुन्छन्। 

धनतेरस सबैभन्दा धेरै भारतमा मनाइन्छ। नेपालमा पपनि पछिल्लो समय यस पर्वलाई उल्लासका साथ मनाइन्छ। गएका वर्षमा नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्दा पुग्दैन थियो। त्यसैले गर्दा अवैधानिक रुपमा व्यवसायीहरुले किनेर सामान बनाउने गर्थे। तर यस वर्ष कोटाको सुन पनि बिक्री हुन सकिरहेको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्