• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

पूरक बजेटको संभावना कम छ : डा प्रकाश श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २३, २०७७  १९:५७
1140x725

कोभिड १९ संक्रमणका कारण देशको अर्थतन्त्रमा गम्भीर असर परेको छ। गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यस वर्षपनि देखिने निश्चित छ। कोभिडबाट असर परेको अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारका लागि चुनौतिपूर्ण छ। यस्तो अवस्थामा नयाँ अर्थमन्त्रीका चुनौतिहरु के के हुन्? के अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिन्छ? कस्तो आर्थिक वृद्धिको अपेक्षा गर्न सकिन्छ? यसै सन्दर्भमा केन्द्रित रहेर अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठसँग गरिएको कुराकानी:

अहिले कोभिड-१९ संक्रमणका कारण अर्थतन्त्रमा गम्भीर असर परेको छ। यस्तो परिस्थितिमा अर्थमन्त्रीका प्राथमिकताका विषयहरु के के हुन्? 
अहिले हामी कोभिड-१९ को प्रभावमा छौं। यसको संक्रमण अझै बढ्दैछ। कहिले सकिन्छ अझै निर्क्यौल भएको छैन। यो अवस्थामा अर्थमन्त्रीको रुपमा आउनुभएको छ। सर्वप्रथम त अहिलेको बजेट आइसकेको स्थिति छ। पहिलो त्रैमास बितेको छ। यो बजेटको कार्यान्वयन सँगसँगै मौद्रिक नीतिको कार्यान्वयनको सन्दर्भमा जोड दिने छ। किनभने हामीकोमा कार्यान्वयनको पाटो कमजोर रहने गरेको अनुभव छ। कार्यान्वयन नै पहिलो प्राथमिकता हो।

कोभिड-१९ को कोर्ष कसरी जान्छ, कहिलेसम्म जान्छ अझै निर्क्यौल भएको छैन। र अहिले लकडाउनको स्थिति छैन। असोजदेखि धेरै सहज भएको अवस्था छ। कोभिड-१९ ले पारेको प्रभावको सम्बन्धमा विभिन्न तप्काको लागि विभिन्न ढंगले प्रभाव पारेको स्थिति छ। फरकफरक ढंगले प्रभाव पारेको छ। धेरैथोरै सबैलाई प्रभाव पारेको छ। त्यो अवस्थामा अलि बढी प्रभावित वर्ग/तप्कालाई कसरी राहत दिने र अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने भन्ने सम्बन्धमा पनि अर्को फोकस हुनुपर्छ जस्तो लाग्छ।

पुँजीगत बजेट खर्च कम हुने गरेको छ त्यसलाई बढाउन सक्यौं भनेपनि एक किसिमले राहत पुग्ने देखिन्छ। किनभने सरकारको खर्च हुँदाबित्तिकै एउटा फन्ड अर्थतन्त्रमा प्रवाहित हुन्छ। त्यसले रोजगारी पनि सिर्जना गर्ने र धेरैजसो रोजगारी पाउँदा बितिकै मान्छेहरुलाई राहत पनि पाउने स्थिति हुन्छ। यिनै कुराहरुमा नै बढी जोड दिने हो।

हामी अहिले अर्कोपनि के प्रयास गरिरहेका छौं भने विभिन्न तप्काका व्यक्तित्वहरुसँग राय सुझावहरुपनि संकलन गर्ने, त्यसलाई विश्लेषण गर्ने र अरु तथ्याङ्कहरुलाई पनि नजिकबाट हेरिरहेका छौं। दैनिक रुपमै तथ्याङ्कलाई हेरिरहेका छौं। कसरी अर्थतन्त्र अगाडि बढिरहेको छ भनेर। त्यो आधारमा आउने दिनहरुमा थप निर्णयहरु लिनुपर्ने पनि हुनसक्छ। 

अघिल्लो वर्षको अन्तिम त्रैमास र यो वर्षको पहिलो त्रैमास कोभिडको बीचमा गुजार्‍यौं। यो बीचमा कतिपय सरोकारवालाहरुले योजना र बजेटलाई पुनर्तालिकीकरण गर्ने अथवा पुनर्मूल्याङ्कन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताउँदै आएका छन्। कोरोनाको परिस्थितिका कारण पनि नियमित बजेटका प्रक्रियालाई सुधार गर्नुपर्ने अवस्था आएको हो? 
चालु आर्थिक वर्षको बजेट जेठ १५ गते आएको थियो। त्यतिबेला पनि कोरोनाको अवस्था थियो। त्यसलाई धेरै हदसम्म आँकलन गरेको छ। बजेटमा मोटो हिसाबले हेर्दा पनि राहत पुनरुत्थानको लागि झण्डै २ सय ९१ अर्ब छुट्याएको स्थिति छ। त्यो मौद्रिक नीतिको पुनर्कर्जालाई समेत जोड्दा खेरी। अहिले पनि कति परसम्म कोभिड-१९ जान सक्छ भनेर भन्न सक्ने अवस्था छैन। अब फेरि नयाँ ढंगले जाँदाखेरि नयाँ चरणबाट सुरु गर्नुपर्‍यो।

त्यसका लागि अर्को लामो समय लाग्न सक्छ। अहिले जुन किसिमको सेटअप भइसकेको छ। त्यसलाई प्रभावकारी कार्यान्वयन गर्दा खेरी तुरुन्तै राहत पाउने अथवा तुरुन्तै पुनरुत्थान हुन सक्छ। जस्तै अहिलेको बजेटमा भएका कार्यक्रमहरु प्रधानमन्त्री रोजगार कार्यक्रममा झण्डै ११ अर्ब ६० करोड रुपैयाँ छ। त्यो कार्यान्वयन गर्‍यो भने धेरै राहत दिन्छ। हिजोको राहत कार्यक्रम स्थानीय तहलाई गर्न लगाएको स्थिति पनि छ। अरु सिपमुलक तालिमका कुराहरुपनि त्यहाँ छन्।

केही गरिबी परिचयपत्र तयार पारेर छिट्टै नै दिने भन्ने कुराहरु पनि छन्। त्यसले पनि हामीले सबैभन्दा विपन्न गरिब परिवार को रहेछ त भन्ने थाहा हुने थियो। त्यसबाट पनि हामीलाई टार्गेट गर्न सजिलो हुनेथियो। अहिले हामीले फेरी नयाँ ढंगबाट सोच्यौं भनेपनि विभिन्न तथ्याङ्कको अभावले गर्दाखेरी को चाहिं सबैभन्दा बढी प्रभावित हो त कोभिड १९ ले गर्दाखेरी भन्ने अझैपनि हामीलाई निक्र्यौल नहुन सक्छ। प्रभाव सबैलाई परेको छ तर त्यसको डिग्रि फरक छ।

Ncell 2
Ncell 2

सबैभन्दा तल्लो वर्ग, विपन्न वर्ग ज्यालादारीमा काम गर्ने वर्गलाई बढी गाह्रो छ। दैनिक जीविका चलाउन पनि गाह्रो भएको स्थिति छ। त्यसलाई नै तत्कालै राहत गर्नुपर्ने अवस्था हो। हामी फेरी नयाँ ढंगले गर्दाखेरी अर्को लामो समय लाग्न सक्छ। त्यसका पनि प्रक्रिया हुन्छन्। किनभने पुरक बजेटको कुराहरु पनि आउने गरेका छन्। त्यसलाई फेरी पुनः सम्पुर्ण प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ। त्यसकारण वित्त नीतिको स्वीकृति प्रक्रिया लामो छ। संसदमा गएर स्वीकृति गर्नुपर्ने प्रक्रियाहरु पनि छन्। त्यसले गर्दा तत्काललाई हामीले प्रभावकारी रुपमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने र थप के गर्नुपर्छ त्यसमा हामी विभिन्न चरणको छलफलहरु गरेर, विभिन्न सुझावहरु लिएर आवस्यक पर्‍यो भने थप कुराहरुपनि नआउलान भन्न सकिदैन्। कसरी जान्छ, कहिलेसम्म जान्छ भन्ने कुराहरुले नै र कति प्रभाव पार्छ भन्ने कुराले नै अवको कदमहरु निर्धारण गर्छ। 

त्यसो हो भने देशको अर्थतन्त्रलाई अहिले कसरी लिन सकिन्छ?
अहिले त कोभिड-१९ छ। विगतमा हेर्‍यौं भनेपनि हाम्रो अवस्था केही सकारात्मक केही नकारात्मक हुने गरेको पाइन्छ। विकासशिल देशको अर्थ व्यवस्था एकैचोटी सबैकुरा राम्रो हुन अलि गाह्रो हुने रहेछ। अहिले कोभिड-१९ को बाबजुद पनि केही सकारात्मक छन र केही नकारात्मक छन्। सकारात्मक रुपमा हेर्दाखेरी केही बाह्य क्षेत्रको सूचकहरु सकारात्मक छन्।

निर्यात बढेको आयात घटेको, व्यापार सन्तुलन बचतमा रहेको, सोधानान्तर बचत रहेको, विप्रेषण आप्रवाह घट्छ भनेका थियौं त्यो अनुसार नघटेर उल्टै चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ प्रतिशतले बढेको, विदेशी विनिमय सञ्चिति राम्रो रहेको ती सकारात्मक पक्षहरु छन्। त्यसभित्रका हाम्रो निर्यातको आधार साघुरो छ। कमजोर खालको छ। आयातमा चामल तरकारीको आयात हुने तर मेसिनरी गुड्सको आयात घटेको स्थिति छ त्यसले राम्रो संकेत गर्दैन। अर्को मूल्य स्थिति पनि नियन्त्रित अवस्थामा छ। 

बैंकिङ क्षेत्र हेर्दाखेरी पनि अहिलेसम्मको क्राइसिसलाई धानिरहेको स्थिति छ। तरलता पर्याप्त मात्रामा छ। ब्याजदर घटेको स्थिति छ। यी केही सकारात्मक पक्षहरु हुन। तर कोभिड-१९ ले गर्दाखेरी आर्थिक वृद्धिदरमा धक्का लागेको छ। हाम्रो आर्थिक वृद्धिदरमा जुन अपेक्षा गरेका थियौं, जुन गतिमा आइराखेका थियौं अघिल्लो तीन वर्ष हाम्रो आर्थिक वृद्धिदर अलिकति माथि थियो। अब अहिले गएको आर्थिक वर्षमा केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको तथ्याङ्क अनुसार २.३ प्रतिशत छ। केन्द्रीय तथ्याङ्क विभागले उक्त तथ्याङ्कलाई परिमार्जन गर्न गइरहेको छ भन्ने सुन्नमा पनि आइरहेको छ।

राष्ट्रिय योजना आयोगले प्रकाशित गर्न लागेको प्रतिवेदनले पनि ०.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनेको छ। आइएमएफले निकालेकोमा झण्डै शुन्य प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ। पक्कैपनि आर्थिक वृद्धिदर शुन्य देखि एकको नजिकको आसपासमा हुने सम्भावनालाई नकार्न सकिदैन्। त्यसले गर्दाखेरी चालु वर्षमा पनि ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष बजेटमा छ त्यो हासील गर्न कठिन हुन्छ की भन्ने देखिन्छ। आर्थिक वृद्धिदर कम हुँदै गर्दाखेरी रोजगारी सिर्जनामा असर पारेको छ। हामीलाई रोजगारीको डेटा, बेरोजगारीको डेटा गहकिलो ढंगले, नियमित ढंगले हामीलाई प्राप्त हुने गरेको छैन्।  

अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि झण्डै ५/६ लाखको आसपासको मानिसहरुले दर्ता गरेको भन्ने आएको छ। तर त्यसको औपचारिक डाटा बाहिर आइसकेको छैन। असोज २० गते सम्म त्यसको दर्ताको म्याद थियो। यो बेरोजगारी बढ्ने, आर्थिक वृद्धिदरमा संकुचन आउने, राजश्व संकलनमा दवाव पर्ने अवस्था यी फेरी नकारात्मक अवस्थाहरु हुन्। त्यसकारणले केही सकारात्मक छन्। केही नकरात्मक छन्। यसको बीचमा छौं। त्यसकारणले हाम्रो अर्थतन्त्रमा केही जटिलता छ। केही सहजता पनि छ। सहजतालाई टेकेर भएका जटिलतालाई समाधान गर्र्दै जानु नै अवको बाटो हो। 

मुलभुत आधारहरु सन्तोसजन नदेखिँदा पनि बजेट कार्यान्वनमा जानुपर्ने छ। अब बजेटको समीक्षा गर्ने बेला पनि हुन लागेको छ। बजेटलाई थप प्रभावकारी बनाउन पुरक बजेट आवश्यक हो?
अघिपनि मैले त्यो कुरा छौएको थिए। धेरैको बाहिरतिर पूरक बजेटको माग पनि छ ल्याउनुपर्छ भन्ने। त्यो आफैमा नराम्रो तर्क त होइन्। एउटा विकल्प हो। तर त्यसमा एउटा लामो प्रक्रियामा फेरि जानुपर्ने हुन्छ। अहिले यही सरकारले नै ल्याएको बजेट पनि हो। यही अहिलेकै अवस्थामा ल्याएको बजेट पनि हो। कोभिडकै बीचमा ल्याएको बजेट पनि हो। धेरै कुराहरु बजेटले आँकलन गरेको छ।

हामीलाई अलिकति भ्रम के छ भने धेरै देशहरुले स्टिमुलस प्याकेज भनेर ल्याए। हामीले त्यो नाम दिएको स्थिति छैन। बजेट भित्र खोज्नु भयो भने तीन-चारवटा शीर्षकमै र लिस्टिङ गर्दापनि एक दर्जनभन्दा बढी नै स्टिमुलस खालका कार्यक्रमहरु छन्। त्यसमा नभएका होइनन्। अब परिमार्जनका लागि परिमार्जन मात्रै नभएर मुख्यकुरा कार्यान्वयन हो।

अहिले भएकै कुराहरु कार्यान्वयनमा कति ल्याउन सकिन्छ हाम्रो कार्यान्वयन क्षमता केही वर्षदेखि कमजोर रहेको पनि यथार्थ हो। त्यसले गर्दाखेरी कार्यान्वयनको पाटोलाई नै बढी प्राथमिकता दिनुपर्छ की भन्ने अहिलेको सोच हो। आउँदा दिनहरुमा हामी कसरी जान्छौं। हामीले डाटाहरुलाई नजिकबाट हेरिरहेका छौं। हाम्रो राजश्व संकलनको स्थिति कस्तो हुन्छ। बजेट कार्यान्वयनको स्थिति कस्तो हुन्छ। बजेट कहाँ अभाव हुन्छ। जस्तै अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई छुट्याएको बजेटले नपुग्ने स्थिति आयो कार्यान्वयनमा भने त्यतिखेर बजेटको व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसलाई नजिकबाट हेरिरहेका छौं।

अहिले पहिलो त्रैमास सकिएर चौथो महिना सुरु भएको स्थिति छ। हाम्रो प्यार्टन अनुसार बल्ल बजेट कार्यान्वयनको प्रक्रिया सुरुहुने गर्छ। किनभने पहिलो त्रैमास तयारी कै चरणमा जाने गरेको देखिन्छ। त्यसकारणले बजेट कार्यान्वयनमा नजाँदै कहाँ के कस्तो कमजोरी छ कहाँ बजेट पुगिराखेको छैन भन्ने आँकलन गर्नलाई पनि गाह्रो होला। अर्कोतिर प्रक्रियागत रुपमा पनि समय लाग्ने र हामीलाई अहिले तुरुन्तै एक्सनमा जानुपर्ने अवस्था पनि छ। त्यसले गर्दा खेरी तत्काललाई त्यसको सम्भावना अलि कम नै देख्छु। 

तपाईले अर्थमन्त्रालयमा बसेर बजेटको कार्यान्वयन गर्न अथवा अर्थतन्त्रलाई चलायमान बनाउन अपनाउनुपर्ने चुनौतीहरु के देख्नु भएको छ?
अब हाम्रो बजेट कार्यान्वयनमा सबैभन्दा चुनौति भनेको पूँजीगत खर्च बढ्न नसक्नु नै हो। आयोजनाहरुको जुन कार्यान्वयनको पक्ष हो त्यो कमजोर रहने गरेको नै सबैभन्दा चुनौतिको विषय छ। हामीले समीक्षा सुरु गरेको पनि त्यसैको लागि हो। कहाँ के समस्याहरु छन कसरी सल्टाउन सकिन्छ भन्ने हो। धेरै समस्याहरुमा जेलिएको स्थिति चाहिं छ।

पूँजीगत खर्च बढ्दा वित्तीकै पनि धेरै राहत हुन्छ। त्यसले अर्थतन्त्रलाई धेरै चलायमान बनाउँछ। त्यसमा दुविधा नै छैन। अहिले नै तीन तहको सरकारहरुको नै झण्डै २ खर्ब भन्दा बढी पैसा बैंकमा रहेको स्थिति छ। त्यो रिलिज हुँदा वित्तीकै सर्वसाधारणले कुनै न कुनै रुपमा हातपार्ने स्थिति हो। त्यो नै सबैभन्दा बढी चुनौतिपूर्ण छ। त्यसको गाँठो फुकाउन र त्यो समस्याको पहिचान गर्न नै अहिले अर्थमन्त्रीले समीक्षा सुरु गर्नुभएको छ। अहिलेसम्म ६/७ वटा मन्त्रालयहरुसँग गरिसकेको स्थिति छ र आगामी हप्तापनि निरन्तर समीक्षा जाँदै छ। त्यो नै प्रमुख चुनौती पनि हो र समाधान गर्नुपर्ने कुरापनि हो। 

अहिलेको परिस्थितिमा अर्थ मन्त्रालयले कस्तो भूमिका खेल्नुपर्ने हुन्छ। कुन कुन निकायको सहयोगको आवश्यकता पर्छ? 
त्यसमा चाहिं अब उहाँहरुले यो अवस्थामा कसरी अगाडि बढ्ने हो केही नयाँ उपाय नयाँ सुझावहरु छन भने उहाँहरुले दिन सक्नुहुन्छ। हामी खुला रुपमा लिन चाहन्छौं। उहाँहरुको सुझावहरु विश्लेषण गर्न चाहन्छौं। सुझावहरुको कार्यान्वयन पक्ष हेरेर हामी त्यसलाई लागू गर्नपनि सक्छौं। अर्को पाटो हामीले कोभिड-१९ को सन्दर्भमा अहिले जति समस्या ल्याएको छ त्यो कोभिड-१९ ले ल्याएको समस्या हो। त्यसकारण कोभिड-१९ को झण्डै ७/८ महिना गुजारिसक्दाखेरि कोभिड-१९ को प्रकृतिको बारेमा हामीले जानकारी हासिल गरिसकेको अवस्था छ।

यो अब केही लामो समय रहने स्थिति देखिन्छ। यसको कसरी संक्रमण हुन्छ भन्ने कुरापनि हामीलाई धेरैहदसम्म थाहा भइसकेको अवस्था छ। भनेपछि हामीले कोभिडको संक्रमणलाई व्यवस्थित गर्दै स्वास्थ्य मापदण्ड अपनाउँदै हामी आर्थिक गतिविधिमा सक्रिय हुनैपर्छ।

आर्थिक गतिविधिमा हामी सक्रिय हुन सक्यौं भने, आर्थिक क्रियाकलाप गर्न सक्यौं भने धेरै समस्याहरु जुन देखिराखेका छौं ती समस्याहरु आफै समाधान हुन पुग्छन्। त्यसकारण हामीले कोभिड छ भनेर हात बाँधेर बसेर हाम्रो जीवीका हाम्रो उन्नति हाम्रो प्रगति नहुने स्थिति चाहिं छ। त्यसले गर्दाखेरी स्वास्थ्य मापदण्ड अपनाऔं र आर्थिक गतिविधिमा संलग्न होऔं। आ-आफ्नो क्षेत्रबाट आआफ्नो जिम्मेवारी निर्वाह गरौं। जस्तै सरकारी संयन्त्रहरु, विभिन्न मन्त्रालयहरु, विभागहरु, कार्यालयहरु उहाँहरुलेपनि आफ्नो जुन बजेट छ, सरकारले विनियोजन मार्फत जुन बजेट दिएको छ त्यो बजेटलाई खर्च गरौं। पूँजीगत खर्च बढाऔं। त्यो कसैले गरिदिने होइन हामी आफैले गर्ने हो। हामी अलिकति सक्रियता लिऔं, सक्रियतापूर्वक हामी लागौं कसरी खर्च गर्न सकिन्छ केही समस्याहरु छन भने समाधान गरौं।

अहिले जुन समीक्षा गरिरहेका छौं अर्थमन्त्री त्यो समस्या समाधान गर्न खुला पनि हुनुहुन्छ। त्यस्तो कुनै समस्याहरु छन भने अर्थमन्त्रालयलाई जानकारी गराउनुभयो भने बजेट कार्यान्वयनका समस्याहरुलाई सल्टाउनपनि हामी तयार छौं। त्यसकारणले हामी अन्तर्क्रियात्मक ढंगले हामी जान चाहन्छौं। उहाँहरुले अर्थमन्त्रालयमा सम्पर्क राख्ने, गुनासो गर्ने गर्नचाहिं खुला छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्