फाइल फोटो
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।
'पार्टीको आगामी १४औं महाधिवेशनको तयारीका सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशनानुसार अनुरोध गरिन्छ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।