• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दसैंमा अपनाउनु पर्ने स्वास्थ्य सावधानीहरु

रामकुमार धमला मंगलबार, कात्तिक ११, २०७७  ०९:४०
1140x725

टीकाको दोस्रो दिन भइसकेको छ। परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता हो। सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ। यद्यपि यो वर्ष भने कोभिड १९ को महामारीबीच दसैं मनाइरहँदा कोरोना भाइरसवाट बँच्न विशेष सावधानी अपनाउदै दसैं, तिहारजस्ता चाड मनाउनु पर्ने देखिन्छ। 

विगतमा दसैंका वेला अधिकांश सहर खाली हुन्थ्यो।  गाउँमा आफन्तजनको वाक्लो उपस्थिति हुन्थ्यो। कोशेली लिएर आफन्तकोमा जानेको पनि लर्को  लाग्थ्यो। तुलनात्मक रुपमा यो वर्ष  कम चहलपहल भए पनि अधिकांश ठाउँमा लकडाउन सकिएसंगै कोरोना महामारी पनि सकिएको जस्तो देखिन्छ। 

तर, याद गर्नुस्, मानिसहरुको यो बुझाइ गलत छ।  कोरोना केही होइन भन्नेहरुले अस्पतालको वेडहरु खाली नभएर अस्पतालको गेटबाट सुरक्षागार्डले बिरामी फिर्ता गरेका र अस्पताल चहार्दाचहार्दै अल्पायूमा आफन्त गुमाएका हरुलाई एक पटक सोधेहुन्छ। साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ। यो महामारीको विशेष अवस्था हो। हुनत आफैंलाई नपरी थाहा हुँदैन । कतिपय मानिसहरुले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ। तर कोभिड १९ संक्रमणवाट बँच्न सकेसम्म प्रयास गर्नु पर्छ। 

मलाई लाग्छ, जटिल अवस्थाका दर्जनौ कोभिड संक्रमितहरुको उपचार र व्यवस्थापनको सिलसिलामा भएका  मानवीय क्षति र वेदनाले भरिएका परिदृश्यहरुलाई नजिकवाट अनुभूति गरेको हुनाले कोरोना महामारी सामान्य मात्र हुँदै होइन। त्यस्तै, दसैंमा प्रमुख आकर्षणको केन्द्र भनेको परिवारका जेष्ठ सदस्य हुन्। अर्को वुझ्नै पर्ने कुरा, कोभिड १९ को जोखिम समूह पनि जेष्ठ नागरिक र दीर्घरोगीहरु नै हुन्।  

यसर्थ, दसैंमा जनस्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ व्यवहारमा लागू गरे दसैं र त्यसपछिका दिनहरु शुभ रहने विश्वाससहित निम्न स्वास्थ्य सावधानीहरु अपनाउन हुन अनुरोध छ। 

१. दसैंमा आउने सवैलाई संक्रमण भएको हुन सक्छ भन्ने मान्यता राखी सावधानी अपनाऔं। आफू पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने मूल मन्त्र अवलम्वन गरौं। 

२. घरबाहिरवाट आएपछि अनिवार्य नुहाउने र प्रयोग गरेको कपडा आदि अलग्गै सफा गर्ने। 

३. यो वर्ष भरसक आफन्तकोमा टीका लगाउन नजाने, जानै परे सीमित संख्यामा सावधानी अपनाएर जाने । 

Ncell 2
Ncell 2
nimb
nimb

४. आफन्तकोमा जाँदा सीमित कोशेलीहरु लिएर जाने। सकेसम्म घरायसी कोशेलीहरु उपयुक्त हुन्छ। स्मरण रहोस, कोशेली वोकेको देखिन्छ तर कोरोना भाइरस कोशेली लगेको देखिन्न। 

५. घरमै रहँदा पनि सावुन पानीले मिचिमिचि हात धोइरहने । 

६. घरभित्र संगै रहदा पनि पर्याप्त भौतिक दूरी कायम गर्ने । सकेसम्म एल आकारमा रहेर कुराकानी गर्ने । 

७. घरमा रहेको अन्य सदस्यहरुले प्रयोग गर्ने निजी सामानहरु जस्तै – ल्यापटप, मोवाईल, तौलियाहरु एक अर्काले प्रयोग नगर्ने । मोवाईलको कभर खोली सेनिटाईजरले राम्ररी सफा गर्ने । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८. घरमा रहँदा पनि मास्कको उचित तरिकाले प्रयोग गर्नु उत्तम हुन्छ। 

९. टीका लगाउदा अनिवार्य दुवैले मास्कको प्रयोग गर्ने। प्रत्येक पटक हात धुने वा सेनिटाइज गर्ने । 

१०. टीका लगाउन एकै पटक जमघट नगर्ने, पालैपालो टिका लगाउने व्यवस्था मिलाउने। टीका लगाउँदा भरसक वरण्डा वा आँगंनमा खुल्ला हावा चल्ने स्थानमा लगाउने।  

११. टीका लगाई सकेपछि भरसक खुट्टामा नढोग्ने, टाढैबाट शिर निहु¥याएर दर्शन गर्ने। 

१२; दक्षिणासमेत दिदा सुरुमा नै तयारी अवस्थामा राखेको सेनिटाइज गरेको पैसा उपलव्ध गराउने। 

१३. पिसीआर फल्स नेगेटिभ आएको वा लक्षणविहीन भएको अवस्था पनि हुन सक्ने भएकोले पिसीआर टेष्ट नेगेटिभ आएकोले पनि उत्तिकै सर्तकता अपनाउनु पर्छ । 

१४. संक्रमणपछि निको भएको मानिसमा रोग प्रतिरोधी क्षमता कम भएको हुनाले अन्य अवसरवादी संक्रमणहरु हुन सक्छ। रिइन्फेक्सन वा पोष्ट कोभिड पनि हुन सक्ने भएकाले थप भर्खरै निको भएको संक्रमितले थप सर्तकता अपनाउनु पर्छ ।

१५. खानेकुरामा मादक पदार्थ, चिल्लो, पिरो वा शरीरको पाचन प्रकृयामा असर पु¥याउने केही पनि खाने कुरा नखानुहोस्। परिवारको एक सदस्यको स्वास्थ्यमा समस्या आउनु भनेको परिवार विसन्चो हुनु हो भन्ने कुरा ख्याल गरौं। 

१६. फ्रिजमा राखेको पेय पदार्थको प्रयोग नगर्नुस्। दिनभर शरीरलाई पुग्ने गरी पर्याप्त मन तातो पानी पिउनुहोस्। 

१७. खाना खाइसकेपछि  वा खानेकुरा खाए पछि व्रस गर्नु होस्। नुन पानीले मुख कुल्ला गरी ओरल हाइजिन कायम गर्नु होस्। 

१८. सामान्यतया, चाडपर्वमा खानपिनको मात्रा बढी हुने हुँदा शारीरिक अभ्यास र घरायसी कार्यहरु समेत गरेर शरीरलाई सन्तुलित अवस्थामा राख्न प्रयास गर्नुहोस् । पर्याप्त सुत्नुहोस् । विहान ७।८ वजेको घाम ताप्नु होस्।

१९. आफूले दैनिक खाने औषधिहरुको नियमित सेवन तथा प्रयोग गर्ने ।

२०. कोभिड १९ वा रुघाखोकीको लक्षण र चिन्ह भए नभए पनि दैनिक सुत्ने वेलामा तातो पानीको वाफ कम्तीमा आधा घण्टा लिनुहोस्।  

धमला इटहरी अस्पतालका ईमरजेन्सी शाखा प्रमुख हुन्

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्