• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गोली हानिसकेपछि उल्टो बनाएर झुन्ड्याइएको थियो मुसोलिनीलाई

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १, २०७७  ०९:१५
1140x725

एजेन्सी- ७५ वर्षअघि २८ अप्रिल सन् १९४५ मा तानाशाह बेनिटो मुसोलिनीलाई उनकी प्रेमिका क्लारेटा पेटाचीसँगै गोली हानी हत्या गरिएको थियो।

दोस्रो विश्वयुद्धको सुरूवातमा मुसोलिनीले एक कडा अभिव्यक्ति दिएका थिए, ‘यदि म लडाइँको मैदानबाट पछि हटेँ अथवा पराजित भएँ भने मलाई गोली हानिदिनू।’ मुसोलिनीको यो अभिव्यक्तिको उनका विरोधीहरूले फाइदा उठाए र त्यसको अक्षरसः पालना गरे।

लडाइँमा पराजित भएपछि मुसोलिनी र उनकी प्रेमिका क्लारेटा उत्तरमा स्विट्जरल्याण्डको सीमातर्फ अघि बढिरहेका थिए। त्यहीबेला ‘पार्टीजन’ भनिने मुसोलिनीका विरोधीहरूले मुसोलिनी, उनकी प्रेमिकासहित अन्य १६ जनालाई बिनाकुनै आरोप कोमो झीलको नजिक गोली हानी हत्या गरे।  

मुसोलिनीको शवमा एकै महिलाको ५ गोली
सन् १९४५ अप्रिल २९ बिहान ३ बजे पहेँलो रङ्गको ट्रक मिलान शहरको पियाजाले लोरेटो चोकमा रोकिएको थियो। ट्रकमा भएको मुसोलिनी, उनकी प्रेमिका र अन्य १६ जनाको शव त्यही चोकमा रहेका भिजेका ढुंगामाथि फ्याँकिएको थियो।

त्यही दिन बिहानको ८ बज्नासाथ स्थानीय एक अखबारको विशेष संस्करण र एक रेडियो बुलेटिनको माध्यमबाट ‘डुचे’को मृत्यु खबर पुरै सहरमा फैलियो। योसँगै उनीहरूको शव पियाजाले लोरेटोमा राखिएको भन्ने कुरा चारैतिर फैलियो। यो त्यही ठाउँ थियो, जहाँ ठीक ८ महिनाअघि मुसोलिनीले आफ्ना १५ जना विरोधीहरूको गोली हानी हत्या गरेका थिए।

मुसोलिनी

रे मोजली आफ्नो किताब ‘द लास्ट ६०० डेज अफ डुचे’मा लेख्छन्, ‘अखवार र रेडियोको माध्यमबाट खबर मिल्नासाथ मुसोलिनीसहितका अन्य व्यक्तिको शव वरिपरी करीब ५ हजार मानिसको अनियन्त्रित भीड जम्मा भयो। त्यहीबेला कुनै एक महिला मुसोलिनीको शवअगाडि आइन् र मुसोलिनीले आफ्ना ५ बच्चाको हत्या गरेको र त्यसैको बदला लिएको भन्दै रिसको आवेगमा उनले मुसोलिनीको मृत शरीरको शरीरमा ५ गोली चलाइन्। 

यसैगरी अर्की एक महिलाले सबैका अगाडि मुसोलिनीको मुखमा पिसाब फेरिदिइन्। त्यस्तै अर्की एक महिलाले कतैबाट कोर्रा लिएर आइन् र मुसोलिनीको मृत शरीरमा पिट्न लागिन्। अर्का एक व्यक्तिले मुसोलिनीको मुखमा मरेको मुसो ल्याएर हालिदिए र क्रोधसाथ चिच्याएर भन्न थाले ‘अब फेरि पहिलेको जस्तै यही मुखले भाषण दे।’’

Ncell 2
Ncell 2
nimb
nimb

मुसोलिनी र क्लारेटाको शवलाई उल्टो झुण्ड्याइयो
यो विभत्स दृश्यको वर्णन गर्दै लुसियानो ग्यारिबाल्डी आफ्नो किताब ‘मुसोलिनी : द सिक्रेट अफ हिज डेथ’मा लेख्छन्, ‘त्यो भीडमा मुसोलिनीप्रति यति घृणा थियो कि ती १८ वटै मृत शरीरमाथि मानिसहरू एकपछि अर्को गर्दै चढे र आफ्ना खुट्टाले कुल्चिन थाले। त्यही बेला कुनै एक बलशाली व्यक्तिले ‘डूचे’को शवलाई आफ्ना हातले माथि उठायो ताकी त्यहाँ उपस्थित सबैले उसको शव राम्रोसँग देख्न पाउन्। त्यहीबीचमा भीडबाट समूहिक रूपमा आवाज आयो ‘अझ माथि, अझ माथि!  हामीले शवलाई देख्न पाएनौं।’ यो सुन्नासाथ त्यो व्यक्तिले मुसोलिनी, उनकी प्रेमिका र अन्य ४ जनाको खुट्टामा डोरी बाँध्यो र जमिनबाट करीब ६ फिटमाथि झुन्ड्याइदियो। 

इस हैट को कभी मुसोलिनी ने पहना था
कुनै बेला मुसोलिनीले यो टोपी लगाएका थिए।

मुसोलिनीकी प्रेमिका क्लारेटाको शवलाई झुन्ड्याउनासाथ आफूले लगाएको स्कर्ट फर्किएर उनको मुख छोप्यो। भित्री वस्त्र नभएकाले उनको सबै भित्री अंग देखियो। त्यहाँ उपस्थित सबैले त्यो शवको उपहास गर्न थाले। त्यही समयमा एक व्यक्ति गएर उनको स्कर्टलाई तिघ्रामा बाँधिदिए।’

मुसोलिनीको शव जमिनमा गिर्‍यो
मुसोलिनीको मृत्युमाथि अर्को एक किताब ‘द बडी अफ डूचे’ लेखेका सर्जियो लुजाटो लेख्छन्, ‘मुसोलिनीको सम्पूर्ण अनुहार नै रगतले लत्पत्तिएको थियो, उनले मुख बाएका थिए र क्लारेटाका आँखामा शून्यता देखिन्थ्यो।’

त्यहीबेला फासिस्ट पार्टीका एक पूर्वसचिव अकीले स्टारेचीले अघि बढेर आफ्ना मृत नेतालाई फासिस्ट सलामी दिए। त्यो व्यक्तिले समय उसले एक जगिङ सुट लगाएका थिए। उक्त व्यक्तिलाई त्यही समय तुरून्तै सबैले समाते र पछाडि पीठमा गोली प्रहार गरे।

Xtrem

Xtrem

मुसोलिनी का बंकर

त्यही समय फासिस्ट पार्टीका एक वरिष्ठ नेता फ्रांसेस्कू बरासुको मृत शरीर झुन्डिरहेको डोरी चुँडियो र उनको मृत शरीर जमीनमा लड्यो। त्यसपछि मुसोलिनीको शवमा बाँधिएको डोरी पनि काटियो र उनको रगतले लत्पत्तिएको मृत शरीर ढुंगामाथि पछारिन पुग्यो।

भयावह दृष्य
टाइम पत्रिकाका संवाददाता रेग इन्ग्राहमले समेत यो दृश्य देखिरहेका थिए। पछि उनले टाइममा आफ्नो लेख ‘द डेथ इन मिलान’मा लेखे, ‘मेरो आँखाकै सामुन्ने सबै घटना घटिरहेको थियो। अचानक त्यही भीडको बीचबाट सबै शवलाई कुल्चिँदै एक व्यक्ति आयो र मुसोलिनीको मुडुलो टाउकोमा जोडले एक लात्ती हान्यो। त्यही समयमा अर्को एउटा व्यक्तिले राइफलको बटले मृत मुसोलिनीको बाङ्गिएको शीरलाई फेरि सोझ्याए। मृत्युपछि मुसोलिनीको शरीर धेरै नै सानो देखिएको थियो। उनले फासिस्ट मिलिसियाको बर्दी लगाएका थिए।’

बेनिटो मुसोलिनी

‘उनको खुट्टामा कालो रङ्गको राइडिङ बुट थिए’ जसमा हिलो लत्पत्तिएको थियो। एक गोली उनको देब्रे आँखालाई छेडेर टाउको पछाडि पुगेको थियो। त्यसले गर्दा उनको शीरमा धेरै ठूलो प्वाल परेको थियो। त्यो गोली लागेर उनको गिदीको केही हिस्सासमेत बाहिर छरिएको थियो। उनकी २५ वर्षीया प्रेमिका क्लारेटा पेटाचीले सेतो रंगको सिल्कको ब्लाउज लगाएकी थिइन्। उनको छातीभरि गोलीको प्रहारबाट परेका प्वालहरू थिए, ती प्वालहरूबाट रगत निस्किएर त्यहीँ जमेको थियो।’

न्यूयोर्क टाइम्सले मुसोलिनीको मृत्युमाथि लेखेको एक लेखमा भनेको थियो, ‘एक व्यक्ति, जो पुरानो रोमनलाई फेरि उस्तै अवस्थामा फर्काउने एजेन्डा बोकेर हिँडेका थिए, उनको शव मिलानको एउटा चोकमा लडिरहेको थियो। हजारौं संख्यामा उपस्थित भएका मानिसहरूले उनलाई कुटिरहेका थिए भने कोही उनको मृत शरीरमथि थुकिरहेका थिए। कोही मृत शरीरलाई हेरेर धिक्कारिरहेका थिए।’

मुसोलिनीको शव मुसोको चिहानमा
दिउँसो १ बजे अमेरिकी सैनिकको हस्तक्षेपपछि सबै शवलाई काठको कफिनमा राखेर त्यही शहरको एक चिहानमा लगियो। त्यहीँ मुसोलिनीको शवको पोस्टमार्टम गरियो। ५ फिट ६ इन्च अग्ला मुसोलिनीको त्यो बेला ७९ किलो वजन थियो। टाउकोमा लागेका सुरूका ४ गोलीबाट उनको मृत्यु भएको थियो। 

उनको पेटमा अल्सरको निशान थियो। यसभन्दा अघि उनलाई सिफलिस नामक रोग भएको अफवाह फैलिएको थियो तर पोष्टमार्टममा त्यस्तो कुनै प्रकारको रोग नभएको फेला पर्‍यो। मुसोलिनीको शवलाई मिलानकै मुसोको नामको एक चिहानको नम्बर ३८४ मा गाडियो। उनको दिमागको एक हिस्सालाई अमेरिकाको वासिंटनको सेन्ट एलिजाबेथ साइकियाट्रिक अस्पतालमा परीक्षणका लागि पठाइयो। त्यसको केही दशकपछि उनकी पत्नी डोना रशेललाई त्यो हिस्सा फिर्ता गरिएको थियो।

मिलानबाट भागेका थिए मुसोलिनी
९ एमएमका २ गोली हानेर क्लारेटाको हत्या गरिएको थियो। उनको मृत शरीरलाई पनि मिलानमै रीता कोल्फोस्कोमा गाडिएको थियो। सन् १९४५ अप्रिल १८ मा उनीहरू मिलान पुगिसकेपछि मुसोलिनी र क्लारेटाको मृत्युको अन्तिम गिन्ती सुरू गरिएको थियो। २१ अप्रिलमा मुसोलिनीलाई गिरफ्तार गर्ने अमेरिकाको ‌ओएसएसको मातहत रहेका सैनिकको योजनालाई हाईकमाण्डले स्वीकृति दिएको थिएन।

मुसोलिनी

त्यसको भोलिपल्ट नै मुसोलिनीको सुरक्षामा खटिएका जर्मन वेफेन एसएस बटालियनलाई हटाएर बढिरहेका मित्रदेश र कम्युनिस्ट पार्टीजन्सका सेनालाई मुसोलिनीको सामना गर्न पठाइएको थियो। ब्लेन टेलर, ‘वारफेयर हिस्ट्री नेटवर्क’मा छापिएको आफ्नो लेख ‘द सकिङ स्टोरी अफ हाउ मुसोलिनी डाइड’मा लेख्छन्, ‘त्यो समयमा मुसोलिनीका केही फासिस्ट सहयोगी र क्लारेटाको भाइ मारसेलोले मुसोलिनीको हत्या गर्न योजना बनाइरहेको भन्ने हल्ला चारैतिर फैलिएको थियो। यो पनि भनिएको थियो कि जर्मनी पनि आफ्नो अस्तित्व बचाउनका लागि मित्रदेशसँग मुसोलिनीलाई साट्न तयार थियो।’

‘क्याथोलिक चर्च र अन्य केही दक्षिण अमेरिकी देशहरूले पनि मुसोलिनीलाई शरण दिने प्रस्ताव गरेका थिए। तर मुसोलिनीले आफूले कहिले पनि आत्मसमर्पण नगर्ने बरू अन्तिम साससम्म लड्ने भन्दै यो प्रस्ताव अस्वीकार गरेका थिए। जर्मन सैनिकले गुप्त रूपबाट हतियार पठाउने योजना बनाएको मुसोलिनीले थाहा पाउनासाथ उनले मिलान छोडेका थिए। मिलान छोड्दा उनीसँग आफ्ना फिट्ज बर्जर तथा सिक्रेट पुलिस लेफ्टिनेन्ट ओटो किसनेट साथमा  थिए। उनीहरू दुवैलाई मुसोलिनीको आँखाबाट ओझेल नपर्नू भनी आदेश दिइएको थियो। यदि उनीहरू मुसोलिनीको साथबाट भाग्ने कोशिस गरे भने उनीहरूलाई त्यहीँ नै गोली हानी मार्न मुसोलिनीलाई भनिएको थियो।

तटस्थ स्विट्जरल्यान्डले मुसोलिनीलाई स्वीकार गर्दैनन् भन्ने कुरा पहिले नै उनलाई बताइसकिएको थियो। तर उनी अन्तिम लडाइँ  लड्नुको साटो स्वीट्जरल्यान्डतर्फ नै अघि बढिरहेका थिए। केही व्यक्तिहरूका अनुसार भने मुसोलिनी स्विट्जरल्यान्ड नगएर नाजीहरूको नियन्त्रण रहेको अस्ट्रियाको टिलोरियन क्षेत्रमा जान चाहन्थे।

हिटलर और मुसोलिनी

२७ अप्रिलमा देश छाडी भागिरहेका मुसोलिनीलाई काफिलेस्थित कोमो तालनजिकै रहेको ५२ गारीबाल्डी पार्टीजन ब्रिगेटका सैनिकले रोकेका थिए। ती सैनिकले जर्मन सैनिकसँग मुसोलिनीसँगै आएका इटालियनहरूलाई त्यहीँ छाड्ने हो भने त्यहाँबाट अघि बढ्न दिने सर्त राखेका थिए।’

रे मोजली भन्छन्, ‘मुसोलिनीसँगै हिँडिरहेका लेफ्टिनेन्ट हान्ज फालमेयर र फ्रिट्ज बर्जरले भने यो सर्त स्वीकार गरेका थिए। जब बर्जरले आफ्नो यस्तो फैसला गाडीभित्र रहेका मुसोलिनीलाई सुनाए, मुसोलिनीले तत्काल यो फैसलाको विरोध गरे। तर अन्य केही विकल्प नभएकाले यो सर्तलाई उनले स्वीकार गर्न बाध्य भए। त्यसबेला बर्जरले आफ्नो ओभरकोट फुकालेर मुसोलिनीको शरीरमा लगाइदिएका थिए। तर यो कोट लगाउन मुसोलिनीलाई अप्ठ्यारो लागिरहेको थियो किनकि उनका लागि एक जर्मन गाडीभित्र बसेर जर्मन सैनिकको बर्दी लगाउनु लज्जाको विषय थियो।’

मुसोलिनीको पहिचान
सशस्त्र गाडीबाट झरेर मुसोलिनी दोस्रो ट्रकमा चढेका थिए। उनले जर्मन सेनाको स्टील हेल्मेट उल्टो लगाएका थिए। त्यहीबेला लेफ्टिनेन्ट बर्जरले त्यो उल्टो रहेको स्टीलको हेल्मेटलाई सीधा गरिदिएका थिए। आफ्ना सेनासँग चौथो ट्रकको एउटा कुनामा रहेका मुसोलिनीले मादक पदार्थको नशामा लट्ठिएको जस्तो भावभङ्गी देखाएका थिए। तर अस्ट्रियन र फासिस्ट पार्टीका निकोला बोम्बाचीले मुसोलिनीका सैनिकसँग केही इटालियन पनि घुसेको ‘पार्टीजन्स’लाई बताइदिए। 

मुसोलिनी और हिटलर

त्यसपछि दोस्रोपटक पार्टिजन्सले सैनिक रहेको ट्रक रोकेका थिए। इटालीका नौसेनाका एक पुराना नाविक गिसिप नेग्रीले ती ट्रकहरूको तलासी लिएका थिए। तलासी लिने क्रममा नेग्रीले मुसोलिनीलाई तुरून्तै चिनेका थिए। त्यसपछि उनले आफ्ना साथी अर्बानो लजारोलाई मुसोलिनीलाई आफूहरूले गिरफ्तार गरेको बताएका थिए। उनको पहिचान भइसकेपछि लोजारोले ट्रकमाथि चढेर मुसोलिनीको काँधमा हात राख्दै थपथपाउँदै भने, ‘कमरेड’ तर मुसोलिनीले केही पनि जवाफ फर्काएनन्। उसले फेरि अझ ठूलो स्वरमा मुसोलिनीको काँध थपथपाउँदै भने ‘योर एक्सिलेन्सी’ त्यसबेला पनि मुसोलिनीले एक शब्द पनि बोलनेन्। त्यसपछि फेरि लजारोले तेस्रोपटक भने, ‘केभेलियर बेनिटो मुसोलिनी।’

पछि लोजारोले त्यो दिन सम्झँदै भनेका थिए, ‘मैले मुसोलिनीको हेल्मेट निकालेँ। त्यसबेला उनको टाउको मुडुलो थियो। त्यसपछि फेरि मैले उनको चस्मा निकालेर उनको कलरलाई तल सारेँ। मेरोअघि बसिरहेका ती मुडुला व्यक्ति मुसोलिनी थिए भन्ने चिन्न मैले एक क्षण पनि ढिलो गरिनँ।’ लजारोले मुसोलिनीको साथमा रहेको मेसिनगन उठाए। त्यो बेला मुसोलिनीले केही पनि नबोली आफ्नो साथमा रहेको ९ एमएमको लामो नालवाला ग्लिसेन्टी अटोमेटिक पेस्तोल उनको हातमा राखिदिएका थिए। त्यसबेला लजारोले मुसोलिनीलाई नम्र भएर सोधेका थिए, ‘के तपाईंसँग अझै अरू केही हतियारहरू छन्?’ मुसोलिनीले त्यसकको जवाफमा भनेका थिए, ‘म मुसोलिनी हुँ। म तपाईंका लागि अप्ठ्यारो स्थिति पैदा गर्नेछैन। ढुक्क हुनुहोस्।’

मुसोलिनीको ब्रिफकेस
मुसोलिनीलाई ट्रकबाट झारेर टाउन हलमा लगियो। रे मोजलीका अनुसार मुसोलिनीले फ्रिट्ज बर्जरले दिएको ओभरकोट फुकालिसकेका थिए किनकि त्यो कोट उनका लागि धेरै नै ठूलो र भद्दा लागेको थियो। त्योबेला उनको हातमा एउटा ब्रिफकेस थियो, जसमा उनका महत्वपूर्ण कागजातहरू थिए।

जब मुसोलिनीबाट त्यो ब्रिफकेस खोसियो, त्यसबेला उनले भनेका थिए, ‘यसलाई सम्हालेर राख्नुहोला। इटालीको भाग्य यसभित्र कैद गरिएको छ।’ पछि यी कागजातको जाँच गर्दा मुसोलिनीद्वारा हिटलर र चर्चिललाई लेखिएका केही पत्र फेला परेका थिए। उक्त कागजातमा इटालीका क्राउन प्रिन्स अम्बर्टोको समलैङ्गिक गतिविधिहरूको व्यहोरासमेत खुलाइएको थियो। त्यसपछि मुसोलिनीलाई बोन्जानिगोको फार्म हाउसमा लगिएको थियो।

त्यसको केहीबेरपछि उनकी प्रेमिका क्लेरेटा पेटाचीलाई पनि त्यही ठाउँमा पुर्‍याइएको थियो। ती दुवैले एउटै बिस्तारामा त्यो रात बिताएका थिए। यसैबीच मुसोलिनीहरूलाई मृत्युको सजाय दिनका लागि मिलानबाट कर्णेल बलेरियोलाई उक्त फार्म हाउसमा पठाइयो। 

बलेरियोले मुसोलिनी र क्लारेटा दुवैलाई एउटा कारमा राख्यो।’

गोली हानेको स्थानमा विवाद
पछि १९ वर्षीय डोरोना मजोलाले डिमारिया फार्महाउसको ठिक बाहिरपट्टि मुसोलिनी र क्लारेटालाई गोली हानिरहेको देखेको बताएकी थिइन्। तर इतिहासविद्हरूले भने उनीहरूलाई भिल्ला बेलमोन्टको प्रमुखद्वारमा गोली हानिएको दाबी गर्दै आएका छन्। 

मुसोलिनी र क्लारेटालाई सबैभन्दा पहिलो गोली कसले चलायो भन्ने बारे भने अझै विवाद कायमै छ। पहिले नै मृत्यु भइसकेको मुसोलिनीको मृत शरीरलाई फेरि पछि भिला  बेलमोन्टमा दोस्रो पटक गोली चलाएको पनि भन्ने गरिन्छ। पछि सन् १९४७ मा रोममा भएको एक चुनावी र्‍यालीमा पार्टीजनको वाल्टर अडिसियो नाम गरेका एक व्यक्तिले ४० हजार मानिसका अगाडि मुसोलिनी र क्लाराटोलाई आफूले गोली हानी हत्या गरेको स्वीकारेका थिए।

मुसोलिनी की प्रेमिक क्लारा
मुसोलिनीकी प्रेमिका क्लारा

पछि बोलर्रियोले मुसोलिनीको अन्तिम क्षणको वर्णन गर्दै भनेका थिए, ‘मुसोलिनी आफ्नो अन्तिम समयमा डरले लुग्‌लुग् काँपिरहेका थिए। साथै जीवनदान देऊ भन्दै याचना गरिरहेका थिए।’ 

त्यस्तै जीवनको अन्तिम क्षणमा मुसोलिनीका मुखबाट, ‘मेरो छातीमा गोली हान!’ भन्ने वाक्य निस्किएको थियाे

हिटलरले मुसोलिनीबाट प्रभावित भएर गरेका थिए आत्महत्या
केही इतिहासविद्का अनुसार मुसोलिनीको मृत शरीरमाथि जुन किसिमको गलत व्यवहार भएको थियो, त्यसले नै हिटलरलाई आत्महत्याको बाटोमा प्रेरित गरेको थियो। प्रोफेसर कर्टजरले आफ्नो किताब ‘द पोप एन्ड मुसोलिनी’मा लेखेका छन्, ‘मुसोलिनीको मृत्युको समाचार हिटलरले सन् १९४५ अप्रिल २९ मा भूमिगत रहँदा रेडियोमार्फत् पाएका थिए। 

मुसोलिनीका बारेमा सबै विवरण थाहा पाइसकेपछि हिटलरले आफ्ना सैनिकका अघि उभिएर भनेका थिए, ‘मेरो लाश कुनै पनि हालतमा शत्रुको हातमा नपरोस्।’

(बिबिसी हिन्दीको यो सामग्री प्रदीप खद्योतले अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण फ्लाइदुबईको एफजेड १०७३ उडान दुबईबाट तेल अभिभ जाँदै थियो। घटनाका क्रममा ककपिटमा रहेका दुई पाइलटबीच झडप भएको र एक पाइलट घाइते भएको अन्... बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब... बुधबार, असोज १४, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको क्षेत्रमा सोमबार भएको उक्त आक्रमणमा ५८ जना घाइते भएका छन् । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्