• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संकटमा 'पपुलिस्ट'लाई अर्थमन्त्रीको जिम्मेवारी

64x64
सविन मिश्र बुधबार, असोज २८, २०७७  २१:२३
1140x725

काठमाडौं- मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेरसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र विष्णुप्रसाद पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्। पौडेल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका थिए। तत्कालीन् अर्थमन्त्री डा युवराज खतिवडाको बहिर्गमनसँगै रिक्त स्थानमा ओलीले आफू निकटका पौडेललाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन्। 

मन्त्रिपरिषद्भित्रको वरीयतामा पौडेल चौथो स्थानमा हुनेछन्। यद्यपि शासन सञ्चालन र शक्तिको प्रयोगको हिसाबले प्रधानमन्त्री ओलीपछिको शक्तिशाली मन्त्रीको रूपमा उनले काम गर्नेछन्। सामान्यतया प्रधानमन्त्रीले आफ्ना अति निकटस्थ नेतालाई अर्थमन्त्रीको जिम्मेवारी दिने गरेका छन्। आफ्नो कार्यकालमा दोस्रो व्यक्तिलाई अर्थमन्त्री नियुक्त गर्दा ओलीले त्यसैलाई दोहोर्‍याएका छन्। 

सरकार सञ्चालनमा मात्रै होइन, पार्टीभित्र पनि ओलीले पौडेललाई सधैं आफ्नो विश्वापात्रका रूपमा अघि सार्ने गरेका छन्। तत्कालीन् नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा पौडेललाई शक्तिशाली महासचिवको जिम्मेवारी दिइयो। पार्टी एकताअघि एमालेको उपमहासचिव रहेका पौडेल आफूभन्दा 'सिनियर' धेरैलाई पाखा लगाउँदै नेकपाको महासचिव भए। पार्टीभित्र उनी 'टप ९' नेतामध्ये एक हुन्। 

पौडेल दोस्रोपटक अर्थमन्त्री नियुक्त हुँदा संकटको हिसाबले अर्थतन्त्र समान अवस्थामा छ। अघिल्लोपटक उनले यो जिम्मेवारी सम्हाल्दा २०७२ सालको भूकम्प गएको ६ महिना मात्रै भएको थियो। त्यसका अतिरिक्त संविधान निर्माणपछि असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको थियो। 

यसपटक कोरोना भाइरसका कारण नेपालमात्र नभइ विश्व अर्थतन्त्र धर्मराएको छ। नेपालमा चैत ११ गतेदेखि गरिएको लामो लकडाउनको गम्भीर नकारात्मक प्रभाव अर्थतन्त्रमा छ। कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा अर्थतन्त्रमाथिको जोखिम अझै घटेको छैन। जुन थेग्न उनलाई कठिन पर्नेछ। 

अर्कोतर्फ राजस्व संकलन आर्थिक वर्षको सुरुदेखि नै प्रभावित छ। असोजमा लिइएको आन्तरिक ऋणका कारण ट्रेजरी धनात्मक देखिए पनि सरकार खर्चयोग्य रकम अभाव हुन सक्ने दबाबमा छ। विगतमा पनि असोजमा ट्रेजरीमाथि दबाब पर्ने गरेको थियो। यद्यपि, यो वर्ष राजस्व संकलन कमजोर भएका कारण सरकारमाथि थप दबाब छ। 

पपुलिस्ट पहिलो कार्यकाल
पौडेल अघिल्लोपटक मन्त्री हुँदा एउटा परम्परा सुरु गरे, विकास आयोजनाको बहुवर्षे ठेक्का लगाउने। यो परम्परा अहिलेसम्म बजेट प्रणाली कमजोर बनाउने एउटा अस्त्र बनाएको छ। तत्काल कार्यान्वयनको सहमति दिन नसकिने आयोजनालाई बहुवर्षे ठेक्काको सहमति दिने परम्परा त्यतिबेला सुरु गरियो। जसले सरकारमाथि १ खर्ब रूपैयाँसम्मको आर्थिक दायित्व सिर्जना गरिदियो। अहिले त्यसलाई व्यवस्थित बनाउन कार्यविधि बनाइएको छ। 

पौडेल पहिलोपटक अर्थमन्त्री भएको वर्ष आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा झरेको थियो। भूकम्पका कारण वार्षिक करिब डेढ खर्ब रूपैयाँको दायित्व सरकारमाथि थपिएको थियो। तर उनले त्यतिनै बेला केही लोकप्रिय निर्णय गरेर बाहिरिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पौडेलले त्यतिबेला सबै सांसदहरूलाई दिइने १५ लाख रूपैयाँ बराबरको निर्वाचन विकास कार्यक्रम बढाएर ५० लाख बनाइदिए। त्यसका अतिरिक्त निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको आकार बढाएर ३ करोड बनाए। त्यसअघि १ करोड रूपैयाँको यो कार्यक्रमको बजेट पौडेलले बढाएका थिए। 

त्यही वर्ष निजामती कर्मचारीको आधिकारिक युनियनको चुनाव हुँदै थियो। पौडेलले कर्मचारीको तलब २५ प्रतिशतले बढाइदिए। नेकपा एमाले समर्थक युनियनलाई निर्वाचनमा सहयोग पुग्ने गरी उच्च दरमा कर्मचारीको तलब बढाएको आरोप उनीमाथि लाग्यो। भूकम्प र नाकाबन्दीले अर्थतन्त्र थिलथिलो भएकै बखत उनले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाइदिए। 

पूर्वानुमानअनुसार नै अर्थमन्त्रीको जिम्मेवारी
तत्कालीन् अर्थमन्त्री खतिवडाको कार्यकाल सकिनै लाग्दा एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले उनलाई फेरि अर्थमन्त्री बनाउने बताएका थिए। तर त्यसको अर्कोदिन नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई पठाउने पुरानो निर्णय कार्यान्वयन गराउन अध्यक्ष ओलीसँग माग गर्न थाले। 

Xtrem

Xtrem

त्यतिबेला राजनीतिक क्षेत्रका जानकारहरूले खतिवडालाई राष्ट्रिय सभामा जानबाट रोकेर आफू अर्थमन्त्री बन्न पौडेलले नै 'गेम डिजाइन' गरेको अनुमान गरेका थिए। अहिले पौडेल अर्थमन्त्री हुनुलाई संयोग मात्रै हुन नसक्ने उनीहरूको टिप्पणी छ। खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भइरहेका छन्। प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त भएको केही दिनमा नै उनी अमेरिकाका लागि राजदूत सिफारिस भएका हुन्। 

खतिवडालाई बाहिर पठाउँदा पौडेलले अर्थमन्त्रीमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका थिए। अर्थमन्त्रीका अर्का आकांक्षी सुरेन्द्र पाण्डे बरिष्ठ नेता माधवकुमार नेपाल खेमाका भएका कारण उनलाई प्रधानमन्त्रीले विश्वास नगर्ने र अर्को बलियो दाबेदार नि नभएकाले आफू एक्लो विकल्प नरहेकाले उनले अर्थमन्त्रीको जिम्मेवारी पाउने धेरैको अनुमान थियो। 

अहिले उनीमाथि अर्को आरोप पनि लागेको छ, प्रदेशको सदरमुकामसँग मन्त्री पद साटेको। केही दिनअघि लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ तोकियो। पौडेलले गत निर्वाचनमा बुटवल राजधानी बनाउने प्रतिवद्धता जनाएका थिए। तर त्यसो भएन। राजधानी बुटवलबाट भालुवाङ सर्‍यो, पौडेल मौन बसे। त्यतिबेला नै पौडेलले अर्थमन्त्रीका लागि राजधानी साटेको टिप्पणी नेकपाकै नेताहरूले गरेका थिए। 

सुधारलाई निरन्तरता दिने चुनौति
तत्कालीन् अर्थमन्त्री खतिवडाले कर प्रशासनदेखि खर्च प्रशासनसम्म सुधारको थालनी गरेका थिए। खतिवडाले सुरु गरेका सुधार निजी क्षेत्रले पटक्कै रुचाएको थिएन। ठेक्कामा ५० प्रतिशत अग्रिम मूल्य अभिवृद्धि कर कट्टीदेखि अनिवार्य स्थायी लेखा नम्बरको नीति उनले कार्यान्वयन गराए। 

त्यसका अतिरिक्त राजस्व अनुसन्धान विभागमार्फत भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम कार्यान्वयन गराएका थिए। जथाभावी राजस्व छुट र खर्चको परिपाटी केही हदसम्म नियन्त्रणको प्रयास थालिएको थियो। अब त्यसलाई निरन्तरता दिने चुनौति उनीसामू छ। 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्