• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'ट्युसन-फी'बाहेकका शुल्क तिर्न निजी विद्यालयको दबाब‚ नतिरे परीक्षाबाट बञ्चित गर्ने धम्की

64x64
प्रजु पन्त सोमबार, असोज १९, २०७७  १६:४४
1140x725

काठमाडौं- गोर्कणेश्वर नगरपालिका- ८ स्थित बौद्ध इन्टरनेशनल स्कुलमा असोज १६ गते तोडफोड भयो। तोडफोड हुनुको कारण थियो विद्यालयले ‘ट्युसन-फी’ बाहेक अन्य शुल्क लिएको र केही अभिभावकले फी नबुझाएको भन्दै उनीहरूको अनलाइन कक्षा बन्द गराइदिएको।

गोर्कणेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र ढकालका अनुसार विद्यालयमा भेला भएका अभिभावकले विद्यालयको केही कुर्सी तोडफोड गरेका थिए। 'ट्युसन-फी' बाहेक अन्य शुल्क लिएको तथा तत्काल फी बुझाउन नसकेका कारण अनलाइन कक्षाबाट हटाइदिएको भनेर हामीकोमा गुनासो आएको थियो,’ शिक्षा शाखा प्रमुख ढकालले भने, ‘शुक्रबार तोडफोड भएछ। अहिले हामीले दुवै पक्षलाई राखेर कुरा मिलाएका छौँ।’

गोर्कणेश्वरमा मात्रै होइन‚ काठमाडौं महानगरपालिकाका केही विद्यालयमा समेत ट्युसन-फी नबुझाएको भन्दै विद्यार्थीलाई कक्षा बन्द गरिदिने, परीक्षा लिने भएपछि जबरजस्ती फी उठाउने गरेको गुनासो आएको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल बताउँछन्।

‘लाजिम्पाटतिरको एउटा स्कुलले फी नबुझाएको भन्दै कक्षा बन्द गरिदिएछ,’ इकाइ प्रमुख पौडेलले भने, ‘मजबुरी गरेर खाने अभिभावकले एक हजार नपुगेर फी नबुझाएका रहेछन्। शुल्क उठाउन विद्यालयले गर्नै नहुने काम पनि गरिरहेका छन्।’

विद्यालयलाई जायज ‘फी’मात्रै लिन भनेका छौं : प्याबसन/एनप्याबसन
निजी विद्यालयहरुको छाता संगठन प्याबसनले भने विद्यालयलाई टयुशन फीमात्रै लिन भनेको बताएको छ। प्याबसनका महासचिव कुमार घिमिरे कुनै पनि विद्यालयले 'ट्युसन-फी' बाहेक अन्य शुल्क लिन नहुने बताए। ‘केही विद्यालयहरुमा बढी शुल्क उठाइयो भन्ने गुनासो आएको छ,’ प्याबसन महासचिव घिमिरेले भने, ‘हामी मातहतका विद्यालयलाई 'ट्युसन-फी'मात्रै लिन  भनेका छौं।’

घिमिरेले विद्यालयले पनि 'ट्युसन-फी'मात्रै लिनुपर्ने र अभिभावकले पनि विद्यालय नै तोडफोड गर्न नहुने बताए। घिमिरेले समस्या परेको विद्यालयमा वार्तामार्फत् समस्या सामाधान गराइने बताए। 

त्यस्तै एनप्याबसनका अध्यक्ष ऋतु राज सापकोटा विद्यालयले अभिभावकअनुसार वर्गीकरण गरेर शुल्क लिनुपर्ने बताए। ‘सक्ने अभिभावकले अहिले तिर्ने‚ नसक्नेले पछि तिर्नेगरी अभिभावक र विद्यालयबीच सहमति हुनुपर्छ,’ सापकोटाले भने, ‘तोकिएको भन्दा बढी शुल्क लिनु विद्यालयको गल्ति हो।’

परीक्षाको नाममा शुल्क उठाइरहेका छन् : शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौं 
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नन्दलाल पौडेल निजी विद्यालयले निजी विद्यालयले दशैँअघि परीक्षा लिएर शुल्क उठाइरहेको बताए। ‘हामीकोमा ३/४ वटा स्कुलको उजुरी आएको छ।,’ पौडेलले भने, ‘त्रैमासिक परीक्षाको नाममा विद्यालयले शुल्क उठाउने गरेको पाइएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार केही विद्यालयले परीक्षाको नाममा शुल्क उठाउन अभिभावकलाई दबाब दिएका छन्। शुल्क नतिरे विद्यार्थीलाई परीक्षाबाटै वञ्चित गराउने धम्की पनि दिने गरेको उनले बताए।  

पौडेलका अनुसार काठमाडौं जिल्ला भर ५० प्रतिशत विद्यार्थीमात्रै अनलाइन पहुँचमा छन्। एउटै विद्यालयमा पनि सत‌्‌प्रतिशत विद्यार्थी अनलाइन पहुँचमा छैनन्। अनलाइन पहुँचमा नभएका विद्यार्थीलाई बायस गरेर परीक्षा गरेको कतिको मान्यता हुने भन्नेमा विद्यालयले सोच्नुपर्ने बेला भएको उनी बताउँछन्।

‘एउटै कक्षाको विद्यार्थीहरु सबै अनलाइनको पहुँचमा छैनन् ३/४ वटा विद्यालयले पुरै विद्यार्थी सहभागी गराउन सक्लान्,’ पौडेलले भने, ‘धेरैजसो विद्यालयले सक्दैनन् त्यसैले अहिले परीक्षा गराउनु शुल्क उठाउने अस्त्र भएको छ।’

परीक्षा लिएपछि शुल्क लिनु स्वभाविक भएको बताउँछन् प्याबसनका महासचिव कुमार घिमिरे। ‘केही विद्यालयले सुरुवातदेखि नै पढाउनुभएको छ,’ उनले भने, ‘सुरुवातदेखि नै पढाएका विद्यालयले ट्युसन शुल्क लिनु र परीक्षाको शुल्क लिनु स्वभाविक हो।’

Xtrem

Xtrem

उता एनप्याबसनका अध्यक्ष ऋतुराज सापकोटा भने विद्यालयले लिने परीक्षाले कति विद्यार्थीलाई जोडेको छ र कतिलाई जोड्न सकेको छैन भन्नेमा केन्द्रित हुनुपर्ने बताए। ‘सत्प्रतिशत विद्यार्थी सहभागी हुन सक्छन् कि सक्दैनन् त्यो पनि हेर्नुपर्छ,’ सापकोटाले भने, ‘परीक्षा लिनकै लागि लिनभन्दा पनि प्रभावकारी हुन पर्‍यो।’

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १६:४४
  • #निजी-विद्यालय
  • #धम्की
  • #शुल्क

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्