काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ। ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी बिहीबार राजदूतहरू सिफारिस गरेपछि नेकपाभित्र असन्तुष्टि सिर्जना भएका छन्। प्रचण्ड निकटका नेताहरूका अनुसार, उनले ओलीप्रति आफ्ना असन्तुष्टि राख्नेछन्। आगामी सचिवालय बैठकमा यस बारेमा कुरा उठाउने कतिपय सचिवालय सदस्यले बताएका छन्।
यसैबीच, केही हप्तायता ओली-प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल भइरहेका छन्। केही दिन रोकिएको सो विषयको छलफलले पनि आज निरन्तरता पाउने प्रधानमन्त्री ओलीकाे सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।