• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २८, २०८२ Wed, Feb 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सांसद प्रदीप यादवको अनुभव : खानेकुराको सन्तुलन, नियमित व्यायाम र आत्मविश्वासले कोरोना जितिने रहेछ

64x64
प्रजु पन्त शुक्रबार, असोज १६, २०७७  ०९:४७
1140x725

काठमाडौं–वैज्ञानिक वनबारे अध्ययन गर्न बनेको संसदीय उपसमितिको टोली गत साउनको तेस्रो सातातिर सिन्धुलीतिर लाग्यो। टोलीको नेतृत्व गरेका थिए पर्सा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले।

सिन्धुलीमा अनुगमन सकेपछि टोली सर्लाही तथ रौतहट पनि पुग्यो। उनीहरुले साउन १५ गते बाराको सिमरामा रहेको इच्छा होटलमा बास बस्ने निधो गरे। साँझतिर सांसदको टोली केही अनौपचारिक कुराकानीमा जुटेको थियो। तर यता यादव भने असहज महसुस गरिरहेका थिए। जिउ दुख्ने, हिँड्न मन नलाग्ने, ज्वरो आउने भयो। उनले डाक्टरलाई फोन गरे। डाक्टरले एन्टीबायोटिक लिन सल्लाह दिए। 

उनले राति नै एन्टीबायोटिक खाए। बारामा बस्न मन नलागेपछि साथीहरु सँग बिदा भएर वीरगञ्ज गए। १६ गते बिहान पिसीआर गरे। दिनभरि घरमा छुट्टै बसे। राति साढे ९ बजे अस्पतालबाट फोन आयो–उनमा कोरोना भाइरस पोजेटिभ देखियो।  

त्यसपछि यादवले सामाजिक सञ्जालमा आफू पोजेटिभ भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गराउन आग्रह गरे। १६ गते रातभर उनलाई निद्रा लागेन। ‘कोरोनाबाट संक्रमित भएपछि बालबच्चा, घर परिवार, राष्ट्र र मेरो जिम्मेवारी सम्झिएँ,’ यादव भन्छन्, ‘त्यतिबेला वीरगञ्जमा दिनकै २÷३ जनाकाृ मृत्यु हुन्थ्यो, त्यो रातभर म जागा रहेँ, निदाइनँ।’ 

‘सेड्युलमा’ बिते १० दिन 
उनलाई १७ गते बिहान ५ बजेदेखि नै लगातार फोन आउन थाले। धेरै आफन्त, साथीभाइले नआत्तिन र इच्छाशक्ति बलियो बनाउन प्रोत्साहन दिइरहे। अघिल्लो रात राम्रोसँग ननिदाएका उनले राति नै ‘सेड्युल’ बनाए। बिहान ६ बजे उठ्ने, जगिङ गर्ने, अन्य व्यायाम गर्ने, नुन पानीले मुख कुल्ला गर्ने, गुर्जाे पानी, मरिच, दालचिनी र तुलसीको पत्ता हालेर काडा बनाएर पकाएर खाए।

Ncell 2
Ncell 2

त्यस्तै, दुई वटा प्याज,२–२ पोटी लसुन अढाइ चम्चा बेसार र विरेनुन  मसिनो गरि पिसेर दिनमा तीन पटक पानीसँग घोलेर पिए। ‘दिनमा पानी प्रशस्त पिएँ, ६ गिलास फ्रेस जुस, ६ गिलास नरिवलको पानी पनि पिएँ,’ यादब भन्छन्, ‘स्याउ, अण्डा पनि खाएँ। खानेकुरा, व्यायाम र आत्मविश्वास हुने हो भने कोरोना सजिलै जितिने रहेछ।’

१० दिनको  बीचमा उनलाई लक्षणले पनि सतायो। पखाला पनि लाग्यो। तर उनी आत्तिएनन्। ‘रोग सञ्चो हुन खानासँगै आत्मविश्वास पनि चाहिने रहेछ। कोरोना लागे पछि मैले यही महसुस गरेँ।’ 

भिटामिन डि को लागि घाम ताप्ने, भिटामिन सीको लागि कागती पानी खाने गरे। दिनहुँ उनलाई लक्षण कम हुँदै गयो। साउन २६ गते त उनको रिपोर्ट नेगेटिभ आयो। 

कोरोना केही हो 
सामाजिक सञ्जालमा एक समूह नै छ। कोरोना केही हैन भन्दै हल्काफुल्का लिने, मास्क लगाउन नपर्नेजस्ता अफवाह पनि फैलाइरहेका छन्। तर यस्ता हल्ला फैलाउने काम रोक्नुपर्ने यादव बताउछन्। ‘कोरोना केही हैन यो लागे पनि केही हुन्न भनेर अफबाह फैलाउने काम गरिएको छ,’ उनले भने, ‘यस्तो हल्लाको पछि कोही नकुद्नु होला, यो डरलाग्दो रोग हो र त विश्वभरि महामारीका रुपमा फैलिइरहेको छ, रोग लाग्नेलाई मात्र थाहा हुन्छ यो कस्तो हो भनेर।’

आत्मविश्वास दर्‍हो बनाउनुस्, कोरोना जित्नुस्
पछिल्लो समय कोरोना संक्रमित धेरै जना होम आइसोलेसनमा बसिरहेका छन्। सासंद यादव पनि होम आइसोलेसनमै बसेका हुन्। होम आइसोलेसनमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्ने उनले बताए। ‘घरमा बस्दा पहिलो कुरा परिवारलाई नसरोस् भनेर छुट्टै शौचालय प्रयोग गर्ने, एउटै प्रयोग गर्न परे संक्रमितले प्रयोग गरिसकेको आधा घण्टापछि मास्क लगाएर प्रयोग गर्ने र ज्वरो र मुटुको धड्कन नाप्ने मेसिन ल्याएर  नापिरहने र डाक्टरको सम्पर्कमा रहन सक्नुपर्छ। अस्पताल बस्दा भने डाक्टरले हेरिहाल्छन् तर आफूचाहिं होसियार हुनुपर्‍यो,’ उनले भने।

 कुनै पनि रोगबाट जित्न आत्मविश्वास दर्‍हो हुनुपर्ने यादवको अनुभव छ। ‘रोग त लागिहाल्यो के गर्ने भनेर आत्तिन नहुने रहेछ,’ यादवले भने, ‘आत्मविश्वास रोगसँग लड्न आवश्यक कुरा हो, जो–जो आइसोलेसनमा हुनुहुन्छ उहाँहरुलाई आत्मविश्वासचाहिँ नगुमाउन सल्लाह दिन्छु।’


 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका... बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्र... बुधबार, माघ २८, २०८२
४९ हजार निर्वाचन प्रहरी आजदेखि ‘फिल्ड’मा नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई छनोट गरी तालिम दिइसकेको छ । यही माघ १८ मा नियुक्तिपत्र... बुधबार, माघ २८, २०८२
ताजा समाचारसबै
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सुनको भाउ ११ सयले बढ्यो बुधबार, माघ २८, २०८२
भ्रष्टाचार नियन्त्रण गर्न हामीसँग पर्याप्त संरचना र कानुन छन् : प्रधानमन्त्री कार्की बुधबार, माघ २८, २०८२
कांग्रेस नेता कोइरालाले गरे एकैदिन ६ वटा पार्टी कार्यालयको उद्घाटन बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो मंगलबार, माघ २७, २०८२
नेकपाको घोषणापत्र: प्रतिवर्ष पाँच लाख रोजगारी र सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्ने मंगलबार, माघ २७, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्